प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो
१६ जेष्ठ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो

प्रदेश २ मा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीामा ५ जना, धनुषामा १ जना, सर्लाहीमा जिल्लामा ४ जना, रौतहटमा ७३ जना, बारामा ४ जना र पर्सामा ९ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।  

सप्तरीको राजबिराज नगरपालिकाका ५ जना पुरुष छन् । धनुषाको खजुरी क्वारेन्टिनमा बसेकी ५० वर्षिया १ जना महिलामा संक्रमण पुष्टि भएको छ । सर्लाहीको कौडेना गाउँपालिकाका २ जना पुरुष, मलंगवा नगरपालिकाका १ जना पुरुष र १ जना महिलागरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

रौतहटको राजपुर नगरपालिका स्थित राजपुर फतवा क्वारेन्टिनमा रहेका ५० जना पुरुष, रौतहटकै बोधिमाई नगरपालिकास्थित सरमझुवा क्वारेन्टिनमा रहेका २ जना, मौलापुर नगरपालिकास्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा रहेका ६ जना पुरुष, ईशनाथ नगरपालिकास्थित डुमरिया मावि क्वान्टिनमा रहेका २ महिला र १३ जना पुरुष गरी ७३ जनामा संक्रमण पुष्टि भएको छ ।  

बाराको पचरौता गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४ जना, पर्साको जिरा भवानी गाउँपालिकामा १ जना र पोखरिया नगरपालिकामा ८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पुष्टि गरेका छन् ।  

लोकप्रिय
अर्को समाचार
संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै
०७ असार २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै
सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्पस क्वारेन्टिन । तस्बिरःनागरिक

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो ।

आइतबारसम्म २ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएर घर जान पाएका हुन् । पुष्टि भएका कुल संक्रमितमध्ये निको हुने करिब ३५ प्रतिशत छ ।

समाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी रौतहटबाट २ सय ४७ जना डिस्चार्ज भएका छन् । रौतहटमा १ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा २ सय ९४ जना संक्रमित उपचाररत्त छन् । एक जना संक्रमितको क्वारेन्टिनमै मृत्यु भएको थियो । प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरीबाट ५३, सिरहाबाट ४८, धनुषाबाट १ सय ५०, महोत्तरीबाट ८६, सर्लाहीबाट १ सय ६३, रौतहटबाट २ सय ४७, बाराबाट ७५ र पर्साबाट १ सय २५ जना र अन्य ५ जना गरी ९ सय ५२ जना डिस्चार्ज भएका छन् । अहिले ८ सय ७३ जना आइसोलेसनमा छन् ।

जिल्ला अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रायः सबैजसो संक्रमितहरूमा बाहिरी लक्षण नदेखिँदै दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । ‘स्वास्थ्य मन्त्रालयले १४ दिनसम्म लक्षण नदेखिएकालाई परीक्षणबिनै घर पठाउन सकिने भने पनि यहाँका बिरामीको पीसीआरपछि पठाइएको छ,’ उनले भने, ‘लामो समय लक्षण नदेखिएका संक्रमितमा भाइरस जीवित रहने अवस्था पनि रहँदैन ।’

प्रादेशिक स्वास्थ्य निर्देशनालायका प्रवक्ता विजयकुमार झाका अनुसार अहिलेसम्म यस प्रदेशमा कोहि पनि संक्रमितलाई आयूसीयू र भेन्टिलेटर आवश्यक परेको छैन ।  

चैत २९ गत्ते वीरगंज महानगरपालिकाको छपकैयामा तीन जनामा देखिएको संक्रमण प्रदेश २ का लागि पहिलो केस थियो । त्यसयता यस प्रदेशका ८ वटै जिल्लामा संक्रमण फैलिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म ३० हजार ३ सय ४ जनाको स्वाब परीक्षण गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको इपिसेन्टर बन्दै क्वारेन्टिन

सिरहाको शूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस क्वारेन्टिन कोरोनको इपिसेन्टर बन्दै छ । यस क्वारेनिटनबाट आइतबार एकै दिन ५२ जनामा संक्रमण पुष्टि भएकोे छ । यसअघि यस क्वारेन्टिनका ३३ जनामा संक्रमण पुष्टि भइसेको क्वारेन्टिन संयोजक सुरेश चोरबारले बताए । यो क्वारेन्टिन कोरोना संक्रमणको कारखाना बन्नुको कारण हो, अव्यवस्था । भारतबाट आएकाहरुलाई अव्यवस्थित तरिकाले राखिएकै कारण यो क्वारेन्टिन संक्रमणको घर बनेको छ । भारतबाट आउने सिरहाबासीलाई सीमाबाट टिपरमा कोचेर यस क्वारेन्टिनमा पुर्याइन्छ । क्वारेन्टिनमा पनि उनीहरु सामूहिक रुपमै एकअर्कासँग घुलमिल गर्छन् । एकले अर्काको मोबाइल चलाउँछन् । एकले माडेर दिएको सुर्ती अर्कोले खान्छन ।    

क्वारेन्टिन संयोजक सुरेश चोरबारका अनुसार जती भन्दा पनि उनीहरु आपसमा घुलमिल गरिहाल्दो रहेछ । यस क्वारेन्टिनमा संक्रमितको संख्या बढ्दै गएपछि व्यवस्थापन चौतीपूर्ण बनेको चोरबारको भनाई छ । संक्रमित थपिँदै गएपछिसबै डराएका छन ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार असार ४ गते यस क्वारेन्टिनका करिब २ सय ६ जनाको स्वाब संकलन गरिएको थियो । आइतबार रिपोर्ट आउँदा ५२ जनामा संक्रमण पुष्टि भएको छ । यसै क्वारेन्टिनका २ सय ४९ जनाको पिसिआर परीक्षण रिपोर्ट एक महिना हुन लाग्दा समेत आएको छैन । उनीहरुलाई घर पठाइसकिएको यादवले भने ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस