'हटस्पट'मै भद्रगोल तयारी
०१ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
'हटस्पट'मै भद्रगोल तयारी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । यस प्रदेशको वीरगञ्जमा ९० जना संक्रमित आइसोलेसनमा छन । अस्पतालमा शयया अभाव भएपछि संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ ।  

५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई असपतालको आइसोलेसनामा भर्ना गरी उपचार भैरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा निगरानीमा राखिएको छ ।

संक्रमितको संख्या बढेपछि प्रदेश सरकारको कोरोना उपचार तथा रोकथामको भद्रगोल तयारी उदांगिएको छ । संक्रमितलाई राख्न अस्पतालको शयया अभाव भएपछि क्वारेन्टाइनमा राख्नु परिरहेको छ ।

संक्रमितको संखया बढ्न थालेपछि प्रदेश सरकारले जनकपुरमा  हत्तारहत्तार कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । यद्यपी यस अस्पतालमा बेड बाहेकका सुविधा जडान हुन बाँकी छ । यस अस्पतालको आइसोलेसनमा पाँच जना भर्ना छन् । उनीहरुले समयमा खाना, खाजा नपाएको गुनासो गरेका छन् ।  

संक्रमितको संख्या द्रूत गतिमा फैलिएपछि वीरगञ्ज र बाराको १४ स्थानलाई ‘हटस्पट’ तोकेर पहिचानात्मक, परीक्षणात्मक र उपचारात्मक राणनीति तयार पार्न प्रदेश सरकार जुटेका छन् ।

‘संक्रमण फैलिएको बारा र पर्साको १४ स्थानलाई हटस्पट तोकेर  सिल गरिएको छ’ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने,‘संक्रमित क्षेत्रलाई पूर्णरुपमा सिल गरेर ड्रोन क्यामेराबाट निगरानी बढाइएको छ । हट स्पोट क्षेत्रका प्रत्येक व्यतिलाई परीक्षणको दायरामा ल्याउने गरी तयारीमा जुटेका छौं । लकडाउनलाई अझ प्रभावकारी बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छुँ, उनले भने ।  

संघीय सरकारले खुल्ला गरेको औद्योगीक क्षेत्रलाई अनुगमन गरेर सामाजिक दुरीलगायतका नियन्त्रणकारी उपाय अबलम्बन नगरिएको पाइए बन्द गरिने मन्त्री यादवले बताए ।  

अब परीक्षणको दायरा नबढाई उपाय छैन उनले भने,‘परीक्षणको दायरा बढाए संक्रमितको संख्या अझ बढ्ने निश्चित छ । परिक्षणका लागि हामीले दुई थान आरटी पिसिआर मेसिन(रियल टाइम पोलिमराइज चेन रियक्सन) खरिद गरिसकेका छौं, छिटै मेसिन आइपुग्छ ।’ यी मेसिन मध्ये एक थान जनकपुरमा जडान हुने र अर्को थान मेसिन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा जडान हुने उनले बताए ।

प्रदेशमै सबै भन्दा बढी ९० जना संक्रमित वीरगञ्जका छन । प्रदेशका सात जिल्लामा कोरोना संक्रमित भेटिएका छन् भने सिरहामा गरिएको अहिलेसम्मको परीक्षण परिणाम नेगेटिभ छ ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा पर्सा र वारा जिल्लामा मंगलबार र बुद्यबार गरी तीन सय जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । बुद्यबारसम्म यस प्रदेशमा कूल चार हजार २ सय ३६ जनाको स्वाब संकलन भएकोमा ९६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नौ सय १० जनाको रिपोर्ट आउन बाँकी छ ।  

फितलो तयारी

पछिल्लो दुई दिनमा संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रदेशको भद्रगोल उदांगिएको छ । यहाँका अस्पतालमा संक्रमितको उपचारका लागि शययाको अभाव देखिएको छ । नारायणी अस्पताल वीरगञ्जमा शयया अभाव भएपछि संक्रमितलाई जनकपुर ल्याउने तयारी हुँदै छ । ‘पर्साका संक्रमितलाई कोभिड विशेष अस्पताल जनकपुरमा ल्याउने तयारी भैहरेको छ’, सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले भने,‘महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि तयारी अन्तिम चरणमा छ ।’  

यस प्रदेशमा संक्रमण फैलिन थालेपछि सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रणका लागि मातहतका पाँच मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा गरेको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि सरकारले नियन्त्रणात्मक र उपचारात्मक कार्यका लागि खर्चिन उक्त रकम निकासा गरेको हो ।  

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार वैशाख १५ गत्ते सम्म २ अर्ब रुपैयाँ सम्बन्धित मन्त्रालयले लगिसकेका छन् । स्वास्थ्यक्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयले सबभन्दा बढी १ अर्ब १ करोड १२ लाख २७ हजार २ सय ५० रुपैयाँ निकासा पाएको छ । कोरोना महामारी नियन्त्रण र स्वास्थ्य उपकरण खरिद र सुरक्षाकर्मीको बन्दोबस्तीमा बढी रकम निकासा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । राहत वितरणका लागि स्थानीय तह र घरेलु कार्यालयलाई पनि रकम निकासा गरिएको छ । प्रदेशका ८ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण तथा औषधि आपूर्तिका लागि ७ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार लकडाउनले भेन्टिलेटर र पीसीआर मेसिन खरिदमा समस्या देखिएको छ । अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद भइरहेको उनले बताए ।

मन्त्रालयको आपूर्ति महाशाखाले २ थान पीसीआर मेसिन खरिदका लागि सूचना निकालिसकिएको  जनाएको छ । ३० थान भेन्टिलेटर खरिदका लागि पनि प्रक्रिया थालिसकिएको महाशाखाले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा खटिएका सुरक्षाकर्मीका लागि पीपीई खरिद गर्न ३ करोड रुपैयाँ निकासा लिएको छ । प्रदेश विपद् व्यवस्थापन कोषका लागि २ करोड र कारागार कैदी सुरक्षा शीर्षकमा १ करोड रुपैयाँ थप निकासा बुझेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार कारागार–कैदी सुरक्षाका लागि प्रत्येक कारागारलाई २० लाख रुपैयाँ उपलब्ध गराइएको छ । चैत २८ गते मन्त्रालयले कोरोना भाइरसले पत्रकारको मृत्यु भए परिवारलाई राहत बाँड्न ५० लाख रुपैयाँ सहमतिमा निकासा गरिएको छ ।  

लोकप्रिय
अर्को समाचार
कोरोनाको समयमा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन
२६ माघ २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोनाको समयमा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन्। विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब रु २८ करोडको लागतमा यहाँ कूल ६० कोठे होल्डिङ सेन्टर निर्माण गरिएका हुन्। हालसम्म ती भवनको स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोग गर्न सकिएको छैन।

नेपाली सेनाले १३ भान्सा घर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय श्यया र जटिल अवस्थाका बिरामीका लागि एक सय श्यया तथा तीन वातानुकलित  कक्षसहित निर्माण गरेको उक्त होल्डिङ सेन्टर सुरक्षार्थ सेनाको टोली खटिएको छ।

'होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने निश्चित  छैन', पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, 'स्वामित्व निश्चित नहुँदा बिजुली र खानेपानी जडान गर्न सकिएको छैन।' होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको उनले बताए। महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गरे पनि बजेट अभावका कारण स्वामित्व लिन नसकिने जवाफ पाएको प्रजिअ भुसालको भनाइ छ।

'मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार ग¥यौँ, तर जवाफ आएको छैन', उनले भने। होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार रहेको प्रजिअ भुसालले जानकारी दिए। विद्युत् प्राधिकरण र खानेपानी कार्यालयले होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गर्न स्वामित्व अनिश्चित भएकै कारण आनाकानी गरेको उनले बताए।

पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएकाले होल्डिङ सेन्टरको प्रयोग गर्नुपर्ने अवस्था आएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले बताए। 'होल्डिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ', उनले भने।

भारतीय सीमा क्षेत्रमा वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएकी ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुई सयदेखि तीन सय जनाको दैनिकरुपमा कोरोना सङ्क्रमण भएनभएको जाँच गरिरहेको बताए। कोरोना सङ्क्रमण पोजेटिभ देखिएकालाई होम क्वारेन्टिनमा बस्न सुझाव दिने गरेको उनको भनाइ छ। रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस