खोटाङ– खोटाङको साकेला गाउँपालिकाका–२ रतन्छाका दुई जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) पोजिटिभ देखियो । गाउँपालिका आफैले दुई सय थान किट ल्याएपछि सोमबार र्यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुबईबाट फागुन ११ गते काठ्माण्डौं ओर्लिएर बैसाख १२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र उपचारका लागि मंसिरमा काठ्माण्डौं पुगेको अवस्थामा बैसाख १३ गते गाउँ आएका २३ वर्षीय युवाको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो ।
तर, पुन: जिल्ला अस्पतालबाट लगिएका टेष्ट किट प्रयोग गरेर हेर्दा दुबै जनाको रिपोर्ट नेगेटिभ देखायो । पुःन गाउँपालिकाले खरिद गरेको किट प्रयोग गरेर परिक्षण गर्दा पोजिटिभ नै देखाएको र्यापिड डाइग्नोस्टिक टेष्टमा संलग्न जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । गाउँपालिकाको किट र जिल्ला अस्पतालको किटले फरक रिपोर्ट देखिएपछि अन्योल सिर्जना गरेको थियो । यद्यपी दुबै जनाको रिपोर्टलाई पोजिटिभ नै मान्नुपर्ने डा. श्रेष्ठले बताए ।
‘यसलाई पोजिटिभ मान्नुपर्छ । यो किटले इन्डिकेट मात्र गर्ने हो । पोजिटिभ मानेर पिसिआर गर्न पठाउनुपर्छ । पिसिआरबाट मात्र फाइनल रिपोर्ट आउँछ,’ डा. श्रेष्ठले भने, ‘पिसिआरको रिपोर्ट आएपछि मात्र अहिले देखिएको कफ्यूजन दुर हुन्छ ।’ गाउँपालिकाले खरिद गरेर ल्याएको किटले पोजिटिभ र प्रदेश सरकारले जिल्ला अस्पताललाई उपलव्ध गराएको किटले नेगेटिभ रिपोर्ट देखाएपछि केही थान किट प्रदेशमा पठाउने तयारी गरिएको छ । गाउँपालिकाले टेकु अस्पतालको सिफारिस अनुशार टेष्ट किट खरिद गरेर ल्याएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।
५३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्नेक्रममा दुई जनाको पोजिटिभ रिपोर्ट देखिएपछि जिल्ला ‘रेडजोन’मा परेको भन्दै सनसनी फैलिएको छ । पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरुको परिवारको सदस्य सहित ६ जनाको पिसिआर परिक्षणका लागि रातारात थ्रोट स्वाव संकलन गरेर प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको छ । पिसिआरको रिपोर्ट नआएसम्मका लागि उनीहरुको घरलाई पूर्णरुपमा सिल गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए । ‘पोजिटिभ देखिएका व्यक्तीको घरलाई सिल गर्छौँ, हिँडडुल र अरुको सम्पर्कमा जान रोक लगाउँछौँ,’ अध्यक्ष खड्काले भने, ‘गाउँ आउने वित्तिकै उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाले अरुलाई संक्रमण नसरेको हुनसक्छ ।’
गाउँ आएपछि १४ दिन क्वारेन्टाइन बसेपछि हप्ता दिनसम्म होम क्वारेन्टाइनमा बस्नेगरी घर फर्किएका उनीहरुको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो । आरडिटि रिपोर्ट पोजिटिभ देखिए पनि उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको डा. श्रेष्ठले बताए । दुबईबाट आएका पुरुषसँग ३७ जना र उपचारमा गएका युवकसँग २२ जना एउटै गाडीमा गाउँ आएका थिए ।
काठ्माण्डौंमा उनीहरु क–कसको संसर्गमा पुगेका थिए भन्ने विवरण अझै खुलेको छैन । दुई जनाको आरडिटि रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा त्रास फैलिएको छ । उनीहरुसँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पनि तीन जना घर आएका थिए । उनीहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेकाले पुःन निगरानीमा राखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
शहरमा बसिरहेका स्थानीयलाई गाउँ ल्याउनका लागि साकेला गाउँपालिकाले संस्थागत निर्णय गरेको थिएन । गाउँ भित्रिने व्यक्तीसँगै संक्रमण भित्रिने भन्दै गाउँपालिकाले शहरबाट गाउँ भित्रिनमा कडाइ गरेको थियो । तर, वडा कार्यालय रतन्छाले शहरका स्थानीयलाई घर आउन आव्हान गर्दा संक्रमण भित्रिएको भन्दै अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ । कतिपय स्थानीय वडाको पहलमा र कतिपय आफै गाडी रिजर्भ गरेर गाउँ आएका छन् ।
काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।
त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी
डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।
भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।
देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।