ठूलो रस्साकस्सीपछि बल्ल अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग नेपालले गरेको ६० अर्ब रुपियाँ (५० करोड अमेरिकी डलर) बराबरको अनुदान सम्झौता प्रतिनिधिसभाको बैठकमा आइतबार प्रस्तुत भएको छ।
सत्ता गठबन्धन दलका नेताबीचको सहमतिपछि मात्र यसले संसद्मा टेबुल हुने मौका पाएको हो। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेकपा (एमाले) सरकारले २०७६ असार ३० मा उक्त सम्झौता संसद् सचिवालयमा दर्ता गराएको थियो।
त्यसयता यसलाई कहिल्यै प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने अवसर प्राप्त हुन सकेन। प्रमुख दलहरूको आन्तरिक राजनीतिका कारण यसलाई टेबुल हुनबाटै रोकिएको हो। तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्न नदिएको जानकारी ओली स्वयंले सार्वजनिक गरेका थिए। अहिलेसम्मको यससम्बन्धी गतिविधिले यस दाबीलाई पुष्टि गर्ने आधार दिएको छ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसिसीलाई संसद्मा प्रस्तुत गर्न जोड गर्दै आएको हो। सत्ता गठबन्धनमा सहभागी दल नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायतले यसको विपक्षमा आफूलाई उभ्याए पनि अन्ततः यसलाई टेबुल गर्न दिन सहमत भएका हुन्। प्रमुख नेताहरूबीच सहमति भएपछि एकीकृत समाजवादीले शनिबार स्थायी समितिको बैठक गरी संसद्मा टेबुल हुन दिन निर्णय गरेपछि यसलाई अगाडि बढाउने बाटो खुलेको हो।
सम्झौतालाई यथावत पारित गर्न नसकिने तर संसद्मा टेबुल हुन दिने एकीकृत समाजवादीको निर्णय हो। यो निर्णयले स्वाभाविकरूपमा माओवादी केन्द्रलाई समेत सम्झौता टेबुल गर्न दिने गरी बाटो खुलाउन प्रेरित गरेको हो। एमसिसीकै कारण गठबन्धन दलमा विभाजन आउन लागेको र गठबन्धन टुटाउन प्रमुख विपक्षी एमाले अध्यक्ष ओली अहोरात्र लागेका कारण पनि उनीहरूले बीचको बाटो निकालेका हुन्। एमसिसीलाई संसद्मा प्रस्तुत गरी छलफल नगर्दाको दुष्परिणाम अहिले देखिइसकेको छ।
बेलैमा यसलाई अगाडि बढाएर अनुमोदन गर्ने वा नगर्ने जिम्मा संसद्लाई दिए पुग्नेमा अहिले सडक आन्दोलनको समेत विषय बनाइएको छ। सत्ता गठबन्धन दलमा रहेर एकातिर एमसिसी अनुमोदन गर्न पत्राचार पनि गर्ने र कुसूचनाका आधारमा जनमानसलाई उद्वेलित पनि गराइरहने यसका नेताहरूको दोहोरो चरित्रका कारण अहिलेको अवस्था आएको हो। अन्यथा, संसद्भित्रै यस विषयमा छलफल भइ टुंगोमा पुग्न सक्ने हो। त्यतिमात्र होइन, यो विषय बढ्दै गई भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने अवस्थासमेत सिर्जना भएको छ।
केही दिनयता मित्र मुलुक अमेरिका र छिमेकी चीनबीच सम्झौतालाई लिएर भइरहेको आरोप÷प्रत्यारोपले पनि यही संकेत गरिरहेको छ। अमेरिकाका दक्षिण एसिया तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी नेता ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग गरेको टेलिफोन वार्तापछि स्थिति अरू जटिल बन्दै गएको हो।
उनले नेपालसँगको सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्थामा पुग्नेसम्मको चेतावनी दिएका हुन्। यही स्थितिमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकालाई धम्कीपूर्ण कूटनीति गरेको आरोप लगाएपछि विवाद उत्कर्षमा पुगेको र शक्ति राष्ट्रहरू नेपालको विषयले आमने सामने हुन थालेको अवस्था पनि योबीच देखिएको छ।
यही स्थितिमा फेरि शनिबार अमेरिकी दूताबासले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम निर्णयका रूपमा यसलाई अघि सारेको छ। ‘नेपाली नेताहरूले एमसिसी अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा। र, यो केवल नेपालको निर्णय हो,’ अमेरिकाले भनेको छ।
एमसिसीसम्बन्धी प्रश्न संसद्मै प्रस्तुत हुन नपाएका कारणले जटिल हुँदै गएको हो। सार्वभौम जनताका प्रतिनिधिले यसबारेमा व्यक्त गर्ने धारणा र यसको भविष्यमाथिको निर्णय नेपालको हो। यस विषयमा कुनै पनि मुलुकले नेपालको पक्ष लिएजस्तो गर्नै पर्दैन। त्यसकारण पनि संसद्मा यो विषय प्रस्तुत गर्न आग्रह गरिएको हो। सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो।
अहिले संसद्मा टेबुल भएको सम्झौता तत्कालीन सरकारले संसद् सचिवालयमा दर्ता गराएको हो। संसद्मा आइसकेको विषय टेबुल भई सांसदले छलफलमा भाग लिन नपाउने अवस्था आउनु आफैँमा जटिल अवस्था हो। वास्तवमा संसद्लाई सार्वभौम निर्णयको थलो बनाउनबाट चुकेका कारण यस्तो अवस्था आएको हो। हाम्रो संसद् आफैँ सही निर्णय गर्न सक्षम छ भन्ने भयो भने आमनागरिकसमेत आश्वस्त हुन थाल्छन्।
एमसिसी सम्झौतालाई आन्तरिक राजनीतिक अभीष्टका निम्ति कचल्ट्याउँदा आज देशभित्र र बाहिर अनाहकको ध्रुवीकरणको स्थिति देखिएको छ। दलहरूभित्र पनि यसको पक्ष र विपक्ष देखिएको छ। सत्ता गठबन्धनको बैठकमा नेताहरूले बसेर निर्णय गरे पनि आफ्नै दलभित्र यससम्बन्धी विषयमा सहमति छैन। त्यसैले यो विषयलाई संसद्मा टेबुल गर्न सहमत हुने नेताहरूले प्रतिरक्षात्मक हुनुपर्ने अवस्था छ। यस हिसाबमा सबैभन्दा सहज अवस्थामा सत्तारुढ नेपाली कांग्रेसमात्र देखिएको छ।
यसका नेताबीच कतिपय विषयमा नीतिगत भिन्नता छन्। तर एमसिसीको पक्षमा कांग्रेसमा अभूतपूर्व एकता देखिएको छ। यसबाट पनि बुझ्न सकिन्छ, विषयवस्तुलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने र दलभित्र तथा बाहिर एउटै बोली बोल्दामात्र सहज परिणाम आउँछ। दोधारे कुरा गर्दा नेताहरूलाई यो विषयको समर्थन गरेर जान अप्ठ्यारो भएकोमात्र हो। यस परिस्थितिमा कम्युनिष्ट दलहरू परेका छन्।
जे होस्, संसद् धेरै ढिलोमात्र यो विषयमा संलग्न हुन पाएको छ। यस विषयमा सांसदहरूले जानकारीले भरिएको छलफल गरी निष्कर्ष निकाल्न तत्पर हुनुपर्छ। संसद्लाई अनिर्णयको बन्दी बनाउने काम गर्नुहुँदैन। एमसिसी प्रस्तुत गर्ने बेलामा समेत एमालेले आफ्नो विरोध छाडेको छैन। ऊ आफैँले सरकार चलाएका बेला यसलाई संसद् सचिवालयमा दर्ता गरिएको हो।
आफैँले राखेको प्रस्तावबारेको छलफललाई उसले सहजीकरण गर्नुपर्छ। केही वर्षयता संसद् प्रभावकारी हुन सकेको छैन। अब यसले आफ्नो सक्रियता देखाउन तत्पर हुनुपर्छ। एमसिसीको भविष्यबारे निर्णय गर्ने यो मौकालाई संसद्ले सदुपयोग गर्नु र देशलाई दिशानिर्देश गर्नुपर्छ। यसैमा सबैको भलाइ छ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।
संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।
एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।
प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।
यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।
संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।
प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।
प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।