संग्रह
बाँकेमा एकैदिन १ सय ६६ जना संक्रमित फेला
कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिएको बाँकेमा शनिबार एकैदिन १ सय ६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु
कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी अस्पतालमा स्टाफ नर्सको मृत्यु भएको छ। दाङको एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको अस्पतालका एनेस्थेयोलोजिस्ट डा. पारश पाण्डेले जानकारी दिए।
अक्सिजन खरिद गर्न भेरी अस्पताललाई नागरिक स्तरबाट सहयोग
भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ।
बाँकेमा २४ घण्टाभित्र तीन सय ४३ नयाँ संक्रमित थपिए
भेरी अस्पतालमा अहिलेसम्म १ सय ७ जना पुरुष र ९६ महिला गरी २ सय ३ जना संक्रमित भर्ना भएका छन्। यसमध्ये ६८ जना सिकिस्त छन्।
भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमित भन्छन्ः सेतो कपडा लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ
नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन् । हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ । श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ । हिमलालाई भने छाती दुख्ने समस्या छ ।
भेरी अस्पतालमा उपचाररत संक्रमित भन्छन्: ‘एउटै बेडमा दुईजना बस्नुपरेको छ’
नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्।
भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु
नेपालगन्जको भेरी अस्पतालमा आज बिहान थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु
यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए।
२४ घण्टाभित्र बाँकेमा ८ संक्रमितको मृत्यु
बितेको २४ घण्टामा बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो।
भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु
बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।