राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा संकलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ ।
त्यस्तै, बाँकेको संकलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका–५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारमात्र थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको बताए । गौतमका अनुसार पछिल्लो २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।