ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल
२५ वैशाख २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल
पोखरामा बोल्दै माधवकुमार नेपाल। तस्बिरः उमेश पुन/नागरिक

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै दम्भकै कारण नेकपा एमाले विनासको बाटोमा पुगेको आरोप लगाएका छन्। नेपालले सबै शक्तिलाई स्वीकार गर्नुपर्ने भन्दै उनले ओलीको दम्भले नै विनासको बाटोमा पुगेको स्पष्ट पारे।

पाँच दलीय गठबन्धनको चुनावी सभालाई आईतबार पोखरामा सम्बोधन गर्दै नेता नेपालले भने, ‘हामीले गठबन्धन गरेपछि ओलीले दक्षिणपन्थी प्रतिगामी संघीयता विरोधीसँग  गठबन्धन गरेका छन्।’  उनले ओलीलाई बयलगाढा दर्शनको प्रवद्र्धकको आरोप समेत लगाए। 

‘दक्षिणपन्थी प्रतिगामी गठबन्धन विरुद्ध हामीले गठबन्धन गरेर अत्यन्तै सही निर्णय गरेका छौ’ उनको भनाई थियो। उनले भ्रष्टाचार नगर्ने र सुशासन दिलाउने, जनताको मन जित्नेगरि काम गर्ने बताए। फेवाताल अतिक्रमण विरुद्ध लाग्न उनले आव्हान गरे।

लोकप्रिय
अर्को समाचार
समाजवादीलाई गठबन्धनको भर, एमालेलाई गुटको डर
२४ वैशाख २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
समाजवादीलाई गठबन्धनको भर, एमालेलाई गुटको डर
पोखरा महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा (दायाँ)र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य (बायाँ)।

सत्तारुढ गठबन्धनले कास्कीका बहुमत पालिका जित्ने दाबी गरेको छ। कास्कीका ५ पालिका मध्ये बहुमत पालिकामा गठबन्धन बिजयी हुने गठबन्धनको दावि छ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कास्कीका पाँचमध्ये बहुमत पालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुने दावि गर्छन । यसअघिको स्थानीय तहको चुनावमा कास्कीका ५ पालिका मध्ये नेकपा एमालेले ४ र नेपाली कांग्रेसले १ मात्र पालिका जितेको थियो। एमालेले पोखरा महानगरपालिका सहित रुपा, मादी र माछापुच्छ«े गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको थियो। नेपाली कांग्रेसले भने अन्नपूर्ण गाउँपालिकाको प्रमुख मात्र जितेको थियो।

तर,यसपटक गठबन्धन बनाएकाले आफूहरु बहुमत पालिकामा बिजयी हुने कांग्रेस कास्कीका सभापति बरालको जिकिर छ। ‘एमाले फुटेर कमजोर भएको छ, त्यसमापनि हामी पाँच पार्टी एक भएका छौं। यो हाम्रो जित्ने आधार हो,’ उनले भने।

गठबन्धनले पोखरा महानगरपालिका सहित अन्नपूर्ण र मादी गाउँपालिका सजिलै जित्ने आँकलन गरेको छ। माछापुच्छ«े र मादी गाउँपालिकामा पनि जोडबल गर्दा जित्न सकिने भन्नेमा उ आशावादी छ। तर सबै ठाउँमा गठबन्धन नहुँदा सोंचेजस्तो परिणाम आउनेमा शंका छ। अधिकांश पालिका स्तरमा गठबन्धन भएपनि वडा स्तरमा नहुँदा गठबन्धनमा माहोल नबनेको स्वयं गठबन्धनमा आबद्ध दलका नेताहरु स्वीकार्छन्।

कास्कीमा पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उप–प्रमुखमा नेपाली कांग्रेस, रुपा गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेस, मादी गाउँपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबीच गठबन्धन छ। तर माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा दलहरुबीच गठबन्धन बनेको छैन। माछापुच्छ«े गाउँपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पदमा उम्मेदवार उठाएको छ भने नेकपा माओवादी केन्द्रले प्रमुखमा कांग्रेसलाई समर्थन गरेपनि उप–प्रमुख आफूले पाउनुपर्ने भन्दै उम्मेदवार खडा गरेको छ। त्यस्तै अन्नपूर्ण गाउँपालिकामा भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीनवटै पार्टीले प्रमुख, उप–उपप्रमुख दुबै पदमा उम्मेदवार उठाएको छ।

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धन बनेपनि वडास्तरमा गठबन्धन बनेको छैन। पोखराका १६ वटा वडामा गठबन्धन बनेपनि बाँकी १७ वटा वडामा गठबन्धन नहुँदा चुनावी माहोल गठबन्धनको पक्षमा आउनेमा आशंका छ। वडास्तरमा गठबन्धन नबन्दा प्रमुख पदका उम्मेदवार धनराज आचार्य र उप–प्रमुख कोपिला रानाभाटलाई चुनावी घरदैलो गर्न सकस परेको छ। गठबन्धन नभएका वडामा कुन पार्टीसँग मिलेर घरदैलो गर्ने भन्ने अन्यौलता उनीहरुलाई परेको हो।

यद्दपी जितका लागि गठबन्धनको भर रहेको नेताहरु बताउँछन्। किनकी पोखरामा नेकपा एकीकृत समाजवादी कमजोर छ। त्यसैले अन्य दलको मत पाएको खण्डमा मात्रै जितिने भएकाले जितका लागि गठबन्धनको भर पर्नुपरेको हो। वडास्तरमा नभएपनि पालिका स्तरमा गठबन्धन भएकाले गठबन्धनको पक्षमा मत आउने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले बताए।

पोखरा महानगरमा नेकपा एमालेले अघिल्लो चुनावमा झण्डै १४ हजार मतान्तरले चुनाव जितेको थियो। अघिल्लो चुनावमा नेकपा एमालेका मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याएर चुनाव जित्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए। पछिल्लो पटक ३९ हजार मत थपिएकाले यो मत निर्णायक मानिएको छ।

यसपटक एमाले आफ्नै पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीसँग चुनावी प्रतिष्पर्धामा छ। एमालेसँग छुट्टिपछिएको एकीकृत समाजवादीले एमालेको भोट कति संख्यामा काट्छ भन्नेले एमालेको हार र जित के हुन्छ भन्ने निर्धारण गर्छ। त्यसमा सहायक कारण एमाले भित्रको गुटगत लडाईंपनि एक हुनसक्ने अनुमान गरिन्छ। कास्कीमा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच चर्को लडाईं छ। शुरुमा गुरुङ निकट दीपक पौडेललाई पोखराको मेयरको टिकट दिइएको थियो।  

तर अधिकारी पक्षले ६ वर्ष अघिको सुन चोरी काण्डको भिडियो क्लिप्स सार्वजनिक गरेर टिकट खोसेको गुरुङ पक्षको आरोप छ। अहिले अधिकारी निकट कृष्ण थापालाई टिकट दिएका कारण गुरुङ पक्षको असहयोग रहने आशंका स्वयम् एमाले वृत्तमा चर्चा हुन्छ। तर कोहि पनि यसबारे खुलेर बोल्न चाहँदैनन्।  

एमालेका पोखरा महानगरका उम्मेदवार कृष्ण थापा नै महानगरमा एमाले पहिल्यैदेखि नै बलियो भएकोले यो पटक पनि जित सहज रहेको बताउँछन्। एकीकृत समाजवादीले खासै मत नकाट्ने र गठबन्धनबीचको किचलोका कारण कांग्रेसको मत विपक्षिले कम पाउँदा आफुलाई लाभ पुग्ने उनको अनुमान छ। एमाले फुटको असर आफुलाई नपर्ने उनको दावि छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस