कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानमा १३, सुर्खेतमा पाँच र जुम्लामा दुई जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका–६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका–१४ की एक महिला र सिम्ता गाउँपालिका–६ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै जुम्लाको हिमा गाउँपालिका–४ की एक महिला र तीला गाउँपालिका–२ का एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमण् जितेर घर फर्कनेको संख्या ११ छ भने कोरोनाकै कारण कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो । सातै जना दैलेखका नागरिक हुन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार भेरी अस्पताल बाँके र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणका क्रममा थप सात जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा दैलेखको नारायण नगरपालिकाका १५ र १८ वर्षका पुरुष, डुंगेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दैलेखकै गुराँस गाउँपालिकाका २४ र २५ वर्षका युवामा कोरोना पुष्टि भएको हो ।\
कर्णालीमा योसँगै कारोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि सुर्खेतका तीन र दैलेखका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सबैलाई कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।