नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन कार्यक्रम स्थगित भएको छ। जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिए।
बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो। लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।
लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन यही मंसिर १५ गतेदेखि प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान/मत गणना सम्पन्न हुन नसकेमा प्रदेशस्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधिहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले स्थगित गरिएको जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ।
केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन/निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको भट्टराईले बताए। जिल्ला निर्वाचन समितिको सचिवालय बाँकेमा असन्तुष्ट पक्षले लगाएको तालाबन्दी तथा वडा तह, गाउँपालिका/नगरपालिका, प्रदेश सभा र क्षेत्रको निर्वाचन परिणाम ढिलो आउँदा पुर्वनिर्धारित तालिकाभन्दा पछाडी निर्वाचन कार्यक्रमहरु धकेलिएका थिए।
नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन समितिका अनुसार बाँके लगायत जिल्ला निर्वाचन हुन बाँकी रहेका केही जिल्लाको निर्वाचन कार्यक्रम स्थगित गरिएको हो। ‘बाँके जिल्ला लगायत निर्वाचन हुन बाँकी रहेका अन्य जिल्लाको पनि निर्वाचन स्थगित गरेका छौं, प्रदेश अधिवेशनसँग जुध्ने सम्भावना देखिएका जिल्लाको निर्वाचन स्थगित गरेका हौं, प्रदेश अधिवेशन पश्चात हामी बाँकी रहेका जिल्लामा निर्वाचन कार्यक्रम अगाडी बढाउनेछौं,’ एक पदाधिकारीले भने।
बाजुुरा जिल्लाको मत गणना सुरु गर्ने सहमतिका लागि बसेको बैठक निष्कर्ष विहिन सकिएको छ। निर्वाचन आयोगले मत गणनाका लागि निर्देशन जारी गरेपनि बाजुरामा सर्वपक्षिय सहमति नहुँदा अन्योल बनेको छ।
मतगणना बारे छलफल गर्न सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले नआएपछि भोलि विहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।
नेकपा एमालेको उपस्थिति नभए मतगणना सुरु गर्ने कि नगर्ने भन्नेमा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरिसकेको छैन्। हत्यारा पक्राउ नगरेको र कब्जा बुथको प्रमाण हुँदा हुँदै पुन मतदानका विरुद्धमा निर्णय गरेको प्रति नेकपा एमाले थप आक्रोशीत बनेको छ। यता नेकपा एमालेले भने प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिसँग भएको सहमति कार्यान्वन नभएसम्म सर्वदलिय बैठकमा सहभागि नहुने अडान लिएको छ। स्थानीय प्रहरी प्रशासन र नेकपा एमालेबीच भएको सहमति कार्यान्वन नगरेसम्म कुनै बैठकमा सहभागि नहुने पार्टी सचिव भरत थापाले बताएका छन्।
थापाका अनुसार काँग्रेस कार्यकर्ताबाट हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ गर्ने, विना कारण पक्राउ गरिएका अनेरास्ववियुका ११ जना विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्ने, बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीया माथि आक्रमण गर्ने गिरोहलाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको थियो। तर प्रमुख जिल्ला अधिकारीले कुनै सर्त र सहमति पालना नगरेपछि नेकपा एमाले बैठकमा सहभागि हुने र मतगणना प्रक्रिया अघि बढाउने पक्षमा नरहेको पार्टी सचिव थापाले बताएका छन्। थापाले नेकपा एमालेलाई सहमतिमा नलिई कुनैपनि कुरामा जबरजस्ती गर्न खोजिए एमाले बाजुराको शक्ति देखाउने समेत चेतावनी दिएका छन्।
नेकपा एमालेले १६ वटा बुथमा कब्जा गरिएकोले पुन मतदानको माग गरेको थियो। १६ बुथ मध्येपनि बुढीगंगा नगरपालिका ४, त्रिवेणी ३ र ७, हिमाली ६ मा अवैध मतदान गरिएको आरोप एमालेको छ। हिमाली गाउँपालिका ६ मा मतदान सकिएपछि प्रतिनिधी सभाका उम्मेदवार बद्री पाण्डे आफै गएर ६ सय मत पछि कोठामा खसाइएको आरोप छ। भने त्रिवेणी ३ मा मतपत्रमै अरुले हस्ताक्षर गरेर मत खसाएको र ७ मा मान्छे मार्ने र मर्ने अवस्था ल्याएर बुथ कब्जा गरिएको आरोप नेकपा एमालेको छ।
यस्तै बुढीगंगा नगरपालिका ४ मा शिल नगरिकनै मतपेटिका मार्तडी पुर्याइएको थियो। तर नेपाली काँग्रेसले भने बुढीगंगाको ९ बाट नेकपा एमालेले नै बुथ कब्जा गर्न सुरु गरेको बताएको छ। निर्वाचन आयोगले भने मतगणना गर्न निर्देशन दिइसकेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।