ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी
१३ भदौ २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजिनामा मागेका छन्।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ती जारी गर्दै मेयर साम्पाङको राजिनामा माग गरेका हुन्। मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशमा आवद्ध, अध्ययनमा उर्जाका साथ समर्पित सम्पुर्ण इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण टिप्पणी गरेको भन्दै विज्ञप्तीमा विरोध प्रकट गरिएको छ।  

पछिल्लो समय मेयर साम्पाङको अभिव्यक्ति र फेसबुक पोष्ट विवादमा पर्दै आइरहेको छ। उनले एक मिडियालाई दिएको अन्र्तवार्तामा काठमाण्डौंका मेयर बालेन साहको खिसि उठाउदै इञ्जिनियरले हाँक्न नसक्ने भएकोले आफ्नो पढाई अनुसारको काम गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। साम्पाङको सोही अभिव्यक्तिविरुद्ध इञ्जिनियरिङका विद्यार्थीहरुले विरोध गर्दै राजिनामा मागेका हुन्।

विश्वका अनेकौं देशमा राष्ट्राध्यक्षदेखि उच्च पदमा रहेर इञ्जिनियरहरुले नीति निर्माण र नेतृत्व कुशलता सफलतापुर्वक प्रस्तुत गरिसकेको विज्ञप्तीमा उल्लेख छ। साथै हालै भारतको नई दिल्लीमा इञ्जिनियरसहितको अरबिन्द केजरीवालको राजनैतिक आवागमनले विकासमा फड्को मारिरहेको भन्दै अध्यक्ष अधिकारीले मेयर साम्पाङले इञ्जिनियरमाथि गरेको तुच्छ शब्दले विवेकशिलता, कुटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठेको पनि विज्ञप्तीमा जनाइएको छ।  

गैरजिम्मेवार नेतृत्वले गर्दा धरानको भविष्य अन्धकारमा पुग्न लागेको भन्दै जनताले दिएको मतको सम्मान गरि विकासमा अघि बढ्नुपर्ने बेला सानो सोच राखेर मेयर साम्पाङ अराजकताको बाटोतिर लम्किएको विज्ञप्तीमा उल्लेख छ। साथै, धरानबासीलाई सचेत गराउदै मेयर साम्पाङले तुरुन्त पदबाट राजिनामा दिन पनि माग गरिएको छ । राजिनामा नदिए संगठनले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।  

लोकप्रिय
अर्को समाचार
राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा
२६ मंसिर २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।स्रोतका अनुसार नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना सहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् । थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन्।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।२१ महिना सफलतापूर्वक कार्य सम्पादन गरेका थानीले १५ महिना अगाबै पदबाट राजिनामा दिएका हुन् ।  

थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्।स्रोतका अनुसार थानी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट छन्।श्रोेतका अनुसार उनले कांग्रेसको केन्द्रीय सदस्यमा जान पनि लविङ गर्दै आएका छन्।उनी यस अघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र  इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएर पनि काम गरेका थिए।

अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धरासायी हुने समस्या देखिरहेको अवस्थामा थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको मूल्यांकनमा थानीको कार्य सम्पादन उत्कृष्ट भएर ९०.५ अंक प्राप्त गरेका थिए ।

थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए।थानीले निगमलाई आर्थिक वर्ष २०७९÷८०मा १८ अर्ब नाफा समेत लगेका थिए।

निगमको लागि आवश्यक पूर्वाधार निर्माणका परियोजना अघि बढाएको, पेट्रोलिमय पाइपलाइन परियोजना विस्तार गर्न भारतसँग सम्झौता गरेको, इन्धनको आपूर्ति तथा वितरण नियमित बनाएको जस थानीलाई जान्छ । त्यसैगरी, मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत पेट्रोलसमेत ल्याउन आवश्यक अमलेखगन्जमा भण्डारण गृहको निर्माण , निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरामा १० हजार किलोलिटरको डिजेल भण्डारणगृह निर्माणलाई अन्तिम रुप दिएर सञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माणको सुरुवात लगायत भौतिक पूर्वाधार निर्माण काम पनि उनले अघि बढाएका थिए।थानीले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने प्रयास गरे पछि सरकारको असहयोगको कारण सफल हुन सकेनन्।

कार्यकारी निर्देशक थानीले नेपाल इन्जिनियरिङ एसोसिएसनबाट बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेका थिए। निगमको हितमा कार्य गरी आफ्नो इन्जिनियरिङ व्यवस्थापकीय क्षमता प्रमाणित गरी रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण  गरेकोले अवार्ड दिइएको जनाइएको थियो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस