एससीसीबारे संसद्मा एमाले अस्पष्ट
११ फागुन २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
एससीसीबारे संसद्मा एमाले अस्पष्ट

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेन (एमसीसी)मा कता उभिने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमाले अहिलेसम्म मौन बसेको छ। आफू सरकारमा रहँदा एमसीसी सभामुखले रोकेको आरोप लगाएका एमाले अध्यक्ष केपी ओलीले पछिल्लोपटक सदनमा टेबुल भएपछि पार्टीको धारणा सार्वजनक गर्ने भनेका थिए। तर, सदनमा टेबुल भएको दुई दिन बितिसके पनि एमाले अहिले चुपचाप नै छ।

उसले अहिले माओवादी केन्द्रलाई दोहोरो चरित्र खेलेको भन्दै आरोप लगाएर आफू पानीमाथिको ओभानो बन्न थालेको छ। विश्लेषकका अनुसार एकातिर एमालेका ९८ सांसदमध्ये धेरैको एमसिसीमा असहमति देखिन्छ भने अर्कोतिर यही मौकामा गठबन्धन तोड्न सकिन्छ कि भन्ने खेल पनि भएकाले एमाले दोधारे नीतिमा छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले एमाले एमसिसीको पक्षमा उभिन अध्यक्ष ओलीलाई दबाब दिइरहेका छन् भने भीमबहादुर रावल, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायत विपक्षमा छन्।

‘पार्टीले ह्विप लगाएमा पक्षमा नै मतदान गर्नुपर्‍यो, ह्विप लागेन भने हामी मतदान गर्दैनाैँ, कांग्रेस र लोसपा मिलेर पारित भैहाल्छ,’ एक एमाले सांसदले भने। एमाले अध्यक्ष ओलीले यता सबै सांसदको मनसाय बुभिरहेका छन् भने पाँचदलीय गठबन्धन टुटाउने र एमसिसीको पक्षमा मतदान गर्ने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइरहेका छन्।

सोमबार साँझदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा एमालेका अध्यक्ष ओलीसँगको भेटले नयाँ कुनै विकल्पमा सहमति गरेमा बाहेक अहिलेसम्म एमसिसीमा एमालेको ढुलमुले नीति रहेको छ। गठबन्धन टुटाएपछि उत्पन्न परिस्थितिले अन्यत्रै ध्यानमोडन सक्ने हुँदा प्रधानमन्त्री देउवा गठबन्धन टुटाइहाल्ने पक्षमा छैनन्।

संसद्मा टेबुल भएको एमसीसीमा अब सैद्धान्तिक छलफल गर्नुपर्ने अवस्था छ। सदनमा छलफल हुँदा दलीय आधारमा सबै दलका सांसदले बोल्नु उत्तम मानिन्छ। राष्ट्रिय महत्वको विषय भएकाले प्रमुख प्रतिपक्षी दल एमालेले नबोल्दा उसलाई यसले निकै अप्ठेरोपमा पार्ने देखिन्छ। सदनमा राखेको कुरा सदाका लागि रेकर्डमा रहने हुँदा पनि एमलेले एमसिसीका विषयमा सदनमा हुने छलफलमा भाग लिनुपर्ने देखिन्छ।

प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध खुलाएर एमसीसीको छलफलमा भाग र मतदानमा सहभागि नहुने हो भने यो निर्णय उसैका लागि प्रतिउत्पादक हुनसक्ने विष्लेषण छ। एमालेका एक उच्च नेताले भने ‘अध्यक्ष ओलीले गर्ने निर्णयले एमाले छलफलमा भाग लिन्छ भन्ने लाग्छ।

सदन खोल्नका लागि एउटा बहाना त चाहिने भयो, हामी भदौदेखि नै १४ गैर सांसदलाई कारबाही गर्नुपर्छ भनेर सदन अवरुद्ध गरेका छौं।’ एमसिसीमा हामी उम्कन मिल्दैन, जनतालाई स्पष्ट भन्नुपर्छ भनेर अध्यक्ष ओलीसँग बारम्बार ध्यानाकर्षण गराएको पनि उनले बताए।

पाँचदलीय गठबन्धन फुटाए मात्र मतदान गर्छु भन्ने कुरा बाहिर आइरहेकाले एमसीसीलाई गठबन्धनसँग जोडेर मोलमेलाई गर्न नहुने एमालेकै नेताहरू बताउँछन्।

एमसिसीमा हामीले बहिकार नै गर्ने हो भन्ने धेरै सांसदले सुझाव दिइरहेका छन्। साधरण बहुमतले पारित हुने भएकाले पनि एमाले संसद्मा अनुपस्थित हुनपाए हुन्थ्यो भन्ने सांसदको भनाइ छ। संसद्मा एकचौथाई सदस्य भएमा कोरम पुग्ने र कम्तीमा ३५ सदस्यले सहमति जनाए एमसिसी पारित हुने भएकाले एमाले सांसदहरू बहिष्कार नै गर्न रुचाएका छन्। अहिले संसद्मा कांग्रेस र लोकतान्त्रिक समाजवादी (लोसपा) मात्रै एमसिसीको पक्षमा खुलेका छन्।

संसद्को कार्यसूचीमा एमसिसीको सौद्धान्तिक छलफलको विषय राख्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले गृहकार्य गरेका छन्। तर एमालेले अवरुद्ध गरेका बेला सदनमा कसरी सैद्धान्तिक छलफल गराउने भन्ने विषयमा भने अन्योलता बढेको छ। संसद् अवरुद्ध भएका बेला सिधैैं पारित गर्ने चलन त अभ्यासमा गरियो तर, नाराबाजी भइरहेका बेलामा सैद्धान्तिक छलफल गर्ने दफाबार छलफल गर्ने कार्य भने अभ्यासमा भएको छैन।

लोकप्रिय
अर्को समाचार
एमसीसीले तरंगित प्रदेश राजनीति
१५ फागुन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमसीसीले तरंगित प्रदेश राजनीति

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।

संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।

एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।

प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।

यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।

संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।

प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।

प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस