काठमाडौं महानगरले तीन वटा दमकल ल्याएको छ। महानगरका मेयर बालेन साहका अनुसार तीन वटा दमकल खरिद गरिएको हो।
उनले दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको र सोही योजनाअनुसार तीन दमकल महानगर आइपुगेको बताएका छन्।
दमकलहरुको वैज्ञानिक तवरबाट प्रयोग गर्दै आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताएका छन्।
काठमाडौँ महानगरले महानगरका विभिन्न खालि भित्ताहरूमा चित्रकलाले भर्न सुरु गरेको छ।
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ। परम्परागत भेषमा सजिएका नेवार पुरुष र महिला लगायतका चित्रहरू कोरिएको छ।
यस्ता चित्रहरू महानगरको रङ्गशाला, एयरपोर्ट, शंकरदेव, राष्ट्रिय सभागृह, भृकुटीमण्डप लगायतका स्थानहरूको भित्तामा यस्ता चित्र कोर्ने योजना रहेको चित्र कोर्दै गरेका चित्रकार विक्रम वनले बताए। यो चित्रकला कार्यक्रमको लागि महानगरले ५० लाख बजेटको कार्य सम्झौता गरेको अर्का चित्रकार डिभी भण्डारीले बताए। उनीहरूको अनुसार महानगरले चित्रकलाको लागि फाइनआटसंग सम्झौता गरेको हो।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरभित्र सांस्कृतिक तथा धार्मिक पक्षका चित्रहरू कोर्ने निर्णय भएको हो। जस अनुसार ठाउँ अनुसार मठमन्दिरमा देवी देउताको चित्र र पार्कैतिर फुल तथा सम्पदाको चित्र कोरिने बताए। यस्ता चित्रले ट्राफिकमा कुनै असर नगर्ने दाबी गरे।
‘यस्ता चित्रकलाले ट्राफिकलाई कुनै असर गर्ने देखिँदैन’ प्रवक्ता मानन्धरले भने। उनको अनुसार यस्ता महानगरले सहरको सौन्दर्य र सांस्कृतिक पहिचान झल्काउने उद्देश्य लिएको बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।