ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले यहाँका स्वास्थ्यकर्मीका लागि ठूलो परिमाणका थप पीपीई दिएको छ ।
तिब्बत सरकारले ताप्लेजुङ जिल्लाभरका लागि दिएको पीपीईसहितका सामग्री रिउ बजारसम्म आई पुगेको जानकारी आफूले पाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । नेपाल सरकारको स्वीकृति लिएर ताप्लेजुङका लागि पठाएको सामग्री बुझ्नका लागि तिब्बत सरकारले आग्रह गरेको समेत निरौलाले बताए । निरौलाका अनुसार तिब्बत सरकारले ६ आईटमका स्वास्थ्य सुरक्षाका सामग्री पठाएको जनाएको छ । प्रारम्भिक जानकारी अनुसार १ सय थान थर्मगन, करिव १ लाख १० हजार थान बढी सर्जरी मास्क, १ हजार २ सय थान एन–९५ मास्क, पीपीई र सेनीटाइजरसहितका सामग्री रहेका छन् ।
अनौपचारिक रुपमा यति परिणामको व्यक्तिगत तथा स्वास्थ्य सुरक्षाका सामग्री भएको जानकारी पाए पनि पत्रमा भने परिमाण उल्लेख छैन । यो सामग्री व्यवस्थापनका लागि तिब्बत सरकार र नेपाली प्रशासनसंग समन्वयको काम गरिरहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ शेर्पालाई उधृत गर्दै प्रजिअ निरौलाले बताए अनुसार मौसम अनुकुल हुँदासाथ ति सामग्री नेपाल–तिब्बत सीमावर्ती क्षेत्र टिपतालासम्म आई पुग्ने छ ।
त्यहाँबाट आफ्नो गन्तब्यसम्मको ढुवानीसहितको व्यवस्थापन भने नेपाली प्रशासन आफैंले गर्नुपर्ने छ । केहिदिन अघि मात्र तिब्बत सरकारले सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री पठाएको थियो । ति सामग्री पनि हिउँको प्रभाव कायमै रहेको अवस्थामा हिउँ पन्छाउँदै कष्टपूर्ण ढंगले टिपतालासम्म ल्याई पुर्याएर नेपाली पक्षलाई जिम्मा दिएपछि तिब्बती अधिकारीहरु फिर्ता भएका छन् ।
काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।
त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी
डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।
भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।
देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।