प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवार बसेको बैठकले प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यायले जनाएको छ ।
हाल संचालनमा रहेको कोरोना अस्पतालको आइसोलेसन बेडका अतिरिक्त सिरहा अस्पतालमा ५० बेड , सिरहा अस्पतालको मातहतमा रहने गरि महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा रहने गरि गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पतालमा सप्तरीमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरि साइकृष्ण मेडिकल हातामा ५० बेड र बर्दीवास अस्पतालमा ५० बेड थप्ने समितिले निर्णय गरेको हो ।
बैठकले रियल टाइम पिसिआर ल्याब स्थापना तथा संचालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका पूर्व निर्देशक डा. राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने समेत निर्णय गरेको छ ।
बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेसन तथा क्वारेन्टिामा रहेका संक्रमित एवं शंकास्पदहरुको खाना तथा खाजाको प्रदेश स्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
प्रदेश १ सरकारले तत्कालै ३ सय आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको संयोजकत्वमाप्रदेश क्राइसिस म्यानेजमेन्ट समितिको आइतबार बसेको बैठकले मोरङ र सुनसरीमातत्कालै ३ सय आइसोलेसन बेड थप गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले स्थानीय तहहरूको सहयोगमा मोरङको विराटनगर महानगरपालिका स्थित माडवाडी सेवा सदनमा ५० बेड, रंगेली स्थित जनता क्याम्पसको भवनमा १ सय बेड, सुनसरीको हरिनगरा स्थित जेनेरल अस्पतालमा ५० बेड र सुनसरीको बराहक्षेत्र स्थित कृष्णदास आश्रम चतरामा १ सय आइसोलेसन बेड राख्ने निर्माण गरेको छ । थप गरिएका आइसोलेसन केन्द्रहरूमा लक्षण नदेखिएका संक्रमितहरूलाई राखिने छ ।
यस्तै संक्रमित बढ्दै गए झपा, मोरङ र सुनसरीमा प्रत्येक जिल्लामा एउटा निजी अस्पताल र एउटा होटलमा पनि आइसोलेसन केन्द्र सञ्चालनगर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको लकडाउन खुलेपश्चात कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना २०७७ स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।