नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
यही मंसिर ४ गते बर्दियामा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी मंगलबार(हिजो) भेरी अस्पतालमा आएर भर्ना भएका थिए।
स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
योसँगै बाँकेका ३ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
काठमाडौमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गत साउन ३१ गतेदेखि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काठमाडौं महानगरपालिका–२१ का ६६ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।
साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनी दुई दिन घरमै आइसोलेसनमा बसेका थिए। भने ३१ गते मात्र अस्पताल भर्ना भएका थिए।
स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।