गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सदस्य राजिव गुरुङ मनाङेले राजिनामा दिएका छन् । गुण्डा नाइके पृष्ठभूमिका उनले समितिको कार्यकारी अधिकार नभएको भन्दै पदबाट राजिनामा दिएका हुन् ।
समितिबाट राजिनामा दिने संस्कृति नभएपनि उनले आइतबार समितिका सभापतिलाई सम्बोधन गरेर राजिनामा दिएको समितिका सभापति दीपक कोइरालाले जानकारी दिए । समितिमा बस्न नचाहेको भए कुन समितिमा बस्ने हो त्यो समितिमा जान्छु भनेर दलका सचेतक र सभामुखलाई जानकारी गराए हुन्थ्यो,‘उनले भने,‘उहाँले राजिनामा नै दिनुभएको छ, यस्तो संस्कृति यसअघी थिएन ।’
विभिन्न ठाउँमा भ्रष्टाचार मौलाएको रंगेहात पक्रिदापनि कार्वाही गर्न समितिले नसक्ने स्थिति देखेकाले आफूले पदबाट राजिनामा दिएको उनले बताए । अनुगमनमा जाँदा भ्रष्टाचारै भ्रष्टाचार देखेँ,उनले भने,‘त्यस्तो स्थितिमा तुरुन्त कार्वाही गर्न निर्देशन दिदापनि कार्वाही नभएपछि समितिको अर्थ रहेनछ भनेर राजिनामा दिएको हुँ ।’ उनले अब आफू कुनैपनि समितिमा नबस्ने बताए । ‘म अब कुनैपनि समितिमा बस्दिन,‘उनले थपे,‘सांसद पदबाहेक अन्य पदको अर्थ रहेनछ, त्यसैले म अब मलाई समिति सदस्य हुनु छैन ।’
समितिका सभापति दीपक कोइरालाले पदबाट राजिनामा दिएकोबारे दलका सचेतक र सभामुखलाई जानकारी गराएको बताए । राजिनामा स्विकृत गरेपनि हुन्छ, नगरेपनि हुन्छ, उनले भने,‘समिति हेरफेर गर्ने कुरा हो, त्यसमा मैले सहज बनाईदिने मात्र हो ।’
पदबाट राजिनामा दिएका मनाङे राती नै काठमाडौं पुगेका छन् । उनले आफूलाई सांसद बनाउने नेतालाई भेटेर राजिनामा बारे जानकारी गराएको बताए । तर आफूलाई पदबाट दिएको राजिनामा फिर्ता लिन भनेको भन्दै उक्त प्रस्ताव आफूलाई भनि स्वीकार्य नभएको बताए । कारबाही गर्ने अधिकारसहितको समिति भए समितिमा फर्किन्छु,‘उनले भने,‘हैनभने पदमा फर्किनुको औचित्य छैन ।’
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।स्रोतका अनुसार नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना सहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् । थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन्।
थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।२१ महिना सफलतापूर्वक कार्य सम्पादन गरेका थानीले १५ महिना अगाबै पदबाट राजिनामा दिएका हुन् ।
थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्।स्रोतका अनुसार थानी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट छन्।श्रोेतका अनुसार उनले कांग्रेसको केन्द्रीय सदस्यमा जान पनि लविङ गर्दै आएका छन्।उनी यस अघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएर पनि काम गरेका थिए।
अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धरासायी हुने समस्या देखिरहेको अवस्थामा थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको मूल्यांकनमा थानीको कार्य सम्पादन उत्कृष्ट भएर ९०.५ अंक प्राप्त गरेका थिए ।
थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए।थानीले निगमलाई आर्थिक वर्ष २०७९÷८०मा १८ अर्ब नाफा समेत लगेका थिए।
निगमको लागि आवश्यक पूर्वाधार निर्माणका परियोजना अघि बढाएको, पेट्रोलिमय पाइपलाइन परियोजना विस्तार गर्न भारतसँग सम्झौता गरेको, इन्धनको आपूर्ति तथा वितरण नियमित बनाएको जस थानीलाई जान्छ । त्यसैगरी, मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत पेट्रोलसमेत ल्याउन आवश्यक अमलेखगन्जमा भण्डारण गृहको निर्माण , निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरामा १० हजार किलोलिटरको डिजेल भण्डारणगृह निर्माणलाई अन्तिम रुप दिएर सञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माणको सुरुवात लगायत भौतिक पूर्वाधार निर्माण काम पनि उनले अघि बढाएका थिए।थानीले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने प्रयास गरे पछि सरकारको असहयोगको कारण सफल हुन सकेनन्।
कार्यकारी निर्देशक थानीले नेपाल इन्जिनियरिङ एसोसिएसनबाट बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेका थिए। निगमको हितमा कार्य गरी आफ्नो इन्जिनियरिङ व्यवस्थापकीय क्षमता प्रमाणित गरी रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण गरेकोले अवार्ड दिइएको जनाइएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।