काठमाडौंका मेयरलाई त टेर्दैन सिंहदरबार, जनताको आवाज के सुन्थ्यो?
२७ चैत्र २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
काठमाडौंका मेयरलाई त टेर्दैन सिंहदरबार, जनताको आवाज के सुन्थ्यो?

राज्य संचालनको मुख्य केन्द्र हो सिंहदरबार। देशका आम सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिको आवाज सुन्ने निकाय पनि यही सिंहदरबार हो। विभिन्न माग राखेर काठमाडौं भित्रिने हरेक समूहको अन्तिम आशाको केन्द्र हो सिंहदरबार। 

सरकारसँग वार्ता गरी सहमति कार्यान्वयनको आशा गरेर वर्षौदेखि सिंहदरबार धाउनेहरुले अझै न्याय पाएका छैनन्। सरकारसँग गरिएको सहमति लागु नभएर हैरानी खेप्नेमा आम जनतामात्र होइन देशकै सबैभन्दा शक्तिशाली मानिएको स्थानीय सरकार अर्थात् काठमाडौं महानगरपालिका पनि रहेको तथ्य खुलेको छ। उनले यसकाे खुलासा सामाजिक संजालमार्फत गरेका छन्।

सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय नगरेको उनको आरोप छ। ५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ? भनी मेयर शाहले जिज्ञासा राखेका छन्। 

महानगरकै मेयर बालेन शाहले सिंहदरबारको असमन्वय गरेर हैरानी खेप्न परेपछि नयाँ जुक्ति निकालेका छन्। उनले विरोधको नयाँ शैली अपनाएर सिंहदरबारको फोहोर नउठाउने घोषणा गरे। असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको उनको तर्क छ। उनले १४ मन्त्रालयले गरेका असमन्वयको उदाहरण नै पेश गरको छन्।  

मेयर शाहका अनुसार गृह मन्त्रालयसँग अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी लगायतका विषयमा ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन भएको छैन। खासगरी काठमाडौंका नदी छेउछाउ बसोबास गर्ने सुकुम्बासी बस्ती हटाउन सहयोग नगरेको आरोप महानगरले लगाउँदै आएको छ।

त्यस्तै अर्थ मन्त्रालयसँग महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे मन्त्रीस्तरमै पटक पटक पहल भएको तर कुनै निष्कर्ष ननस्किेको उनको तर्क छ। त्यस्तै ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी गरेको आरोप मेयर शाहको छ।  

मेयर शाहले १४ वटा मन्त्रालयसँग पटक पटक भएका विभिन्न पहल कार्यान्वयन नभएपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेको स्पष्टिकरण दिएका छन्।  

यस्ता छन् उनले प्रस्तुत गरेका कहि उदाहरणहरुः

१. गृह मन्त्रालयः अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालयः विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार  

३. शिक्षा मन्त्रालयः सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा( दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालयः सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन( दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्ययनः एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल( दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालयः ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम (२ मन्त्रीसँग पटक पटक पहल

७. सहरी विकाशः खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा (४ मन्त्रीसँग पटक पटक पहल ।

८.भौतिक यातायात्स् रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन( दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९. सूचना तथा सञ्चारः क्ष्क्ए र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् ९ २ मन्त्रीसँग पहल  

१०. ऊर्जा मन्त्रालयः सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग २ मन्त्रीसँग पहल  

११. खानेपानीः मेलम्चीको पानी र पाइप व्यवस्थापन, प्ग्प्ी को उचित व्यवस्थापन पहल( २ मन्त्रीसँग पटक पटक पहल  

१२. भूमिसुधार मन्त्रालयः सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण( मन्त्रीसँग पटक पटक पहल  

१३. सङ्घीय मामिलाः तिनकुने विवाद पहल, कर्मचारी सरुवा( दुई मन्त्रीसँग पटक पटक पहल  

१४. कृषि  मन्त्रालयः मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण मन्त्रीसँग पटक पटक पहल 

लोकप्रिय
अर्को समाचार
ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी
१३ भदौ २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजिनामा मागेका छन्।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ती जारी गर्दै मेयर साम्पाङको राजिनामा माग गरेका हुन्। मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशमा आवद्ध, अध्ययनमा उर्जाका साथ समर्पित सम्पुर्ण इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण टिप्पणी गरेको भन्दै विज्ञप्तीमा विरोध प्रकट गरिएको छ।  

पछिल्लो समय मेयर साम्पाङको अभिव्यक्ति र फेसबुक पोष्ट विवादमा पर्दै आइरहेको छ। उनले एक मिडियालाई दिएको अन्र्तवार्तामा काठमाण्डौंका मेयर बालेन साहको खिसि उठाउदै इञ्जिनियरले हाँक्न नसक्ने भएकोले आफ्नो पढाई अनुसारको काम गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। साम्पाङको सोही अभिव्यक्तिविरुद्ध इञ्जिनियरिङका विद्यार्थीहरुले विरोध गर्दै राजिनामा मागेका हुन्।

विश्वका अनेकौं देशमा राष्ट्राध्यक्षदेखि उच्च पदमा रहेर इञ्जिनियरहरुले नीति निर्माण र नेतृत्व कुशलता सफलतापुर्वक प्रस्तुत गरिसकेको विज्ञप्तीमा उल्लेख छ। साथै हालै भारतको नई दिल्लीमा इञ्जिनियरसहितको अरबिन्द केजरीवालको राजनैतिक आवागमनले विकासमा फड्को मारिरहेको भन्दै अध्यक्ष अधिकारीले मेयर साम्पाङले इञ्जिनियरमाथि गरेको तुच्छ शब्दले विवेकशिलता, कुटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठेको पनि विज्ञप्तीमा जनाइएको छ।  

गैरजिम्मेवार नेतृत्वले गर्दा धरानको भविष्य अन्धकारमा पुग्न लागेको भन्दै जनताले दिएको मतको सम्मान गरि विकासमा अघि बढ्नुपर्ने बेला सानो सोच राखेर मेयर साम्पाङ अराजकताको बाटोतिर लम्किएको विज्ञप्तीमा उल्लेख छ। साथै, धरानबासीलाई सचेत गराउदै मेयर साम्पाङले तुरुन्त पदबाट राजिनामा दिन पनि माग गरिएको छ । राजिनामा नदिए संगठनले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस