मन नलागी-नलागी ‘घर फिर्ता’
२५ फागुन २०७७
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
मन नलागी-नलागी ‘घर फिर्ता’

गुल्मीबाट माओवादीका तर्फबाट बिजयी लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थी नेकपामा आएको बिभाजन पश्चात आफ्नो मुल पार्टीको समूहलाई त्यागे। नेकपा भित्रको खटपट पश्चात केपी ओली समूहमा लागेका उनले आफ्नो मुल पार्टीको नेतृत्व पुष्पकमल दाहाल समूहलाई परित्याग गरिदिए । ओली समूहमै रहेर नेकपाको राजनीति गर्ने मनसाय बनाएका सांसद पन्थीका लागि सर्वोच्चको फैसला घाँडो जस्तै बनिदियो । ओली समूहमा रहेर नेकपाको एकतामा जोडबल गर्ने उदेश्य लिएका पन्थीलाई माओवादी र एमाले ब्यूँताउने सर्वोच्चको फैसलाले पुरानै घर फर्कन बाध्य बनाईदियो ।

‘प्रचण्ड र माधव नेपाल कमरेडले पार्टी एकताको पहल भन्दा पनि एकता भत्काउने नियत बोकेको महशुस मलाई भयो, अनि म कपी ओली समूहमा रहेर एकता कायम गर्ने अभियानमा लाग्ने निधो गरेँ,’ उनले नागरिकसंग भने ‘तर सर्बोच्चले पुरानै घर ब्युँताईदिएपछि अब पुनः माओवादीमै फर्कन म बाध्य भएँ ।’ सर्वोच्चको फैसला अगाडी उनको सद्भाव केपी ओली प्रति निकै थियो । उनका अनुसार नेकपामा आएको बिभाजनको दोषी केपी भन्दा बढी पुष्पकमल दाहाल र माधवकुमार नेपाल थिए । ‘नेकपामा आएको खटपटमा केपी ओलीका पनि कमजोरी थिए नभएको हैन,’ उनले भने ‘तर दाहाल र नेपालका कमजोरी अँझ बढि थिए, त्यसैले मेरो सद्भाव ओली प्रतिनै बढी थियो ।’  

दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै पुरानै घरमा फर्कनु पर्ने कानुनी अड्चन आईपर्यो ।

‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् । नेकपाको फरक समूहमा रहेर ओलीको कडा आलोचना गरेका उनले आँफूहरुको लडाई अब पुरानो घरभित्र हुने बताए । ‘हामीहरुले पहिले जुन मुद्धाहरु उठान गर्दै आएका थियौँ,’उनले भने ‘ति मुद्धाहरु अब पुरानो घरमा बसेर उसैगरि उठान हुन्छन्, हामीहरु हाम्रा मुद्धामा बिचलित छैनौँ ।’ 

तर नेकपा टुटेर पुरानो एमालेमा फर्कँदा भने राजनीतिक ‘ओज’ मा कमी आउने उनको बुझाई छ । ‘पहिला म दुईवटा राजनीतिक दल मिलेर बनेको ठूलो पार्टीको नेता थिएँ,’ उनले भने ‘अब त्यो ठूलो पार्टी त रहेन, अब म एमालेको मात्रै नेता हुने भएँ, यसर्थ ठूलो पार्टीको नेता हुनु र सानो पार्टीको नेता हुनुमा राजनीतिक ओज त घटिहाल्छ नि ।’

सांसद चौधरीसंगै ओली समूहका आलोचक दाङका अर्का सांसद हुन् दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हिराचन्द्र केसी। एमालेबाट निर्वाचित उनि नेपाल समूहका हुन् । प्रचण्ड माधव समूहसंगै रहेर नेकपाको आधिकारीकता दाबी गरिरहेका सांसद केसीलाई लागेकै थिएन, ओली समूह संग पुनः पुरानै घरमा फर्कनु पर्ला भन्ने । 

तर सर्वोच्चले गरेको ‘राजनीतिक फैसला’ का कारण उनि पुनः ओलीसंगै पुरानै घरमा प्रवेश गर्न बाध्य भए । ‘मलाई यस्तो होला भन्ने लागेकै थिएन,’ उनले भने ‘अदालतको फैसलाविरुद्ध बोल्दा मलाई मानहानी नलागोस्, सर्वोच्चले नै राजनीतिक दल खडा गरिदिनु कदापी न्योचित काम हैन ।’ नेकपाको आधिकारीकताका विषयमा मात्रै अदालतले फैसला गर्नुपर्नेमा माओवादी र एमाले ब्यूँताईदिने फैसलालाई उनले राजनीतिक फैसला भनेर टिप्पणी गरे । 

तथापी पुरानो घर प्रवेशलाई उनले आँफूहरुको ‘हार’का रुपमा लिएका छैनन् । केपी शर्मा ओली पनि पुरानो घरमै फर्कन लागेको भन्दै उनले भने ‘पुरानो घरमा हामी मात्रै हैन, केपी शर्मा ओली समूह पनि फर्कन लागेको हो,यसर्थ यसमा कसैको हार जीत या आत्मसमर्पण भन्ने कुरानै हैन ।’  

लुम्बिनी प्रदेशसभाका सांसद बिष्णु पन्थीलाई पनि पुरानो घर एमालेमा फर्कनु पर्ला भन्ने लागेकै थिएन । दाहाल नेपाल समूहमा रहेर यो समुहकै नेकपालाई आधिकारीक रुपमा अगाडी बढाउने योजना मुताबिक केपी ओलीको खिलापमा रहेका उनि पनि पुरानैघर एमालेमा फर्कन बाध्य भए । ‘फेरी एमालेमै फर्कनु पर्ला भन्ने परिकल्पनै थिएन,’ उनले भने ‘यो साह्रै अप्रत्यासित हो ।’ 

आँफूहरुको खिलापमा रहेको ओली समुहसंगै पुनः एकै घरमा बस्नु उनका लागि असहज भने लागेको छैन । तथापी सुरुवाती चरणमा भने एकै घरभित्र असहमती बढ्ने उनको बुझाई छ । ‘सुरुवाती चरणमा केही असमती बढ्लान्,’ उनले भने ‘तर बिस्तारै एकै थलोमा रहेर  मेलमिलापको वातावरण पक्कै बन्ने छ ।’  

नेकपामा बैचारिक बिभाजन देखिएपछि एक अर्काको खिलापमा क्रुद्ध बनेका नेकपाका अधिकांश नेताहरुलाई आआफ्नै पुरानै घर फर्कनु पर्ने बाध्यता आई परेको छ । फलतः एक अर्का विरुद्ध खनिएका उनिहरुलाई एकै थलोमा रहेर पार्टी राजनीति गर्नु चुनौती बन्ने देखिन्छ । तर आआफ्नो घरमा फिर्ता भएका नेताहरुले भने कुनै असहजता नहुने दाबी गर्छन् ।

‘राजनीतिमा स्थायी शत्रु कोहि पनि हुँदैन,’ माधव कुमार नेपाल समूहका प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले भने ‘फेरी हामीहरु एमालेमा फर्किएपनि त्यहाँ केपी ओली भन्दा कमजोर अवस्थामा हुँदैनौँ, किनकी पार्टीमा हाम्रो पोजिशन उनको भन्दा कम छैन ।’

कसैलाई नयाँ घरै प्यारो  

तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभा निर्वाचन जितेका दधिराम न्यौपाने नेकपामा देखिएका दुई समूह मध्य केपी समूह तिर सेपिए । आफ्नो मुल पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समूहलाई उनले बहिस्कार गरिदिए । सर्वोच्चले पुरानै दल कायम गरेपनि न्यौपाने भने नयाँ घरमै बस्ने निर्णयमा पुगेका छन् । उनले भने ‘म ओली समूहमा आईसकेँ, अब यहि समूहको पार्टीमा रहेर अघि बढ्छु ।’ 

उनि रुपन्देहीबाट निर्वाचित भएका हुन् । उनले प्रदेश सांसदको पद गएपनि ओलीलाई नछोड्ने अडान लिएका छन् । उनको नजरमा पुष्पकमल दाहाल नेकपाभित्रको एकता भत्काउने प्रमुख दोषी हुन् । फलतः उनिसंगको राजनीतिक सहकार्यको सम्भावनै नरहेको दाबी न्यौपानेले गरे । ‘कहिले उता कहिले यता गर्ने मान्छे हैन,’ नेकपाभित्र आएको बैचारिक बिभाजन पछि मैले ओली समूहमा रहने भनेर निर्णय गरिसकेँ, फलतः अब यहि समूहमै रहेर अघि बढ्छु, मलाई पुरानो घरमा फर्कनु छैन ।’ 

लोकप्रिय
अर्को समाचार
स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय ?
०९ साउन २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय ?

गत असोजमा लुम्बिनी प्रदेशको दुईतिहाइ बहुमतले स्थायी राजधानी घोषणा गरेपछि तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारले मन्त्रालय स्थानान्तरणको तयारी थाल्यो। प्रदेश राजधानीको डिपिआरका लागि स्थायी राजधानी भालुवाङ क्षेत्रमा प्रदेश पूर्वाधार विकास प्राधिकरण  

स्थापना गर्‍यो, सँगै राजधानीको पूर्वाधार निर्माणसँग सम्बन्धित पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयलाई पनि स्थायी राजधानीमा सारियो।  

तत्कालीन सरकारले यो मन्त्रालयलाई स्थायी राजधानीमा स्थानान्तरण गर्नुको अर्को लक्ष्य भनेको अन्य मन्त्रालयको स्थानान्तरण पनि थियो। तर सहरी विकास बाहेकका अन्य मन्त्रालय भने स्थायी राजधानीमा सरेनन्। कारण थियो ‘भेगीय स्वार्थ।’ स्थायी राजधानी घका क्रममा दाङ देउखुरीको विपक्षमा मतदान गरेका मन्त्रीहरूले आफ्नो मन्त्रालयलाई कुनै पनि हालतमा बुटवलबाट सार्न नसकिने अडान लिएका थिए।  

तत्कालीन लुम्बिनी सरकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले भनेका थिए, ‘स्थायी राजधानीमा मन्त्रालय सार्ने सम्भावना नै छैन, जबसम्म स्थायी संरचना बन्दैनन्, तबसम्म मन्त्रालय सर्दैनन्।’ चौधरीले स्थायी संरचना नहुनुलाई मन्त्रालय सार्न नसकिनुको प्रमुख कारण बताए पनि यसको अन्तर्य भनेको भेगीय स्वार्थको लडाइँ नै थियो। त्यो बेला भने तत्कालीन मुख्यमन्त्री पोखरेलको योजना भने भाडामै भए पनि स्थायी राजधानीमै मन्त्रालय चलाउने भन्ने योजनामा थिए।  

पोखरेल नेतृत्वको सरकारको बर्खास्तीपछि गठन भएको वर्तमान कुलप्रसाद केसी नेतृत्वको सरकारले पनि स्थायी राजधानी कार्यान्वयनको विषय प्रमुखमा राख्यो। तर वर्तमान सरकारको यो कदम पनि अहिलेसम्म उपलब्धिमूलक देखिएको छैन। तत्कालीन पोखरेल नेतृत्वको सरकारले स्थायी राजधानीमा सारेको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि अहिले स्थायी राजधानीमा ‘बोर्ड’ मै सीमित छ। एक घरमा मन्त्रालयको बोर्ड टाँगिएको भए पनि यो मन्त्रालयको कामकाज भने सबै बुटवलदेखि हुँदै आइरहेको छ। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री अहिले कांग्रेसका डिल्ली बहादुर चौधरी छन्।  

यसैगरी, यो प्रदेशको स्वास्थ्य मन्त्रालय पनि अहिले स्थायी राजधानीमा स्थानान्तरण भइसकेको छ। यो मन्त्रालयको कामकाज अहिले स्थायी राजधानी र अस्थायी  

राजधानी बुटवल दुवै ठाउँबाट हुँदै आएको स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी बताउँछन्। साउनदेखि भने यो मन्त्रालयको पुरै काम देउखुरीबाटै गर्ने तयारी मन्त्री चौधरीले गरेका छन्। उनले भने ‘साउन पहिलो सातादेखि मन्त्रालयको अब सबै काम स्थायी राजधानीबाटै गर्नेगरी तयारी गरिएको छ, मैले मन्त्रालयका सबै कर्मचारीलाई स्थायी राजधानीमै केन्द्रित हुनका लागि तयार हुन भनिसकेको छु।’  

दाङ देउखुरीकै मन्त्री चौधरीले आफ्नो मन्त्रालयलाई स्थायी राजधानीमै पूर्ण रूपमा केन्द्रीत बनाउने खोजिरहेको भए पनि अन्य मनत्रालयहरूको स्थानान्तरणको प्रकृया भने तत्कालै हुने देखिन्न। तत्कालीन भेगीय स्वार्थको रंग अहिले पनि कायमै छ। पूर्वी भेगका मन्त्रीहरू अहिले पनि सहजै मन्त्रालय स्थानान्तरण गर्ने पक्षमा देखिन्नन्। तर मुख्यमन्त्री र सभामुख स्थायी राजधानी कार्यान्वयनको पक्षधर रहेकाले पहिलाको जस्तो समस्या भने नहुने स्रोत बताउँछ। तर मुख्यमन्त्रीले स्थायी राजधानीमा मन्त्री सार्न निर्देशन दिए पनि सम्बन्धित मन्त्रीहरूले मन्त्रालय स्थानान्तरणको निर्णय सहजै र चाँडै गर्नसक्ने सम्भावना कति भन्ने प्रश्न उब्जने देखिन्छ। ‘मुख्यमन्त्रीले सबै मन्त्रालय सार्न निर्णय गरे पनि सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालय सार्नका लागि कति सहज र छिटो निर्णय गर्ने भन्ने कुरा हो,’ स्रोतले भन्यो, ‘अहिले पनि भेगीय स्वार्थका हिसाबले तत्काल मन्त्रालय सार्न हुन्न भन्ने एकाध आवाज नउठ्ने भन्ने त हुन्न।’

भेगीय स्वार्थ मन्त्रालय स्थानान्तरण नहुनुको कारण रहे पनि स्थायी राजधानीमा पूर्वाधारको बहस गतिलो बहाना बनिदिएको छ। यहाँ मन्त्रालय राख्नका लागि भौतिक पूर्वाधारको अभाव हुनु नै मन्त्रालय स्थानान्तरण हुन नसक्नु मानिएको छ। राजधानीमा रहेको राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना उपभोगको अधिकार प्रदेश सरकारले पाईसकेको छ। उक्त शिक्षालयलाई गढवा गाउँपालिका स्थित सरस्वती माविको भवनमा स्थानान्तरण गर्ने प्रक्रिया पनि प्रारम्भ भइसकेको छ। प्राविधिक शिक्षालयको भौतिक संरचनाहरू उपभोग हुनासाथ मन्त्रालय स्थानान्तरणका लागि पूर्वाधारको समस्या नरहने स्वास्थ्यमन्त्री चौधरीले बताए।  

यो शिक्षालय आगामी भदौभित्रै सार्ने निर्देशन जारी भैसकेको छ। ‘राप्ती प्राविधिक शिक्षालयको व्यवस्थापनको सबै टुंगो लागिसकेर पनि व्यवस्थापनका लागि गढवामा रहेको सरस्वती माविको क्षेत्रमा भवन निर्माणको काम समेत भैरहेको छ,’ मन्त्री चौधरीले भने, ‘अब प्राविधिक शिक्षालय आगामी भदौभित्र सारी सक्ने भन्ने छ, त्यसपछि राप्ती प्राविधिक शिक्षालयको  

भवन प्रदेश सरकारले उपभोग गर्ने वातावरण बन्छ, यो संरचना उपभोग हुनासाथ मन्त्रालयका लागि भौतिक संरचनाको अभाव रहने छैन।’  

यसैगरी, स्थायी राजधानीमा संसद् नचल्नु पनि मन्त्रालय स्थानान्तरण नहुनुको अर्को कारण मानिएको छ। संसद् बुटवलमा र मन्त्रालय दाङ देउखुरीमा हुँदा असहजता उत्पन्न हुने वातावरण बनेको बताइन्छ। तर अब, प्रदेशसभा स्थायी राजधानीमै चलन सुरु भएपछि मन्त्रालय स्थानान्तरणमा समस्या नहुने मन्त्री चौधरी बताउँछन्।  

भालुवाङमा प्रदेशसभा भवन निर्माणाधीन छ। यो भवन पनि भदौ सम्म निर्माण गरिसक्ने सम्झौता छ। ‘प्रदेशसभाको भवन बन्न पनि केही ढिला भयो, प्रदेशसभा भवन बनिसकेको भए मन्त्रालय स्थानान्तरणको काम चाँडै हुने थियो,’ स्वास्थ्यमन्त्री चौधरीले भने, ‘अब भने भदौमा संसद् भवन बपनिसक्छ र संसद् यहीँ चल्न सुरु भयो भने मन्त्रालय स्थानान्तरण पनि थप सहज हुन्छ।’

तथापि भेगीय स्वार्थको पुरानो प्रतिस्पर्धाले सबै मन्त्रालयहरू चाँडै स्थानान्तरण हुने हुन् वा हैनन् भन्नेमा पनि आशंका कायमै छ। हाल मन्त्रिपरिषद्मा रहेका ५ मन्त्रीहरू बुटवल मुकामका पक्षधर मानिन्छन्। यता स्थायी राजधानीको मोडालिटी तयार पार्न स्थापना भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भने मन्त्रालयहरूलाई भाडामै भए पनि सञ्चालन गर्नका लागि स्थानान्तरणको पहल भइरहेको बताउँछ। ‘दुई वटा मन्त्रालय अहिले स्थायी राजधानीमै छन्, बाँकी मन्त्रालयहरूको स्थानान्तरणका लागि पनि भवन व्यवस्थापनको काम गरिरहेका छौं, अहिले भाडामै भएपनि मन्त्रालय सञ्चालनका लागि त्यस्ता भौतिक संरचनाको व्यवस्थापनमा लागेका छौं।’    

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस