भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु
१४ असार २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका रहेका छन्। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार झिमरुक गाउँपालिका वडा नम्बर ३ प्युठानका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ। 

यही असार १२ गते प्युठानमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि आइतबार(हिजो) भेरी अस्पताल नेपालगन्जमा आएर भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि आइतबार राती १ बजे मृत्यु भएको हो।  

यस्तै दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६८ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै मृत्यु भएको छ। दाङमा यही असार २ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि असार ४ गते भेरी अस्पतालमा आएर उनी भर्ना भएका थिए। उपचारकै क्रममा उनको सोमबार(आज) बिहान २ः३५ बजेतिर मृत्यु भएको हो।  

यसैगरी दैलेख आठबिस नगरपालिका वडा नम्बर ४ का ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यही असार ९ गते दैलेखमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए। 

स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६१ जना र बाँकेका ३ सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

लोकप्रिय
अर्को समाचार
एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु
०५ वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया राजापुर नगरपालिका वडा नम्बर १ निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुकी ७ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही बैशाख २ गते भर्ना भएका उनको दुई दिनमै मृत्यु भएको ओलीले बताए।  

यस्तै भेरी अस्पतालमा उपचार गराइरहेकी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उनको शनिबार राती ७ः४० बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गरिएकोमा बैशाख १ गते पोजेटिभ आएपछि भेरीमा भर्ना गरिएको थियो।  

यसैगरी भेरी अस्पतालमा शनिबार राती नै दैलेख नारायण नगरपालिका वडा नम्बर १ निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको छ। गत चैत ३० गते पिसिआर परीक्षण गरिएकोमा ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। बैशाख १ गते भेरी अस्पतालमा भर्ना भएकी उनको शनिबार राती साढे ९ बजेतिर मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट बाँकेका मृतकको संख्या ६० र बाहिरी जिल्लाको मृतक संख्या ९६ पुगेको फोकल पर्सन ओलीले बताए।

‘भेरी अस्पतालमा भर्ना भएका तीन जना संक्रमितको तीन घण्टाको फरकमा ३ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘कोरोना संक्रमणबाट बच्न धेरै सचेत हुनुपर्ने अवस्था छ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस