धनकुटामा कोरोना संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको छ। आज जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित संख्या २ हजार २ सय ५७ पुगेको हो।
यस्तै, आजै १५ जना निको भएका छन्। यो संगै जिल्लामा निको हुनेको संख्या २ हजार ४५ पुगेको प्रदेश १ कोरोना संक्रमण व्यवस्थापन केन्द्रको तथ्याङकमा उल्लेख छ।
यसैगरी २ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण गरिएको छ। हालसम्म सक्रिय संक्रमित १ सय ८६ जना रहेका छन् भने १ सय ५४ जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा १९ र १३ जना जिल्ला अस्पतालमा उपचारत छन्।
जिल्लामा आइसोलेसन बेड ७९ वटा रहेका छन् भने ६८ वटा अक्सिजन सिलिन्डरको व्यवस्था रहेको छ। जिल्लामा मृत्यु हुने संख्या २७ पुगेकाे छ।
भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा ४ करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भइसकेका छन्।
भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित थपिएका थिए। दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार ५८ जना रहेका छन्।
गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म भारतमा ५ लाख २७ हजार १ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ।
त्यस्तै भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।