केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)
०९ चैत्र २०७७
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)

केपी शर्मा ओली र माधव नेपाल समूहबीचको संघर्षका कारण एमाले बिभाजनको संघारमा पुगेको जस्तै देखिन्छ । नेकपामा रहँदा आँफूबिरुद्ध बिद्रोह गरेका नेपाल, खनाललाई एमाले ब्यूँतिएपछि ओलीले भूमिकाबिहनताकै अवस्थामा पुर्याईदिएका छन् । एकलौटी निर्णय गरेर अघि बढेका ओलीबिरुद्ध क्रुद्ध बनेको नेपाल, खनाल समूहले ‘ओली कदम’ लाई निष्तेज पार्नका लागि वडा/टोल तहसम्मै पार्टी लगायत भातृसंस्थाहरुका समानान्तर कमिटी बनाएर अघि बढ्ने नीति लिएको छ । यो समूहले यसलाई एमालेको सुदृढिकरण अभियान भनेको छ । यसै सन्दर्भमा रहेर नागरिकर्मि देवेन्द्र बस्नेतले नेपाल समूहका नेता युवराज ज्ञवालीसँग कुराकानी गरेका छन् :    

एमाले बिभाजनको संघारमा पुगेको हो ?  

नेकपा खारेज गरेर एमाले र माओबादी केन्द्र ब्युँताईदिने सर्वोच्चको फैसला पछि स्वाभाविक रुपमा नेकपाका नेता कार्यकर्ताहरु दुई मध्य एकमा लाग्नु पर्ने अवस्था आयो । यसलाई हामीहरुले यसलाई अदालतको राजनीतिक फैसला भन्दै आएका छौँ ।  र अदालतले भनेपछि मान्ने प्रतिवद्धताका साथ एमाले भएरै अघि बढ्ने निर्णयमा हामी पुग्यौँ र फर्कियौँ ।  केपी ओलीको समुह पनि एमाले हुने र माधब कुमार नेपालको समुह पनि एक ठाउँमा उभिएर पार्टी सुदृढिकरणको अभियानमा लाग्ने हाम्रो अजेण्डा थियो नै । 

तर यो परिदृष्य एमालेमा देखिन सकेन । अध्यक्ष केपि ओली हुने भएकाले  उहाँले बैठक बोलाउनु हुन्छ होला र बैठकमा गएर आँफूहरुका असहमती त्यहि बैठकमा राख्ने, अन्तरसंघर्ष संचालन गर्ने तर एकतावद्ध गरेर अघि बढ्ने तयारीमा थियौँ । बैठकको खबर आउला भन्ने लागेको थियो, पर्खेर बसयौँ । तर फागुन २८ मा बालुवाटारमा उहाँहरुले एकलौटी गुटको भेलाबोलाउनु भयो । अनि विधान विपरितका गम्भिर निर्णय भए  । उहाँले पछि थपेका २३ जना केन्द्रीय सदस्य थप गर्नु भयो । महाधिवेशन गर्ने, पदाधिकारी हटाउने निर्णय भयो ।  ति निर्णयहरु  पार्टीको बिधान बिपरित छन्, हामीलाई स्वीकार्य छैन ।

पूर्ण रुपमा त्यो भेलालाई अस्वीकार गर्यौँ । त्यो निर्णय भैसकेपछि उहाँहरुले चैत ३ को चियापान कार्यक्रम, चैत ७ मा केन्द्रीय समितिको बैठकमा आउनुस् भनेर म्यासेज गर्नुभयो । उहाँहरु संग फोनमा कुराकानी पनि भयो तर हामीहरुले २८ गतेको गलत निर्णय नसच्चिए सम्म हामी आउन सक्दैनौँ भन्यौँ । त्यो मान्य छैन, भनेर गएनौँ पनि । तत्पश्चात हामीहरुले पूर्वनिर्धारित कार्यक्रम चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ, अखिल नेपाल महिला संघको,युवा संघको नयाँ कमिटि गठन गर्यौँ । 

अनि त्यसपछि केपी समुहको केन्द्रीय समिति बैठक बसेर केन्द्रयि समितिलाई महाधिवेशन आयोजक कमिटिमा रुपान्तरण गरियो । माधव नेपाल सहितका चारजना नेतालाई कारवाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय उहाँहरुले गर्नुभयो । बिधान शंशोधन गर्ने सबै अधिकार अध्यक्षलाई दिने जस्ता निर्णय भए । यि त अँझै गम्भिर निर्णय भए ।  

अतः केपी शर्मा ओलीले एमालेलाई बिखण्डन गर्न चाहन्छन् भन्ने कुरा  फागुन २८ र त्यसपछिका निर्णयले प्रष्ट पार्यो । नेपाल समुहलाई एक ठाउँमा राख्न चाहन्नन् , पार्टी भित्र प्रवेश दिन चाहन्नन् भन्ने प्रष्ट भयो । एमालेमा आउ पनि भन्ने तर नआए हुन्थ्यो भन्ने उनको मानसिकता हो । ढोकामा फलामे पर्खाल तेर्सिईसकेपछि हामीहरु पनि सचेत बनेका छौँ । फलतः हामी के निष्कर्षमा पुगेका छौँ भने केपी ओलीले एमाले पनि बिभाजन गर्न चाहन्छन् । बिभाजन भईहाले एमाले बिभाजनको जिम्मेवार केपी ओली हुने छन् ।  

तपाईहरु सम्भावित बिभाजनको खतरा रोक्ने कि बिभाजनै ठिक भनेर अघि बढ्ने त ?  

मैले अघि पनि भनेँ, सर्वोच्चको फैसला पछि हामीहरु सुदृढ एमाले निर्माण गर्ने उदेश्य बोकेर आएका हौँ । तर केपी ओलीले प्रवेश गर्ने ढोका बन्द गरिदिएका छन् । आन्तरिक बैचारिक बिमतीका कुराहरु थिए, तर यि सबै पाटीभित्रै राखेर सुदृढ एमाले निर्माण गरेर जान खोज्दा हामीहरुका लागि ढोका नै बन्द गरियो । यसले के पुष्टि गर्छ भने ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काम गरेका छन् । अँझै पनि लोकतन्त्रलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने ध्याउन्नमा उनि छन् । 

ओलीले आँफूलाई एमाले भनेर कम्युनिष्टको झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् । कम्युनिष्ट आन्दोलनलाई मास्ने अभियानमा लाग्ने मान्छे कसरी एमाले बन्छ ? ओलीले एमाले बिभाजित गर्न खोजेको कुरा प्रष्ट भैसकेको छ । तर हामीहरु एमाले सुदृढिकरणको अभियानमा छौँ । देशब्यापी रुपमा यो अभियान लिएर जाने कामको सुरुवात गरिसकेका छौँ । हाम्रो यो अभियानबाट ओली जिलाई सुदृढ एमाले निर्माणका लागि दबाब पुग्ने छ र उहाँ आफ्नो गल्तीबाट पछि हट्नु हुने छ ।  

तपाईहरुको दबाब अभियान अन्तर्गतका कार्यक्रमहरु के के हुन् ?  

एमालेमा अहिले तीनवटा समुह देखा परिसक्यो । बामदेव जि एकताको अभियानमा हुनुहुन्छ । अनि हाम्रो समुह छ अनि अर्को समुह केपी जिको । केपीका कारण जोखिममा परेको एमालेलाई जोगाउनु दायित्व हाम्रो हो । एमालेलाई एक पार्नका लागि देश ब्यापी रुपमा ब्यापक अभियानमा अगाडी बढिसक्यौँ । युवाहरुको राष्टिय सम्मेलन गर्यौँ  र संगठन निर्माण गर्यौँ । अखिल नेपाल महिला संघकाको पनि भेला गर्र्याैँ र नयाँ समिति बनायौँ । 

अब १० गते अनेरास्ववियुको भेला गरेर उसको पनि छुट्टै संगठन निर्माण गर्छौँ । हामी अनेरास्ववियुको संगठनलाई प्रत्यक स्कुल स्कुलमा पुर्याउँछौँ । पार्टी तथा पार्टीका भातृसंगठनहरुलाई नयाँ स्वरुपमा निर्माण गर्नका लागि हामी वडा तह सम्मै पुग्छौँ । प्रत्यक वडाहरुमा पार्टीका सबै खाले नयाँ संरचना निर्माण हुने छन् । हाम्रो यसको प्रमुख उदेश्य भनेकै एमालेमा भित्रिएको तहस नहसको प्रमुख कारक केपी ओली हुन् भनेर प्रष्ट पार्ने हो । 

र हाम्रो यो अभियानले उनलाई रिएलाईजेशन होओस् र एमालेमा सबै मिल्नु पर्छ भन्ने भावनाको चेत आवस् भन्ने हो । अन्यथा अन्य धेरै बिकल्पहरु छन् ।  

अन्य बिकल्प छन् भन्नु भयो, ति बिकल्प के हुन् ?  

हामो पहिलो अजेण भनेकै एमालेको अर्को समुहसंगको एकता नै हो । हामी एउटै पार्टीका रुपमा पुरानो अवस्थामा फर्किएपनि एमालेको ओली समुहले हाम्रो समुहलाई ढोका थुनिदिएपछि अप्ठ्यारोमा परेको एमालेको एकतालाई मुर्त रुप दिईनु पर्छ भन्ने नै हाम्रो पहिलो मुद्धा हो । तर एमालेको मात्रै हैन, हामीहरु कम्युनिष्टलाई एकताबद्ध पार्न चाहन्छौँ ।  केपी ओलीले तोडफोड र बिखण्डनको बाटो रोजे तर हामी फेरी कम्युनिष्ट एकता हुनुपर्छ भन्नेमै छौँ ।  

केपी ओलीले एमालेको ढोका नखोलिदिए माओबादीसंग पुनः एकता गर्ने भन्न खोज्नु भएको हो ?  

यहाँनेर माओबादीको कुरा मात्रै हैन नि । माओबादी सहित कम्युनिष्ट घटकहरुसंग पनि एकता हुन सक्छ नि । कम्युनिष्ट केपी ओली मात्रै त हैनन् नि । सर्वोच्चको फैसला भएपछि अलग भएको माओबादी केन्द्र त झन हिँजो सम्म हामीहरुसंग संगै थियो नि । माओबादीसंग त हामीहरु बैचारिक रुपमै एक भएका हौँ नि । तर माओबादी मात्रै हैन, अन्य कम्युनिष्ट घटकहरुसंग पनि हामी एकताको लागि पहल थाल्छौँ । तर उनिहरुमा क्रान्तिकारीता र समाजबाद , लोकतान्त्रीक प्रणालीलाई स्वीकार गर्ने नीति स्पष्ट हुनु पर्यो ।  

केपी ओलीले भनेको मानेनन् भन्ने तपाईको आरोप छ, तर पार्टी अध्यक्ष ओलीले भनेको नमानेर तपाईहरुले पनि आफ्नो गुटको राष्ट्रिय कार्यकर्ता भेला गर्नु भयो नि ?

चैत ४ र ५ गतेको राष्ट्रिय भेला पूर्व निर्धारित कार्यक्रम थियो । तर एउटा कुरा सत्य के हो भने हामीहरुले त्यो कार्यक्रम स्थगित गरेर जाने थियौँ, यदि फागुन २८ गते ओली समुहले बिधान विपरितका काम नगरेको भए । उहाँहरुलाई बिधान बिपरित काम गर्दा पनि गर्वको महशुस भयो, एमालेलाई खण्डिकरण गर्न खोज्ने उहाँहरुको निर्णय आफ्ना लागि ज्यादै जायज लाग्यो । तर उहाँहरुले यो सोच्नु भएन कि यो गलत निर्णयले एमालेमा नयाँ तरंग उब्जन्छ भन्ने । एकै थलोमा बसेर पार्टीलाई सुदृढ पार्ने योजना सहित लागिरहेका हामीहरु माथिको त्यो अवहेलना सहने कुरै भएन नि । अनि हामीहरुका लागि ४ र ५ गतेको राष्ट्रिय भेला झनै महत्वपूर्ण सावित हुन पुग्यो । फलतः हामीहरुले देशभरबाट आएका प्रतिनिधिहरु संग यो बिधान बिपरितको ओलीको कर्मलाई कसरी निष्तेज पार्ने भन्ने बारेमा छलफल गर्यौँ । तर म फेरी पनि भन्छु, यहि ओलीले फागुन २८ मा बालुवाटारमा गुटको भेला बोलाएर हामीहरु माथि प्रतिशोध साँध्ने काम नगरेको भए मात्रै हामीहरुले राष्ट्रिय कार्यकर्ता भेला रोक्ने थियौँ । र हाम्रो भेला ओलीको ज्यादती रोक्ने अभियान पनि बन्यो ।  

एमालेको ढोका नखोल्ने ओलीले तपाईहरुलाई पद बिहिनताकै अवस्थामा पुर्याए नि है  ?  

हेर्नुस् कसैले खोसेर पार्टीमा केहि खोसिन्न । यो कुनै कर्मचारीलाई निष्काशन गरेको जस्तो हैन । तपाईलाई लाग्यो होला ओलीका अगाडी नेपाल समुहका मान्छेहरु निष्कृय भए, कमजोर भए । तर त्यस्तो हैन, हामीहरु केपी जि संग संगै रहँदा भन्दा अहिले १० गुणा बढि सकृय भएका छौँ । हामी यो भन्दा अँझै सकृय हुनुपर्ने छ किनकी सुदृढ एमाले निर्माण गर्नु छ । 

ओलीले एकलौटी निर्णय गर्दैमा हामीहरु खतम हुँदैनौँ र केपी जिले आँफूले चाहँदैमा हामीहरुलाई खतम पार्न सक्ने कुरै हुँदैन । उहाँको आशिर्वादले हामीहरु एमाले भएको हैन नि । हामी पनि बर्षौँ बर्षको संघर्ष पश्चात पार्टी निर्माण गरेर यहाँ सम्म आएका हौँ नि । तर कसैको स्वेच्छाचारि निर्णयले हाम्रो प्रगती, रोकिन्न । सोझो भाषामा भन्दा केपीले रोकेर हामी रोकिने सकिने भन्ने कुरा असम्भव हो । यसर्थ हामीहरु एमालेका तत् तत् पदको जिम्मेवारीमै छौँ । र हामीहरु एमालेकै पुरानो जिम्मेवारीमै रहेर केपी ओलीका पार्टी भित्रका बिधान विपरितका कदमलाई रोक्ने छौँ ।    

केपी समुहले तपाईहरुका मान्छे तानिरहेको छ, तपाईहरु थप कमजोर बन्दै गएको हो ?

यो सामान्य कुरा हो । धमक्याउने, सांसद पद खाईदिन्छु भनेर धम्क्याउँदैमा डराउने एक दुई ब्यक्तिहरु जान सक्छन् नि । कमजोर मान्छेहरु यता उता हुन्छन् यो स्वाभाविकै हो । एकदुई जना यता उता हुँदैमा हामी हाम्रो अभियानमा कमजोर किमार्थ हुँदैनौ । तर यो एक दुई बाहेक कम्युनिष्टको सिद्धान्त अंगिकार गर्ने समुहको बाहुल्यता छ । 

हामीहरुको यो पंक्तीले के बुझ्छ भने हामीहरु केप ओली भएर हामी कम्युनिष्ट भएका हैनौ । संयोगबस हिँजो एक ठाउँमा भयौँ,संयोगबस् टाढा पनि बन्न सक्छौँ । हामीहरु आफ्नै बिबेकले कम्युनिष्ट भएका हौँ । हिँजो राजा फाल्ने अभियानकै कुरा गर्ने हो भनेपनि केपी ओलीलाई कति सच्चा लोकतन्त्रबादी र कति सच्चा कम्युनिष्ट भन्ने ? हिँजो माधब कुमार नेपालले राजाबिरोधी आन्दोेलन थाल्दा केपी ओली जि ले बयलगाढा चढिरहेका थिए । माधव कुमार नेपालले राजाबिरोधी आन्दोलन थाल्दा केपी ओलीले भनेका हैनन् , बयलगाडा चढेर अमेरिका पुगिन्न भनेर ? 

ईतिहाँस साक्षी छ त , को सच्चा लोकतन्त्रबादी र कम्युनिष्ट भन्ने त । यसर्थ को सच्चा कम्युनिष्ट , को सच्चा लोकतन्त्रबादी भनेर आम नागरिकले बुझिसकेको कुरा हो । एक दुईजनाले उनलाई सच्चा लोकतन्त्रबादी देखेर उनितिर तानिएपनि सिंगो कम्युनिष्ट आन्दोलनले उनको बास्तबिकता झल्काईरहेको छ । आम कम्युनिष्टबादीहरुले यो कुरा बुझ्नु जरुरी पनि छ । 

लोकप्रिय
अर्को समाचार
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष
२६ माघ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष

नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।

बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।

केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस