नयाँ समीकरणको कसरतमा दलहरू
१३ फागुन २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ समीकरणको कसरतमा दलहरू

नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर विभाजनको संघारमा पुगेको छ। सरकारले प्रतिनिधिसभामा फागुन ८ गते पेस गरेको एमसिसी सम्झौताको पक्षमा उभिन सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) तयार नभएपछि गठबन्धनको औचित्य सकिएको हो।

माओवादी केन्द्र र नेकपा एसका शीर्ष नेताहरूले एमसिसी सम्झौताको पक्षमा कुनै पनि हालतमा मतदान गर्न नसकिने जनाएसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग नयाँ गठबन्धनका लागि छलफल थालेको छ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा उभिएर गठबन्धनलाई निरन्तरता दिने कुरा सम्भव नरहेको बताउँदै कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘अहिलेको सत्ता गठबन्धनको औचित्य करिब सकिएको छ। एमसिसी पारित गर्नेसहितका विषयलाई लिएर एमालेसँग सकारात्मक छलफल जारी छ।’ बिहीबार दिउँसो संसद्भवन नयाँबानेश्वर र साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल भएको छ।

एमसिसी सम्झौता पारित गर्दै मुलुकलाई निकास दिन कांग्रेस र एमालेका शीर्ष नेता सैद्धान्तिकरुपमा सहमत भएका छन्। तर सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षमा रहेको एमालेले कसरी अघि बढ्ने भन्ने साझा बाटो अझै पहिल्याउन सकेका छैनन्।

बालुवाटारमा साँझ भएको छलफलमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसिसीसहित मुलुकको राष्ट्रिय हित र महत्व बोकेका विषयमा सत्तामा हुँदा वा बाहिर रहँदा पनि कांग्रेसले एकैप्रकारको धारणा र अडान राख्दै आएको भन्दै एमसिसी अनुमोदनका लागि एमालेसँग सहयोग मागेका छन्।

राष्ट्रिय महत्वका विषयलाई कांग्रेसले सत्ता राजनीतिसँग जोड्ने नगरेको र आगामी दिनमा पनि नजोड्ने बताउँदै प्रधानमन्त्री देउवासहित नेताहरूले ओली नेतृत्वको सरकारले अघि बढाएको प्रस्तावलाई समर्थन गर्न आग्रह गरेका थिए। संविधान निर्माणदेखि महत्वपूर्ण परिवर्तन र समस्यामा मिलेर अघि बढेको पनि उनीहरूले स्मरण गराएका थिए।

एमाले अध्यक्ष ओलीसहित बैठकमा सहभागी नेताहरूले कांग्रेससँग विगतमा पनि सहकार्य गरेको र अहिले पनि त्यसका लागि तयार रहेको धारणा राखेका थिए। तर उनीहरूले आफूहरू पनि लोकतान्त्रिक पार्टी भएकाले संसद्मा प्रवेशका लागि वातावरण बनाइदिन कांग्रेस नेतृत्वसँग आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफ्नो दल लोकतान्त्रिक पार्टी भएको दोहोर्‍याउँदै प्रतिनिधिसभा सुचारु गर्ने वातावरण बनाउनुपर्ने सर्त राखेका छन्। एमालेले संसद सुचारु गर्न सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने वा आफ्नो पार्टीबाट बाहिरिएका १४ सांसदलाई निष्कासन गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

सभामुख सापकोटालाई महाभियोग लगाएर हटाउन एमाले शीर्ष नेताहरूले कांग्रेससँग प्रस्ताव गरेका छन्। तर कांग्रेसले सभामुखलाई हटाउन दुईतिहाइ बहुमत आवश्यक रहने भन्दै संख्यालाई ख्याल गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ।

सभामुखमाथि महाभियोग लगाएर पारित गर्न दुई तिहाइ सांसदको समर्थन चाहिन्छ। बैठकमा सहभागी एक नेताले भने, ‘एमालेका साथीहरूलाई नेकपा एकीकृत समाजवादीका सांसदको सास पनि गनाउँछ। नेकपा एसलाई साथ लिने हो भने त्यो पनि सम्भव हुन्थ्यो। नत्र अहिले सभामुखलाई हटाउने कुरा त्यति सहज छैन।’

‘प्रधानमन्त्री देउवाले एमालेको माग सम्बोधन गर्ने र त्यसको बदलामा संसद्को अवरोध खोल्ने सहमति भएको छ। यसका लागि कांग्रेसले आन्तरिक छलफल गर्ने र एमाले आफैंले पनि आन्तरिक छलफल गर्नेगरी बालुवाटारको बैठक सकिएको हो’, स्रोतले भन्यो। एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री केही हदसम्म लचिलो बनेका कारण थप छलफल आवश्यक रहेको बताए। ‘छलफल जारी छ, केहीकेही विषयमा कुराकानी भएको छ,’ पौडेलले भने, ‘अहिले बताइहाल्ने गरी वा केही जानकारी दिने गरी सहमति भएको छैन। भोलि (शुक्रबार) फेरि बस्छौं।’

संसदबाट एमसिसी तत्काल पारित गर्नुपर्ने भन्दै कांग्रेस नेताहरूले अहिले संसद् सुचारु गरेर परिस्थिति परिपक्व भएपछि अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए। एमसिसीमा सैद्धान्तिक छलफल अघि बढाउँदै त्यसलाई पारित गर्नका लागि सहयोग गर्न एमाले नेतृत्वलाई कांग्रेसले आग्रह गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक रहेको जानकारी दिए। 

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुने जानकारी दिंदै मन्त्री कार्कीले भने, ‘सरकारको प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोलि कुनै पनि सरकारको प्रस्तावमा छलफल नहुने परिस्थिति आउनेछ। किनभने बहुमत नभईकन सरकार बन्दैन। बहुमतप्राप्त सरकारले ल्याएको प्रस्तावमा छलफल नभए त्यो संसद्को के काम ? प्रतिनिधिसभाको के काम ? त्यसैले भोलिको बैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ।’

प्रधानमन्त्री देउवाले एमसिसी पारित गरेर मिलेर अघि बढ्न एमाले शीर्ष नेताहरूलाई आग्रह गरेको जानकारी दिँदै महामन्त्री थापाले भने, ‘सबै विकल्पमा हामी छलफल गर्न खुला छौं। तर के गर्ने र कसरी अघि बढ्ने भन्ने बाटोमा पुगिसकेका छैनौं।’ शुक्रबार फेरि दुई दलबीच छलफल हुने जानकारी दिँदै थापाले भने, ‘मुलुकलाई कसरी निकास दिन सकिन्छ भनेर भोलि (शुक्रबार) फेरि छलफल गर्दै अघि बढ्छौं।’

माओवादीसहित विपक्षमा मतदान गर्ने राजनीतिक दलबाट सरकारमा सहभागी मन्त्रीलाई प्रधानमन्त्रीले निष्कासन गरेर पनि अघि बढ्न सक्ने स्रोतको दाबी छ। तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले एमालेलाई पनि सरकारमा सहभागी गराएर राष्ट्रिय सहमतिको आकार दिनेगरी मुलुक अघि बढ्न सक्छ। तर माओवादी केन्द्रसहितका दल सरकार छाड्न तयार नरहेको स्रोतले बतायो।

एमसिसी सम्झौता अनुमोदन गराउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताउँदै कांग्रेस महामन्त्री थापाले माओवादी केन्द्र र अरू दलहरूले पनि कित्ता क्लियर गरेको बताए। ‘अब गठबन्धन पार लाग्दैन भन्ने निष्कर्ष निस्किसक्यो,’ थापाले भने। माओवादीले पनि एमालेलाई सरकारको नेतृत्वका साथै नयाँ समीकरणका लागि प्रस्ताव गरेको छ। तर एमाले त्यसका लागि तयार देखिएको छैन।

लोकप्रिय
अर्को समाचार
एमसीसीले तरंगित प्रदेश राजनीति
१५ फागुन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमसीसीले तरंगित प्रदेश राजनीति

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।

संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।

एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।

प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।

यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।

संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।

प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।

प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस