संक्रमित युवकको गाउँलाई सिल गरियो
३० वैशाख २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
संक्रमित युवकको गाउँलाई सिल गरियो
सप्तरी जिल्ला ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए ।

वैशाख ९ गते चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना संक्रमण देखापरेको हो । चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो ।  

संक्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा अहिले भर्ना गरिएको छ । उनलाई अस्पतालमा भर्ना गरी सङ्क्रमित युवकको टोल हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए ।

उनको वैशाख २५ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको छ । यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने सूचना अधिकारी ठाकुरले बताए ।

उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ । लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । रासस

लोकप्रिय
अर्को समाचार
प्रदेश २ नामांकनः चार नाममध्ये मतदानबाट टुंगो लगाइने
०३ माघ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश २ नामांकनः चार नाममध्ये मतदानबाट टुंगो लगाइने

प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरित हुन सकस जारी छ। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरू प्रदेशको स्थायी राजनधानीको विषयमा एकमत प्रायः देखिए पनि नामांकनमा विभाजित देखिए।

नामांकनमा एकमत कायम गर्न प्रदेशसभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति नै गठन गरी दफाबार छलफल गरिएको थियो। तर, छलफलबाट नाममा एकमत कायम हुन सकेन। विशेष समितिले छलफलबाट तयार प्रतिवेदन प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ। जसमा अब गोप्य मतदानमार्फत नामांकनको विषय टुंग्याउनुपर्ने निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई ४ र ६ वटा राजधानीको प्रस्तावलाई ३ वटामा सीमित गर्न सकेको उल्लेख छ। अब नाम र राजधानी यसै साता गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति स्रोतसाधन, मतदान सामग्रीहरू तथा सुरक्षा प्रबन्धलगायतका यथोचित व्यवस्थापन गर्नुपर्ने, मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने समितिले निष्कर्ष निकालेको छ।

सभामुख सरोजकुमार यादव नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनअनुसार अब नामका विषयमा चारवटा र राजधानीका विषयमा तीन वटा प्रस्तावमाथि मतदान हुनेछ।

प्रदेश २ को नाम मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश छन्। सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका हुन्। यसमा सांसदहरू बबिता कुमारी, रानीकुमारी तिवारी, सावित्रीदेवी साह, जगतप्रसाद यादव र दिलीप साह समर्थक छन्।

जानकी प्रदेशको प्रस्तावकमा प्रमोदकुमार यादव छन् भने समर्थकमा वेची लुंगेली, डिलीप्रसाद उप्रेती र नागेन्द्र राय यादव छन। मिथिला भोजपुराको प्रस्तावकमा शिवचन्द्र चौधरी छन् भने समर्थकमा नागेन्द्रप्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जुकुमारी यादव छन्।

प्रदेश २ को राजधानीका लागि गरिएका प्रस्तावमा जनकपुर, पोखरिया र सखुवा प्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकासहित वीरगञ्ज र वीरगञ्ज महानगरपालिका छन्। परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले राजधानी जनकपुर राख्न प्रस्ताव गरेका हुन्।

सिंगासन साह कलवारले पोखरिया, सखुवा प्रसौनी, पर्सागढीसहित वीरगन्जलाई राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन्। तेस्रो प्रस्ताव दर्ता गराएका राजेश्वरप्रसाद शाहले वीरगन्जलाई मात्र राजधानी बनाउन माग गरेका छन्।

प्रदेशको स्थायी राजधानी र नामांकनका लागि प्रदेशसभामा हाल कायम रहेको प्रदेशसभा सदस्यको संख्याको दुईतिहाइ बहुमतले पारित गर्न सक्ने संवैधानिक प्रावधान रहेको छ। प्रदेशसभामा हाल ६ वटा दल र एक स्वतन्त्र सांसद गरी १०४ जना प्रदेश सांसदहरू छन्।

सत्तारूढ जसपाका ३९, सत्तारुढ दल कांग्रेसका १९, सत्ता घटक एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ प्रदेश सांसद छन्।

प्रमुख प्रतिपक्षी लोसपाका १६ र प्रतिपक्षी एमालेका ८ र नेपाल संघीय समाजवादीका १ सांसद छन्। दुईतिहाइका लागि ६९ जना सांसदको मत चाहिन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस