लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेशसभा तथा सरकारका अन्य स्थायी संरचना निर्माणको काम थालिएको छ । प्रदेश पूर्वाधार बिकास प्राधिकरणले प्रदेशसभा संगै सरकारका अन्य निकायका स्थायी संचरनाको काम तिब्र रुपले अगाडी बढाएको छ । प्राधिकरणका अनुसार आगामी तीन महिनापछि स्थायी राजधानी भालुवाङमा प्रदेशसभाको स्थायी भवन निर्माण भैसक्ने छ । हाल अस्थायी राजधानी बुटवलमा भाडामा सञ्चालन हुँदै आएको प्रदेशसभा असार पश्चात आफ्नै स्थायी भवनमा सञ्चालन हुने छ ।
प्राधिकरणले असार मसान्त सम्म निर्माण पुरा गर्ने गरि प्रदेशसभा भवन निर्माणका लागि ठेक्का खोलिसकेको छ । ‘आगामी असार मसान्तसम्म प्रदेशसभा भवन निर्माणको काम सक्ने गरि प्रकृया सुरु भैसकेको छ,’प्राधिकरणका प्रमुख ध्रुव मजगैयाँले भने ‘यहि अवधि भित्र काम सक्ने सर्तमा ठेक्का खोलिसकेका छौँ ।’ उनका अनुसार प्रदेशसभा भवन निर्माणका लागि ६ करोड रुपैयाँ बिनियोजन भएको छ ।
असार मसान्त सम्म स्थायी संरचना नै निर्माण हुने भएपछि प्रदेशको संसद पनि त्यसपछि मात्रै स्थायी राजधानीमा सुरु हुने छ । यसअघि राप्ती प्राविधिक शिक्षालयको भवनको स्वामित्व पाए त्यहि भवनमै तत्काल प्रदेशसभा सञ्चालन गर्न सकिने प्रदेशसभा तथा प्रदेश सरकारले जनाएका थिए । तर प्रदेशसभाको स्थायी संरचना नै निर्माण हुन थालिसकेकाले प्रदेशसभा नयाँ स्थायी संरचनामा सञ्चालन गर्ने मनस्थितीमा सरकार पुगेको हो ।
संघीय सरकार मातहतको प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई प्रयोगको अधिकार दिएपछि प्रदेश सरकारले शिक्षालयको जग्गामै प्रदेशसभाको स्थायी संरचना निर्माण गर्न थालिएको हो । गत १ गते संघीय सरकारले शिक्षालयको भौतिक संरचना तथा १७ बिघा जग्गा भोगाधिकार प्रदेश सरकारलाई दिने निर्णय गरेको थियो । प्रदेशसभाले संघीय सरकार समक्ष केहि समय अघि माग गरेको थियो ।
‘राप्ती प्राविधिक शिक्षालयको जग्गामै प्रदेशसभाको भवन निर्माणको काम थालेका छौँ,’ प्राधिकरणका प्रमुख मजगैयाँले भने ‘संघीय सरकारले उक्त शिक्षालयको भौतिक संरचना तथा जग्गाको भोगाधिकार प्रदान गरेपछि शिक्षालयकै जमिनमा निर्माण गर्ने गरि प्रकृया अगाडी बढाएका हौँ ।’
असार मसान्त सम्म निर्माण सकि सक्ने गरि प्रदेशसभा भवन निर्माणको ठेक्का खोलिसकेको प्राधिकरणले मन्त्रालयको भवन निर्माणको क्रमलाई दोस्रो चरणमा राखेको छ । प्रदेशसभा भवन निर्माणको कामसंगै मन्त्रालयका भौतिक संरचना निर्माणका लागि डिपिआरको काम प्राधिकरणले गरेको छ । ‘हामीहरुले पहिलो प्राथमिकतामा राखेर प्रदेशसभा भवन निर्माणको काम अघि बढाएका छौँ,’ मजगैयाँले भने ‘प्रदेशसभा भवन निर्माणको ठेक्का आह्वान भैसकेको भएपनि मन्त्रालयको भवन निर्माणका लागि भने डिपिआरको काम सुरु भएको छ ।’ मन्त्रलयका भवनको डिपिआरका लागि कन्सल्टेन्ट चुनिईसकेको छ । यो कन्सल्टेन्टले मन्त्रालय भवनको डिजाईन गर्ने र सोही अनुसार निर्माणको काम प्रारम्भ हुने मजगैयाँले बताए ।
स्थायी राजधानीको डिपिआर सुरु गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पहल थालेको छ। केही दिनअघि मात्रै प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरेर स्थायी राजधानीको मोडल तयार पार्न डिपिआरको काम सुरु गरिसकेको छ। यसअघि अस्थायी मुकाम बुटवलमा रहेको यो कार्यालय स्थायी राधजानीमा स्थानान्तरण गरिएको हो।
स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रक्रिया सुरु गरिसकेको छ। यो प्राविधिक शिक्षालयलाई खाली गरेर यसको स्वामित्व आफूमा निहित राख्नका लागि प्रकृया अगाडि बढाइसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए। उनका अनुसार यो प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकामा रहेको सरस्वती माविमा स्थानान्तरण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो। प्रदेश सरकारले यसका लागि संघीय सरकारसमक्ष माग गरिसकेको छ।
प्रवक्ता चौधरीले भने, ‘संघीय सरकारले अनुमति दिए प्राविधिक शिक्षालयको स्वामित्व प्रदेश सरकारमा आउनेछ।’ उनका अनुसार राप्ती प्राविधिक शिक्षालयको भौतिक सम्पत्तिको स्वामित्वका लागि संघीय सरकारको अनुमति चाहिन्छ। ‘यो संघीय सरकारअन्तर्गतको निकाय भएकाले यसको स्वामित्व प्रदेशमा स्थानान्तरण गर्नका लागि संघीय सरकारको निर्णय चाहिन्छ,’ उनले भने ‘संघीय सरकारले निर्णय गर्नासाथ यसको प्रक्रिया थप अगाडी बढ्नेछ।’ प्रदेश सरकारका अनुसार प्राविधिक शिक्षालयको स्थानान्तरणका लागि स्थायी राजधानी रहेको राप्ती गाउँपालिका र प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने भनिएको छ।
स्थानान्तरण गर्ने भनिएको विद्यालयमा रहेको भौतिक पूर्वाधार प्राविधिक शिक्षालय सञ्चालनका लागि अपुग हुन सक्छ। फलतः थप भौतिक संरचना निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारले बजेटको व्यवस्थापन गर्नेछन्। यसैगरी विद्यार्थीहरूलाई स्थानान्तरण हुने भनिएको राप्तीपारिको विद्यालय सम्म पुर्याउनका लागि बस सञ्चालन गर्नुपर्ने हुन्छ। यो व्यवस्थापन पनि यी दुई सरकारको पहलमै गरिने प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए। ‘स्थानान्तरण गर्ने भनिएको सरस्वती माविमा प्राविधिक शिक्षालय सञ्चालनका लागि भौतिक पूर्वाधारहरू सबै पुग्नसक्ने अवस्था देखिन्न, थप भौतिक संरचना निर्माण गर्दा लाग्ने लागत प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापन गर्ने भनिएको छ,’ उनले भने, ‘यसैगरी विद्यार्थीहरूको ओसार पसारका लागि बस सञ्चालनको व्यवस्थापन पनि प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा गर्नेछन्।’
यसअघि प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन आफ्नो स्वामित्वमा लिएर प्रदेशसभा सञ्चालन गर्ने चर्चा चलेको थियो। ३५ बढी भौतिक संरचना रहेको प्राविधिक शिक्षालयको सभाहल प्रदेशसभा सञ्चालनका लागि पर्याप्त हुने यसअघि सरकार तथा प्रदेशसभाका प्रतिनिधिले गरेको अध्ययनले बताईसकेको छ। ‘केही दिनअघि पनि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्ने विषयमा छलफल हुँदा प्राविधिक शिक्षालयलाई गढवाको सरस्वती माविमा स्थानान्तरण गर्ने भन्ने कुरा भएको हो,’ स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली गर्ने सरकारको प्रयास सम्भवतः प्रदेशसभा सञ्चालनका लागि हुनसक्छ।’ तर प्रदेश सरकारका प्रवक्ता चौधरीले भने यो भवन खाली गरेर प्रदेशसभा तत्काल स्थायी राजधानीमा सञ्चालन हुने सम्भावना नरहेको बताउँछन्। उनका अनुसार प्रदेशसभा सञ्चालनका लागि मन्त्रालयहरू स्थानान्तरण हुनैपर्छ।
‘मन्त्रालयहरू यहाँ स्थानान्तरण नभएर प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन,’ उनले भने ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली हुँदैमा प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन।’ तत्काल मन्त्रालयहरू स्थायी राजधानीमा स्थानान्तरण हुने सम्भावना पनि नरहेको उनले बताए। ‘तत्काल मन्त्रालयहरू सर्ने कुरा हुँदैन,’उनले भने ‘प्रदेशसभा सञ्चालनका लागि अँझै धेरै समय लाग्छ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।