उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४ पुग्यो
२७ साउन २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४ पुग्यो
उदयपुरको चौदण्डीगढीको बेलटारमा स्थापित उदयपुर कोभिड अस्पतालबाट निको भएकालाई विदाई गर्दै नगरप्रमुख खगेन्द्र राई । तस्बिरः महेश्वर

नेपालमा कोरोना भाइरस (कोभिड–१९) फैलिन नपाउँदै ‘कोरोना हटस्पट’ बनेर सेलाएको उदयपुरमा लकडाउन खुलेयता लगातार संक्रमितहरु बढ्दैछन् । वैशाख ५ गते सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा ११ भारतीयसहित १२ जमातिमा पहिलो पटक संक्रमण देखिएपछि त्रसित हुन पुगेको उदयपुरे समाज झण्डै डेढ महिनाको प्रयासले संक्रमण नियन्त्रणतर्फ आउँदा राहतको स्वास फेर्न पायो ।

एक महिनामा ३२ संक्रमित भेटिएको भुल्केलाई केन्द्रित गरी निरन्तर स्वाव संकलन र विरामीको उपचारपछि सबै निको भएर डिस्चार्ज भएसँगै जेठ अन्तिमदेखि उदयपुर कोरोनाको त्रासबाट मुक्त हुँदै गएको निश्कर्ष निस्क्यो । स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिको निरन्तर प्रयासबाट संक्रमण नियन्त्रण हुँदै गएपछि हौसिएका स्थानीय सरकारले लकडाउन खोल्नुअघि नै जमघट र चलहलहल गर्न थालिसकेको थियो । स्थानीय व्यापार व्यवसायीले जवरजस्ती पसल, दोकान र बजार खोल्न थालेकै बेला असार मसान्त नजिकिएसँगै सरकारले बैंक तथा बित्तीय संस्थाहरु खोलेर आर्थिक कारोबार सुचारु गरेपछि सरोकारवालाहरु फेरि कोरोना संक्रमण बढ्ने लख काट्दै थिए ।  

अहिले उनीहरुको लख सही सावित हुँदैछ । प्रहरी प्रशासन र सरोकारवालाले जतिसुकै प्रयास गर्दा पनि बैंक, बित्तीय संस्था, स्थानीयतह र विकासे सरकारी कार्यालयमा सामाजिक दुरी कायम नगरी, मास्कसम्म राम्ररी नलगाई चहल पहल बढाउँदा संक्रमणबाट बँच्ने सामान्य उपायसम्म अवलम्बन भएको पाइएन । परिणामस्वरुप जताततै भिडभाड र जमघट बाक्लिन थाल्यो । लकडाउन खुले पनि होटेल, रेस्टुरेन्ट, व्युटिपार्लर, सैलुन नखोल्न गरेको सरकारी आदेश अवज्ञा गर्दै निर्धक्क सञ्चालनमा आए । जन्मदिन र बैवाहिक वर्षगाँठ मनाउन जम्मा हुनेदेखि जनाई फेर्न र सोमबारे, मंगलबारे ब्रत बस्नेसम्मको भिड बिभिन्न मन्दिर र खोला नदीमा ह्वात्तै बढेपछि कोरोना सार्न थप मद्धत गरेको छिपेको छैन ।  

समुदायस्तरमा कोरोना देखा परेको बेलका नगरपालिकामा नगर उपप्रमुखले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेको विषयलाई लिएर प्रतिपक्षी दलहरुले संक्रमणको वास्तै नगरी सयौंको संख्यामा कार्यकर्ता बोलाएर बाक्लो भिड लगाउँदै ३/४ दिनसम्म बजार र नगरपालिकाअगाडि नाराबाजी र धर्ना दिनुले संक्रमणप्रति राजनीतिक दलहरुसमेत पटक्कै संबेदनसिल नभएको यकिन गर्छ । बेलकाले नगरपालिका केन्द्र रामपुर बजारमै समुदायस्तरमा संक्रमण देखिएपछि बजार ‘सिल’ गरेको थियो । तर, त्यस्तो सिल र निशेधाज्ञालाई प्रतिपक्षी दल र तिनका समर्थकले कुनै बारबन्देज ठानेनन्, बरु लगातार नाराजुलुस गरिरहे र रोकथाम गर्न आएको प्रहरीमाथि ढंगामुडा गरेर घाईते नै बनाएपछि दुईपक्षबीच झडपसमेत हुन पुग्यो ।

बेलकाका होटल सञ्चालक र कपडा व्यापारीमा संक्रमण देखिएपछि बजारमा निशेधाज्ञा जारी गरिरहँदा यता सदरमुकाम गाईघाटमा मालपोत कार्यालयका कर्मचारी संक्रमित पाइयो । कर्मचारी संक्रमित भेटिएपछि कार्यालय सिल गर्दै उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका २४ सहित जिल्लाका बिभिन्न ठाउँमा स्वाव संकलन गरी पठाइएको रिपोर्ट मंगलबार विहान आउँदा  थप १५ जना संक्रमित पुष्टि भएको छ । रिपोर्ट अनुसार त्रियुगा नगरपालिकामा २ महिलासहित ८ र बेलका नगरपालिकामा ३ महिलासहित ७ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  

त्रियुगाका सबै संक्रमित मालपोतकै कर्मचारी र पहिलो संक्रमितको परिवारका भएको जनाइएको छ । पहिलो संक्रमितको परिवारमा ६२ र ३० वर्षीया दुई महिला तथा बाँकी ६ जना ३२, ३२, २६, ३८, ४२ र ४४ वर्ष उमेरका रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् ।  

त्यस्तै बेलकाका सबै संक्रमित वडा नंं ९ का रहेको उनले बताए । बेलकाका संक्रमितहरु २०, २० र ६० वर्षका महिला र १७, १८, ३१ र ६८ वर्षका पुरुषहरु रहेको सुबेदीले बताए । यसअघि कटारीको एक निजी स्वास्थ्य संस्थामा उपचार गरी विराटनगर रिफर गरिएकी ताप्लीकी एक ४३ वर्षीया महिलामा संक्रमण देखिएपछि कटारी बजार एकसातासम्म सिल गरिएको थियो ।  

नेपाल भारत सीमा काकडभिट्टा नाकामा कार्यरत एक कर्मचारीकी श्रीमतीमा गत हप्ता संक्रमण पुष्टि भएपछि चौदण्डीगढी नगरपालिका पनि सिल गरिएको छ । बिदा मनाउन ससुराली आएका उनी काकडभिट्टा फर्केपछि पिसिआर चेक गर्दा संक्रमण पाइएपछि उनकी श्रीमति र छोराछोरीको पिसिआर चेक गरिएको थियो । दुई छोराछोरीमा संक्रमण नदेखिए पनि आमा संक्रमित देखिएको थियो ।  

स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति (फोकल पर्सन) लौकाजी राईका अनुसार उदयपुरमा हालसम्म १ हजार ५ सय ५२ महिला र ४ हजार ४ सय ६३ पुरुषको स्वाब परीक्षण भईसकेको छ । जसमध्ये ३० महिलासाहित १ सय ४ जनामा संक्रमण पुष्टि भएकामध्ये ८५ जना निको भएर घर फर्किसकेका छन् । १ महिलासहित ४ जनाको उपचार भईरहेको छ । नयाँ १५ संक्रमितलाई उपचारार्थ कोभिड अस्पताल पठाउने तयारी भईरहेको छ ।

सबभन्दा बढी संक्रमित त्रियुगा नगरपालिकाका १६ महिलासहित ५९ जना भेटिएका छन् भने बेलकामा ९ महिलासहित ३१ जना, कटारीमा ३ महिलासहित ४ जना, चौदण्डीगढीमा १ महिलासाहित २ संक्रमित पाइएको छन् । उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा १ महिलासहित ३ जना संक्रमित पाइदा रौतामाई र लिमचुङुङमा कुनै संक्रमित अहिलेसम्म नदेखिएको राईले बताए ।

लोकप्रिय
अर्को समाचार
उदयपुरमा कोरोना संक्रमण तीव्रः एकैदिन थपिए ३३ नयाँ संक्रमित
२१ वैशाख २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
उदयपुरमा कोरोना संक्रमण तीव्रः एकैदिन थपिए ३३ नयाँ संक्रमित

दोस्रो चरणको कोभिड १९ काे लहर उदयपुरमा दिन दुईगुणा रात चौगुणाका दरले वृद्धि भईरहेको छ। मंगलबार एकैदिन ३३ जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७८ पुगेको छ। नयाँसहित महिला २७ र पुरुष ५१ जना संक्रमित देखिएको जिल्लामा ३ जनाको अवस्था गम्भीर रहेको छ।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले दुईदिनअघि संकलन गरी पठाइएको पिसिआर रिपोर्ट मंगलबार आउँदा ३३ जना नयाँ संक्रमित थपिएको जनाएको छ। नयाँ थपिने संक्रमितमा सबभन्दा बढी सदरमुकाम त्रियुगा नगरपालिकामा ७ महिलासहित २४ थपिएका छन्। चौदण्डीगढी नगरपालिकामा १ महिलासहित ५, बेलका नगरपालिकामा १ पुरुष, उदयपरगढी गाउँपालिकामा १ महिलासहित ३ जना र रौतामाई गाउँपालिकामा १ महिलासहित ५ जना नयाँ संक्रमित भेटिएको जनस्वास्थ्य कार्यालयका तथ्यांक शाखा प्रमुख उमेश लुईटेलले बताए।

यो सँगै त्रियुगामा संक्रमितको संख्या २० महिला र ३४ पुरुष गरी ५४ जना पुगेको छ। त्रियुगा ६ मा ४ पुरुष ३ महिला गरी ७ जनामा संक्रमण देखिदा १० नं. मा ३ महिला र ३ पुरुष गरी ६ जना, ११ मा २ पुरुष १ महिला, १२ मा २ पुरुष १ महिला, २ नं. मा २ पुरुष, ९ नं. मा २ पुरुष, १ नं. मा १ पुरुष २ महिला संक्रमित छन्। वडा नं. २ मा २ पुरुष, ३ मा १ पुरुष १ महिला, ९ मा २ पुरुष, ५ मा १ पुरुष १ महिला संक्रमित फेला परेको लुईटेलले बताए।  

हालसम्म फेला परेका ७८ संक्रमितमा चौदण्डीगढी नगरपालिकामा २ महिलासहित १०, रौतामाई गाउँपालिकामा १ महिलासहित ५, कटारी नगरपालिकामा २ महिलासहित ४, उदयपुरगढी गाउँपालिकामा १ महिलासहित ३, बेलका नगरपालिकामा १ महिलासहित २ रहेका छन्। लिम्चलुङबुङ र ताप्ली गाउँपालिकामा अहिलेसम्म संक्रमित नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

अघिल्लो दिन सोमबारसम्म १५ महिलासहित ४५ जना संक्रमित रहेको उदयपुरमा एकैदिन १२ महिलासहित ३३ संक्रमित थपिएसँगै जिल्लाको संक्रमण अवस्था भयावह हुने संकेत देखिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए। उनका अनुसार संक्रमितमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारस्थित ‘उदयपुर कोभिड अस्पताल’मा उपचार भईरहेको छ। त्रियुगा नगरपालिकाका २५, ५१ र ६० वर्षका ३ संक्रमितलाई अक्सिजन दिएर उपचार गराईराखेको सुबेदीले बताएका छन्।  

सुबेदीका अनुसार अघिल्लो दिन विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका चौदण्डीगढी ५ का ५५ वर्षीय एक पुरुषमा कोभिड संक्रमण भएको खुलेको छ। सोमबार दिउसो उपचारको क्रममा मृत्यु भएका उनी सुनसरीको इनरुवास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारी रहेको स्वास्थ्यले जनाएको छ। केहीदिनअघि ज्वरो आएपछि चौनपा ५ शिवाईस्थित घर आएका उनलाई थप स्वास्थ्यमा जटिलता आएपछि नोबेल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको खवर आएको सुबेदीले बताए।  

अघिल्लो दिनसम्मका संक्रमित भने एन्टीजेन परीक्षणबाट संक्रमित पुष्टि भएका हुन्। उदपुरमा पिसिआर र एन्टीजेन दुवै बिधिबाट कोभिड परीक्षण भईरहेको छ। तर, पर्याप्त मात्रामा किट नपाउँदा शंकास्पदलाई मात्र परीक्षण गर्ने गरिएको छ। स्वास्थ्य कार्यालयले सबै स्थानीयतहलाई एन्टीजेन वा पिसिआर किट खरिद गर्न आग्रह गरे पनि त्रियुगा, चौदण्डीगढी, बेलका र उदयपुरगढीले मात्र खरिद गरेका छन्। त्रियुगा र चौदण्डीगढीले ५–५ सय, बेलका र उदयपुरगढीले १–१ सय थानका दरले खरिद गर्न चाहे पनि पर्याप्त किट नपाएको जनाएका छन्।  

चौदण्डीगढी नगरपा्रमुख खगेन्द्र राईले ५ सय थान एन्टीजेन किन्न खोजे पनि नपाएपछि ३ सय थान मात्र किनेको बताए। उनले नगरपालिकामै रहेको कोभिड अस्पताललाई सक्षम र व्यवस्थित बनाउँदै संक्रमितको उपचार त्यहीँबाट गर्ने चाँजोपाँजो मिलाउँदै गरेको बताएका छन्। हाल ९ जना पुरुष संक्रमितको उपचार भईरहेको अस्पतालमा अक्सिजनसहितको उपचार गर्ने व्यवस्था मिलाइएको मेयर राईले बताए। हाल ३ जना जटिल खालका बिरामीलाई अक्सिजन दिएर उपचार गराईराखिएको र थप बिरामी संक्रमित आए उपचार गर्न सहज बनाउन १० थान सिलिण्डरको जोहो गरिएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस