बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायतका भारतसँग जोडिएका जिल्लामा संक्रमण फैलने जोखिम बढ्दै गएको छ ।
शुक्रबार संक्रमित पुष्टि भएका ८ जना नरैनापुर गाउँपालिकाका हुन्। उनीहरू सबै भारतबाट फर्किएका थिए । नरैनापुर भारतीय सीमाना सँग जोडिएको गाउँपालिका हो । जहाँ सुरक्षाकर्मीलाई छलेर चोरी बाटो हुँदै आएकाकाे संख्या धेरै छ ।
पिसिआर माध्यमबाट परिक्षण गर्ने क्रममा उनीहरूमा कोरोना भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेमा नरैनापुर गाउँपालिकामा ५ सय भन्दा बढि नागरिक भारतबाट फर्केर क्वारेनटाइनमा बसिरहेका छन्।
भेरी अञ्चल अस्पतालमा भारतबाट आएका ४५ जनाको परिक्षण गरिएको थियो । शुक्रबार संक्रमित हुने नरैनापुर गाउँपालिकाको वडा नम्बर १, ३ र ५ नम्बर वडाका १८ देखि ३६ वर्ष उमेर समुहका छन्। पछिल्लो समय भारतबाट फर्कने नेपालीको संख्या बढ्दै गएपछि संक्रमण फैलने जोखिम बढेको छ ।
भारतबाट स्वदेश फर्कने नेपालीको संख्या दैनिक बढ्दै गइरहको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा पनि बढेको छ । कोरोना संक्रमित थपिएसंगै बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।
बाँकेको नरैनापुर मात्र होइन भारतीय सीमानासँग जोडिएका बाँके, बर्दिया, रुपन्देही, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भारतबाट घर फर्कने नेपालीको संख्या बढिरहेको छ । हरेक दिन भारतबाट फर्किरहेका नेपालीको भीड दसगजामा बढ्दै गएको छ ।
अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन्। अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।
गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।
'यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,' एक अधिकारीले भने।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।