धन बस्नेत
१७ वर्षपछि फेरियो पोखरा म्याराथनको रुट
अबको एकमहिना पछि पोखरामा अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुदैछ। प्रतियोगिताको महिनादिन अघि मात्रै आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई बदलेको छ। १७ वर्षपछि म्याराथनको रुट फेरिएको हो।
राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा
अर्को महिना मलेसियामा हुने महिला क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेको छ। टोली सोमबार पोखरा आईपुगेको हो। मंगलबारबाट टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गर्नेछ।
टाइगर कप :दुई पुलिस क्लब बीचको उद्घाटन भिडन्त
गण्डकी प्रदेशले महिला र पुरुष तर्फ तीन भारतीय खेलाडीलाई समावेश गर्दै चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँग खेल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष सकियो
कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ।
माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबलः रुपा गाँउपालिकाको विजयी शुरुवात
माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ।
माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता
पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदै छ।
भोगाधिकार दिन प्रदेशका खेलकुद संरचनाको अध्ययन
राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा आफ्नो नाममा रहेको जग्गा तथा खेलकुदका भौतिक पूर्वाधारको अध्ययन सुरु गरेको छ।
पर्वत भलिबल क्लबलाई पोखरा कपको उपाधि
पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ।
प्रिन्स र रसिलालाई उपाधि
युवा खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनले पोखरामा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।
Loading...