संग्रह
संक्रमित युवकको गाउँलाई सिल गरियो
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए ।
प्रदेश २ मा संक्रमितको संख्या ७२ पुग्यो
प्रदेश २ म एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
किसानलाई सरकारी रकम भुक्तानीमै ढिलाइ
उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ । किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ । सरकारले किसानको खातामा नै रकम पठाउने व्यवस्था गरेको भए पनि भुक्तानको लागि ढिलो भइरहेको पाइएको छ ।
प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा संक्रमण पुष्टि
कूल संक्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ संक्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन/तीन, महोत्तरी र धनुषामा दुई/दुई र सर्लाही र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा संक्रमण देखिएको छैन ।
कोरोना भाइरस पत्ता लगाउन ‘पुलिङ टेष्ट’
लकडाउनसँगै सरकारले कोरोनाको परीक्षणको दायरा समेत बढाउनुपर्ने चिकित्सक र विज्ञहरुले बताउँदै आएका छन । परीक्षणको दयरा बढाउँदा आवश्यक उपकरण, रसायण र अन्य सामग्रीको खपत समते बढ्न जान्छ । परीक्षणका लागि आवश्यक सामग्रीको विश्वव्यापी अभाव भैरहेको बेला नेपालमा समेत अभाव छ ।
'हटस्पट'मै भद्रगोल तयारी
५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भैइरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा निगरानीमा राखिएको छ ।
प्रत्येक जिल्लामा कोरोना अस्पताल चाहियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का सबै जिल्लामा कोरोना विशेष अस्पताल निर्माण गर्न सरकारसँग माग गरेको छ । प्रदेश २ कोरोना भाइरस संक्रमणको अत्यन्त जोखिममा रहेको जनाउँदै नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले कोरोना नियन्त्रण तथा उपचारमा विशेष ध्यान केन्द्रित गर्न सरकारसँग माग गरेका हुन् ।
प्रदेश २ मा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय
प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवार बसेको बैठकले प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यायले जनाएको छ ।
प्रदेश २ मा ४५ जना कोरोना संक्रमित थपिए
बुधबार प्रदेश २ मा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा २, रौतहटमा ३५ र बारमा ८ गरी यस प्रदेशमा ४५ जना थपिएसँगै संक्रमितको संख्या ३२३ पुगेको छ ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुग्याे
प्रदेश २ म कोरोना संक्रमितको संख्या १०६६ पुगेको छ । शनिबार दिउँसो थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ७७ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।