पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। कूल १३ हजार ७५ मा गरिएको नमूना परीक्षणमा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणको स्थितिबारे दैनिक तथ्यांक अद्यावधिक गर्दैै मन्त्रालयले सो अवधिमा ७ हजार ७ सय ३ को पीसीआर परीक्षण र ५ हजार ३ सय ७२ को एन्टिजेन परीक्षण गरेको जनाएको छ।
सोही अवधिमा २ हजार ३ सउय ८२ जना संक्रमणमुक्त भएको र ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा ४ करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भइसकेका छन्।
भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित थपिएका थिए। दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार ५८ जना रहेका छन्।
गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म भारतमा ५ लाख २७ हजार १ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ।
त्यस्तै भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।