गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–८ का भरत शर्माले मृत्यु भयो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । बिहीबार बर्दियाको मधुवनमा पनि त्यस्तै दुर्घटना भयो । नगरपालिका–४ भुरीगाँउ जाँदै गरेको कारलाई टिप्परले ठक्कर दिँदा दुईजनाको घटना स्थलमै मृत्यु भयो । उक्त घटनामा तीनजना गम्भीर घाइते भए । सोही दिन रूपन्देहीको सखुवानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो ।
गत शनिबार गुल्मीको इश्मा हुलमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै निधन भएको थियो । दुर्घटनामा घाइते दुईजना घाइते भए । यी पछिल्ला केही दिनमा भएका दुर्घटना हुन् । लुम्बिनी प्रदेशमा पछिल्लो एक सातामा मात्रै सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । लुम्बिनीमा सुरक्षा निकाय, प्रदेश सरकार र विभिन्न संघ संस्थाले दुर्घटना न्युनिकरणका लागि अभियान सञ्चालन गर्दै आएपनि दुर्घटनामा भने कमी आएको छैन ।
कोरोना भाइरसका कारण लामो समय लकडाउन हुँदा पनि दुर्घटनाको दर गत वर्षकै अनुपातमा बढेको छ । दुर्घटनाले समाजमा मानविय, सामाजिक तथा आर्थिक रूपमा ठूलो क्षति पुर्याएको छ । दुर्घटनाको बढ्दो तथ्यांकले अहिलेको सडक सुरक्षा कार्ययोजना र अभियानको प्रभावकारीता माथिनै प्रश्न उब्जाएको छ ।
पछिल्लो चार महिनामा प्रदेशका १२ जिल्लामा पाँच सय ४६ वटा सवारी साधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी एक सय ४६ जनाले ज्यान गुमाए, भने पाँच सय ८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई सय ५२ जना गम्भीर अवस्थाका छन् । गत वर्षको यहीँ अवधिमा चार सय ६८ वटा सवारी साधन दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सबैभन्दा बढी दुर्घटना प्रदेशको अस्थायी राजधानी समेत रहेको रुपन्देहीमा भएका छन् । त्यसपछि दाङ, पश्चिम नवलपरासी र बाँकेमा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । रुकुम पूर्वमा सबैभन्दा कम दुर्घटना भएको बताइएको छ । यो वर्ष सबैभन्दा बढी दुई सय ९७ वटा मोटरसाइकल, ७३ वटा जिप÷भ्यान, ४१ वटा ट्रक/ट्यांकर, ३२ ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अधिकांश दुर्घटना तीव्रगतिकै कारण हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताए । दुर्घटना न्युनिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको उनले बताए । डिएसपी पाण्डेकाअनुसार दुर्घटना नियन्त्रणका लागि बढी दुर्घटना हुने क्षेत्रमा गति नियन्त्रणका लागि लेजरगन मार्फत सवारी साधन चेकजाँच गरीएको, टिप्परका लागि टाइमकार्ड लागु गर्ने, लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य, बाटोमै चालकको स्वास्थ्य परीक्षण, छड्के जाँच, मापासे चेकिंगजस्ता कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन् ।
लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्। १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ। फागुनमा ३९ जनाको मृत्यु भएको थियो। दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ। बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए। साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन्।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन्। ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए। उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन्।
सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए। उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।