कर्णाली प्रदेशमा कोभिड १९ बाट संक्रमित हुनेको कूल संख्या ५ सय ८७ पुगेको छ । शुक्रबार एक सय थपिएपछि कोरोना संक्रमितको संख्या चार सय ८९ पुगेको थियो ।
आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
सुर्खेत र प्रतिष्ठान जुम्लामा आरडिटी पिसिआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका– ३, दैलेख महावु गाउँपालिकाको वडा नं १ मा २९ जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा तिवारीले बताए। त्यसैगरी डोल्पा जगदुल्ला गाउँपालिकामा एक, जाजरकोट बारेकोट गाउपाँलिकास्थित इलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जनाए।
उनका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा एक, भेरीगङ्गा नगरपालिकामा चार, गुर्भाकोट नगरपालिकामा एक र पञ्चपुरी नगरपालिकामा तीन जनागरी नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वनगाड कुपिण्डे नगरपालिका सल्यानको १–७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाको आज सार्वजनिक तथ्यांक अनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका दुई, जाजरकोट बारेकोट गाउँपालिकाका एक र दैलेख महाबु गाउँपालिकाका चार गरी कूल सात महिलामा समेत कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो । सातै जना दैलेखका नागरिक हुन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार भेरी अस्पताल बाँके र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणका क्रममा थप सात जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा दैलेखको नारायण नगरपालिकाका १५ र १८ वर्षका पुरुष, डुंगेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दैलेखकै गुराँस गाउँपालिकाका २४ र २५ वर्षका युवामा कोरोना पुष्टि भएको हो ।\
कर्णालीमा योसँगै कारोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि सुर्खेतका तीन र दैलेखका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सबैलाई कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।