संग्रह
र्यापीड डाइग्नोस्टिक टेष्ट : एक व्यक्तिका दुई थरी रिपोर्ट
खोटाङको साकेला गाउँपालिकाका–२ रतन्छाका दुई जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) पोजिटिभ देखियो । गाउँपालिका आफैले दुई सय थान किट ल्याएपछि सोमबार र्यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुबईबाट फागुन ११ गते काठमाडौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठमाडौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको हो ।
भारतसहित तेस्रो मुलुक गएका नागरिकको बिवरण तयार पार्न स्थानीय तहलाई ७ दिनको समय
अब ताप्लेजुङका स्थानीय तहले आ–आफ्ना पालिकाभित्रबाट रोजगार, अध्ययन, भ्रमण र उपचारसहितको कार्यका लागि भारतसहित तेस्रो मुलुक गएका नागरिकहरुको अभिलेख तयार गर्नुपर्ने भएको छ ।
रिपोर्ट नआउँदै घर पठाइएका युवकको रिपोर्ट पोजेटिभ
प्रयोगशाला परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका एक युवकमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकलाई आइतबार घर पठाइएको खुलेको छ ।
जसले लकडाउनमा दुई छाक पाए
देशव्यापी लकडाउन भएपछि सर्वसाधारणको खाने–बस्ने बन्दोबस्त गर्न सरकारलाई सुरुदेखि निकै धौधौ भयो । र, अहिले पनि अवस्था झन्डै उस्तै छ । तर, फरक अवधारणा, चुस्त व्यवस्थापन र तत्परता हुने हो भने जस्तोसुकै कठिन बेलामा पनि विपन्नको हातमुख जोर्ने मेलो मिलाउन जटिल छैन भन्ने उदाहरण यहाँका केही ‘मनकारी’ युवाले देखाएका छन् ।
प्रदेश २ मा संक्रमितको संख्या ७२ पुग्यो
प्रदेश २ म एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
तिब्बत सरकारले फेरि पठायो ठूलो परिमाणको पीपीईसहितका सामग्री
ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यहाँका स्वास्थ्यकर्मीका लागि ठूलो परिमाणका थप पीपीई दिएको छ ।
भारतमा रेल चल्दा कर्णालीलाई चिन्ता
रोजगारीका लागि भारत गएका कर्णालीबासीहरु फर्किने क्रममा रहेकाले पूर्व तयारीमा लाग्न प्रदेश सरकारले स्थानीय तहहरुलाई निर्देशन दिएको छ । भारतले बुधबारदेखि रेल सेवा सञ्चालनमा ल्याएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीहरु फर्कने तयारीमा छन् ।
डडेल्धुरा अस्पतालमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु
लकडाउनका कारण डडेल्धुरा अस्पतालमा आंसिक रुपमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु गरिएको छ । डडेल्धुरामा कोरोना भाईरसको संक्रमण नदेखिनु र सुदूरपश्चिम प्रदेशका स्थानियमा देखिएको संक्रमण पनि निको भए पछि मंगलबार ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनायो ।
बिश्रामपुर गाउँपालिकामा भेटिए कोरोना संक्रमित
वीरगन्जको छपकैयामा भेटिएको संक्रमितको सम्पर्कमा आएका बिश्रामपुर गाउँपालिका-४ बलिरामपुरका एक जना स्थानीयमा कोरोना भाइरस लागेको पुष्टि भएको छ। बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर घर भई वीरगन्जमा व्यवसाय गरेका एक जनामा कोरोना भाइरस लागेको पुष्टि भएको बारा प्रहरीले जनाएको छ।
म्याग्दीमा भर्ना अभियान सुरु
जिल्लाको एक गाउँपालिकाले विद्यालय भर्ना अभियान सुरु गरेको छ । सरकारले जारी गरेको लकडाउन लम्बिएपछि पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाले वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै सामाजिक दूरी कायम गरी विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।