नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन्। यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन्।
प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।
निर्वाचन समितिले जनकपुरधामस्थित स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ। यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ संयोजन समितिका संयोजक रमेश रिजालले जानकारी दिए। मतदान बुधबार बिहानबाट हुने जनाएको छ। प्रदेश अधिवेशनको उद्घाटन भए पनि जिल्ला जिल्लामा प्रतिनिधि छनोट हुन नसकेको जनाउँदै महाधिवेशन पछि मात्रै प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेको छ।
प्रदेशका आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी एक हजार ९२० मतदाता रहेको जनाएको छ। यसमा केही केन्द्रीय सदस्य थप हुन सकिने बताइएको छ।
नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै पार्टीका नेता–कार्यकर्तालाई नियमित महाधिवेशनको तयारी र आसन्न निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्।
कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा, मधेस प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आवश्यक नरहेको बताएका हुन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मङ्सिर १५ गतेको बैठकले पार्टीको पन्ध्रौँ नियमित महाधिवेशन २०८२ पौष १६ गतेबाट वडास्तरदेखि सुरु गरी पौष २६, २७ र २८ गते सम्पन्न गर्ने तालिका पारित गरेको थियो। तर महाधिवेशनअघि अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम समयमै सम्पन्न भई केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउन नसकिएपछि निर्धारित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएको जनाइएको छ।
यसै कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ गतेको निर्णयअनुसार २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भइसकेकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको उनीहरूको निष्कर्ष छ।
पाँचै प्रदेश सभापतिले देशभरका कांग्रेसजनलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारीमा जुट्न र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सक्रिय हुन आग्रह गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।