भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु
१७ भदौ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा कोरोना भाईरस(कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सल्यान र दाङका दुई जना महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर ६ सल्यानकी ६६ वर्षीया महिलाको मृत्यु भएको हो। सल्यानमा गत साउन ३२ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि भदौं ६ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ९ बजे मृत्यु भएको हो।  

यस्तै गढवा गाउँपालिका वडा नम्बर ६ दाङकी ९५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही भदौं १२ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ भएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट जिल्ला बाहिरबाट उपचारका लागि आएका ४ सय र बाँके जिल्लाका ३ सय २९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। 

लोकप्रिय
अर्को समाचार
बाँकेमा एकै रात पाँच संक्रमितको मृत्यु
१२ वैशाख २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाँकेमा एकै रात पाँच संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको अन्त्येष्टी गर्दै नेपाली सेना। तस्बिर: नागरिक

बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियाे। स्वास्थ्यमा सुधार नआएपछि शनिबार राती साढे १० बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।  

यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि शनिबार राती साढे १० बजे उनको मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।  

यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी ३६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी उनलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको शनिबार राती साढे २ बजेतिर मृत्यु भएको हो।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। कोरोना पोजेटिभ आएपछि उनी गत चैत २८ गतेदेखी अस्पतालमा भर्ना भएकी थिईन् । करिव दुई हप्तासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको हो ।

होम आईसोलेशनमा आत्महत्या

कोरोनाबाट संक्रमित भएर होम आईसोलेशनमा बसिरहेका ६० बर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९ का ति पुरुषलाई बैशाख ३ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य भएको हुँदा उनी होम आईसोलेशनमा बसिरहेका थिए। घरमा बसिरहेका उनले शनिबार पौने ७ बजेतिर आत्महत्या गरेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। मृतक सबैको शव नेपाली सेना र परिवारको समन्वयमा व्यवस्थापन गरिएको फोकल पर्सन ओलीले बताए। यो सँगै बाँके जिल्लाका मृत्यु हुने कोरोना संक्रमितको संख्या ८३ पुगेको छ ।  

२४ घण्टाभित्र नयाँ ४ सय २९ संक्रमित

बाँकेमा शनिबार बेलुकी ४ सय २९ जना नयाँ संक्रमित फेला परेका छन्। कुल ६ सय ५५ वटा स्वाब परिक्षण गर्दा ४ सय २९ जनालाई संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्र १ सय ८६ पुरुष र १ सय ६१ महिला गरी ३ सय ४७ जना रहेका छन्।  

भेरी अस्पतालमा २ सय ८८ जनाको परिक्षण गर्दा २ सय ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ। नेपालगन्ज मेडिकल कलेजमा १ सय ५८ स्वाब परिक्षण गर्दा १ सय १८ जना पोजेटिभ भएका छन्। बागेश्वरी ल्याबमा १ सय ४० को परिक्षण गर्दा ९३ जनालाई संक्रमण भएको छ। जमुनाहास्थित हेल्थ डेस्कमा ६९ जनाको परिक्षण गर्दा १४ जनालाई संक्रमण देखिएको केन्द्रले जनाएको छ।  

बाँकेमा अहिलेसम्मको कुल पोजेटिभ संख्या ७ हजार १ सय ९७ पुगेको छ। यसमध्ये ४ हजार ४ सय पुरुष र २ हजार ७ सय ९७ महिला रहेका छन्। अहिलेसम्म ४ हजार ९ सय ९१ जना डिस्चार्ज भएका छन्।  

भेरी अस्पतालमा शनिबार बेलुकीसम्म ९८ जना पुरुष र ८३ महिला गरी १ सय  ८१ जना संक्रमित भर्ना भएका छन्। यसमध्ये ५७ जना सिकिस्त छन्। मेडिकल कलेजको शिक्षण अस्पतालमा ३१ पुरुष र २४ जना महिला गरी ५५ जनाले उपचार गराइरहेका छन्। त्यसमध्ये २६ जना संक्रमित सिकिस्त रहेका छन्। होटल ह्वाईट हाउसमा ३३ पुरुष र ६ महिला गरी ३९ जना छन्। कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ९ जना पुरुष रहेका छन्। यसमध्ये ३ जना सिकिस्त रहेको बताइएको छ। यस्तै होम आइसोलेशनमा १ हजार ६८ पुरुष तथा ९ सय १२ महिला गरी १ हजार ९ सय ८० जना बसिरहेका छन्। बाहिरी जिल्लाबाट बाँकेमा १ सय ३६ जनाले उपचार गराइरहेका छन्। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस