उदयपुरमा कोरोना संक्रमण तेस्रो चरणमा, संक्रमित संख्या ३३ पुग्यो
०३ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
उदयपुरमा कोरोना संक्रमण तेस्रो चरणमा, संक्रमित संख्या ३३ पुग्यो

उदयपुर- १६ जमातिसहित ३२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको उदयपुरमा शुक्रबार साँझ थप १ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार २६ पत्रकारसहित ६० को स्वाव संकलन गरी परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको रिपोर्टले २५ वर्षीय युवामा संक्रमण पुष्टि भएको देखाएको हो ।

योसँगै उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार त्रियुगा नगरपालिका ११ मा बस्दै आएका संक्रमित युवालाई शुक्रबार राति जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको र शनिबार विहान उपचारार्थ कोरोना विशेष अस्पताल विराटनर पठाउन लागिएको छ । उनीसँग सम्पर्कमा रहेका दुईमध्ये एकको रिपोर्ट नेगेटिभ आए पनि क्वारेन्टाइनमा पठाइएको छ अर्का एकलाई आइसोलेसनमा राखिएको छ ।  

सुवेदीका अनुसार वैशाख ५ गते पहिलो पटक त्रियुगा ३ भुल्केमा ११ भारतीयसहित १३ मा कोरोना संक्रमण देखिएको थियो । परीक्षणको क्रममा मोरङका ४ जमाति र बाँकी भुल्केका गरी संक्रमित संख्या २८ पुगेको थियो । परीक्षण गरिसकिएका भुल्केबासीको पुनः स्वाव दोहोर्‍याउँदा थप ४ जना संक्रमण पाइए पनि भुल्केबारिहको संक्रमित भेटिएको यो पहिलो हो ।  

स्वास्थ्य कार्यालयले अहिलेसम्म नुरी मस्जिद र स्थानीयमा मात्र सीमित रहेको कोरोना भुल्केबाहिर र गैरमुस्लिम समुदायमा देखा पर्नुले संक्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने भन्दै सचेत गराएको छ । स्वास्थ्यसँगै त्रियुगा नगरपालिका र प्रशासनले लकडाउनलाई कडाई गर्दै सबैलाई घरघर बस्न आग्रह गरेको छ ।  

स्वास्थ्य कार्यालयले संक्रमित युवामा कोरोनाको लक्षण भने केही नदेखिएको जनाएको छ । यसअघिका ३२ संक्रमितमा पनि भाईरसको लक्षण अहिलेसम्म नदेखिएको सुबेदीले बताए ।  

संक्रमित ३२ मध्ये भुल्केका ५ सहित १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । पहिलो पटक ८, त्यसपछि ४, तेस्रो पटक २ र शुक्रबार १ जना डिस्चार्ज भएको कोरोना अस्पताल विराटनरलाई उद्धृत गर्दै स्वास्थ्य कार्यालयले जनाएको छ । डिस्चार्ज भएर फर्केका भुल्केका १ महिलासहित ५ जना त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा क्वारेन्टाइनमा छन् ।  

उदयपुरमा बिहीबारसम्म ५ सय ४५ महिला र ९ सय ५२ पुरुषको पिसिआर संकलन भईसकेको छ । कोरोनाको उद्गमविन्दु भुल्केलाई ठान्दै त्यहाँका संक्रमित परिवार र गाउँलेको तेस्रो पटकसम्म परीक्षण गरिएको छ । संक्रमण भए/नभएको यकिन गर्न उनीहरुको दोहोरो तेहरो पिसिआर संकलन गरिएको सुबेदीले बताए । पहिलो परीक्षणमा २८ र पुनः परीक्षणमा ४ जना थपिएपछि तेस्रो पटक पनि परीक्षण गरिएको छ ।

तेस्रो चरणसम्मको परीक्षणले ३२ भन्दा थप संक्रमित नदेखाए पनि भुल्केसँग ‘कनेक्सन’ मा रहेका आधादर्जन, फिल्ड रिपोर्टिङ गर्ने पत्रकार र सुरक्षाकर्मीसहित ६० को स्वाव परीक्षणमा १ युवा संक्रमित पाइएका हुन् । शनिबारदेखि युवाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर थप अन्यको परीक्षण गर्न स्वाव संकलन गरिने सुबेदीले बताएका छन् । 

लोकप्रिय
अर्को समाचार
उदयपुरमा संक्रमित संख्या ४० पुग्यो, ३२ जना निको
२९ जेष्ठ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
उदयपुरमा संक्रमित संख्या ४० पुग्यो, ३२ जना निको

उदयपुरमा बिहीबार थप ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् । सदरमुकाम त्रियुगा जनता क्याम्पस मोतिगडा क्वारेन्टिनमा बसेका २ जना र कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टिनमा बसेमा १ मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

क्याम्पस क्वारेन्टिनमा भेटिएका त्रियुगा नगरपालिका १० बोक्सेका २४ वर्षीया युवती र १९ वर्षीय पुरुष एकाघरका दिदी–भाइ भएको बुझिएको छ । उनीहरु भारतको दिल्लीबाट भैरहवाको सुनौली नाकासम्म आईपुगेका थिए । सुनौलीबाट त्रियुगा नगरपालिले उद्धार गरी जेठ १५ गते जिल्ला ल्याएर क्वारेन्टिनमा राखेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले बताए ।  

बुधबार साँझ संक्रमित पुष्टि भएका कटारी नगरपालिका १३ का ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको बताइएको छ । भारतबाट नेपाल भारत सीमा काकडभिट्टासम्म आएका उनीलगायतलाई नगरपालिकाले उद्धार गरी कटारी ल्याएर क्वारेन्टिनमा राखेको थियो । बेलसोत क्वारेन्टिनमा भारतबाट आएका ३ महिलासहित ४० जनालाई राखिएको कटारी नगर स्वास्थ्य शाखाले जनाएको छ ।  

बुधबार विहान मात्र भारतबाटै आएका उदयपुरगढी गाउँपालिका ५ का एक पुरुष संक्रमित पुष्टि भएका थिए । उदयपुरगढी क्वारेन्टिनमा बसेका २६ वर्षीय पुरुष भारतको दार्जिलिङबाट १० दिनअघि मात्र नेपाल आएका थिए । ८ जनाको टोलीभित्रका उनीसहित ३ जना उदयपुरगढी क्वारेन्टिनमा र बाँकी ५ जनालाई नेपालटार क्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताएका छन् ।  

पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ४० पुगेको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका स्थानीय हुन् । जेठ ३ गते त्रियुगा ११ गाईघाटमा कार्यरत १ पत्रकार, त्यसपछि बेलका नगरपालिका ३ एबिसी टप्पुमा २ (दम्पति) जना र चौदण्डीगढी नगर ५ शिवाईका १ पुरुष संक्रमित भेटिएका छन् ।  

पहिलो चरणका संक्रमित ३३ मध्ये भुल्केकी १ महिलाबाहेक सबै निको भएर घर फर्किसकेका छन् । बेलका, चौदण्डी र उदयपुरपुगढीका ४ जना आइसोलेसनमा उपचाररत छन् भने कटारी र त्रियुगा क्वारेन्टिनमा पुष्टि भएका संक्रमितलाई बिहीबार दिउँसोसम्ममा कोभिड अस्पताल विराटनगर पठाउने तयारी भईरहेको स्वास्थ्यले जनाएको छ ।  

पछिल्लो संक्रमितसँगै उदयपुरका ४ नगरपालिका र १ गाउँँपालिका गरी ५ स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । सुरुमा त्रियुगा, त्यसपछि बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमित देखिएकोमा बुधबार उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा तथा बिहीबार विहान त्रियुगामै नयाँ संक्रमित थपिएका हुन् । उनीहरु सबै भारतकै बिभिन्न ठाउँबाट फर्केकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

उदयपुरमा अहिलेसम्म भेटिएका ४० सबै भारतबाट आएकाहरुबाटै सरेको पाइएको छ । सुरुमा भेटिएका भुल्के मस्जिदा रहेका जमातिहरुबाट संक्रमण आशंका गरिएको भए पनि  भारतको लखनउबाट फर्केका उद्र्धु भाषाका विद्यार्थीबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको थियो ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस