प्रदेश २ मा ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस प्रदेशको प्रादेश प्रयोगशाला जनकपुर, जिल्ला अस्पताल सिरहा प्रयोगशाला, गौर अस्पताल रौतहट प्रयोगशाला र नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको १२१ नमूना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए प्रदेश स्वास्थ्य निर्देशनालाय जनकपुरधामले जनाएको छ। यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ।
नारायण अस्पताल वीरगन्जमा ९० वटा नमूना परीक्षण गर्दा ४५ जना कोरोना पोजेटिभ, गौर अस्पताल रौतहटमा ४ वटा नमूना परीक्षण गर्दा ३ जना पोजेटिभ, जिल्ला अस्पताल सिरहामा ४ वटा नमूना परीक्षण गर्दा सबै नेगेटिभ र प्रादेशिक प्रयोगशाला जनकपुरधाममा २३ वटा नमूना परीक्षण गर्दा ६ जना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
पर्सामा सबैभन्दा बढी २ सय ५८ जना सक्रिय संक्रमित छन्। बारामा ५४, धनुषामा ४३, महोत्तरीमा २०, रौतहटमा १८, सिरहामा ८, सप्तरी र सर्लाहीमा ३–३ जना सक्रिय संक्रमित छन्।
प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका छन्। पहाडी जिल्लाहरूमा पनी संक्रमितको सख्या थपिएको छ । अर्घाखाँचीमा पहिलो पटक दुइ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । गुल्मीमा दुइ जना थपिएका छन्। कपिलवस्तुमा २ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएका छन्।
अर्घाखाँचीको पाणिनी स्थित क्वारेन्टिनमा राखीएका दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । सो क्वारेन्टाइनमा केही समय अघि भारतबाट आएकाहरूलाइ राखीएको र थ्रोट स्वाब परिक्षणकालागि भैरहवा ल्याइएको थियो ।
गुल्मीमा दुइ जना संक्रमित थपिएका छन्।। दुवै जना धुर्कोट गाँउपालिकाका हुन्। उनीहरू क्वारेन्टिनमा बसेका हुन वा हैनन भन्ने सम्बन्ध खलीसकेको छैन । यसअघि आरडिटि पोजेटिभ रिर्पोट आएको पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ रिर्पोट आएको बताइएको छ ।
कलिबस्तको मायादेवि गाँउपालिकाका एक जना र कपिलस्तु अस्पतालका अर्का एक जना बिरामीमा पनि कोरोना पोजेटिभ देएिको छ । रुपन्देहीमा सोमबार थपिएका संक्रमित पनि अस्पतालमा उपचारत बिरामी हुन । संक्रमित पुरुष बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामी रहेको जनस्वाथ्य प्रयोगशालाले जनाएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।