संग्रह
कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खाँन नियुक्त
लुम्बिनी प्रदेशमा प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा सांसद फकरुद्धिन खाँनलाई नियुक्त गरेको छ।
चार महिनामा पाँच सय ४६ दुर्घटना, एक सय ४६ को मृत्यु
गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–८ का भरत शर्माले मृत्यु भयो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । बिहीबार बर्दियाको मधुवनमा पनि त्यस्तै दुर्घटना भयो ।
अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन
प्रदेशको हिउँदे वा बर्खे अधिवेशन स्थायी राधजानीमा सञ्चालन गर्ने गरि थालिएको तयारी भने प्रतिनिधिसभा बिघटनले परिणामबिहिन बनाईदिएको छ नै , नेकपामा देखिएको सम्भावित पार्टी बिभाजनले त प्रदेश सरकारको उपस्थिती माथिनै आशंका बढाईदिएको छ ।
पार्टी भित्रका नेताकै कारण सरकार कमजोर भयोः नेता पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।
कांग्रेस केपीको प्रतिपक्ष, जोगिएलान मुख्यमन्त्री शंकर?
केहि दिन अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति देउबाले आँफै यो अभ्यासको थालनी गरिसकेका छन् । कांग्रेसको यो प्रयास पश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको मुख्यमन्त्री पद पनि जोखिम उन्मुख बन्दै गएको छ ।
लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल
स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रकृया सुरु गरिसकेको छ । यो प्राविधिक शिक्षालाई लाई खालि गरेर यसको स्वामित्व आँफूमा निहित राख्नका लागि प्रकृया अगाडी बढाईसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
मन नलागी-नलागी ‘घर फिर्ता’
‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् ।
लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि बाटो खुल्यो
गत १ गते बसेको मन्त्री परिषद बैठकले प्राविधिक शिक्षालयको कम्पाउण्ड भित्र रहेको १७ बिघा जग्गा तथा भौतिक संरचना प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । संघीय सरकारको यो निर्णय संगै स्थायी राजधानीमा प्रदेशसभा स्थापनाका लागि बाटो खुलेको छ ।
लुम्बिनी प्रदेशः हिउँदे अधिवेशन चैत १८ गते
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही चैत १८ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत १८ गते दिउँसो १ बजे संसद बैठक बोलाइएको जानकारी दिए। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई गरेको थियो। सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले संसद बैठक आह्वान गरेका हुन्।
लुम्बिनी प्रदेशसभा : तीन महिना पछि स्थायी राजधानीमा स्थायी भवन
‘आगामी असार मसान्तसम्म प्रदेशसभा भवन निर्माणको काम सक्ने गरि प्रकृया सुरु भैसकेको छ,’प्राधिकरणका प्रमुख ध्रुव मजगैयाँले भने ‘यहि अवधि भित्र काम सक्ने सर्तमा ठेक्का खोलिसकेका छौँ ।’ उनका अनुसार प्रदेशसभा भवन निर्माणका लागि ६ करोड रुपैयाँ बिनियोजन भएको छ ।