एमसिसी प्रक्रियामा अघि बढ्नै लाग्दा संसद् स्थगित
१३ फागुन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमसिसी प्रक्रियामा अघि बढ्नै लाग्दा संसद् स्थगित

प्रतिनिधिसभाको बिहीबारको बैठक सरकारले अचानक स्थगित गरेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्को प्रक्रियाबाट अघि बढ्न सकेन।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्नुपर्ने एमसिसी उनी अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठकमा टेबुल गरेका थिए। एमसिसीमाथि सर्वप्रथम सैद्धान्तिक छलफल गर्ने तयारी थियो।

सरकारले सम्भव भए बिहीबार नै एमसिसी पारित गर्ने नभए छलफल गराउने तयारी गरेको थियो। संसद् बैठक बस्नै लाग्दा परिस्थति एकाएक परिवर्तन भई संसद् बैठक नै स्थगित हुन पुगेको थियो।

दिउँसो १ बजे बोलाइएको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। एमसीसीलाई अघि बढाउने विषयमा सहमति भएपछि संसद्को बैठक निर्धारित समयभन्दा आधा घन्टापछि बस्न लागेको थियो।

संसद्को बैठक बस्ने घण्टी बज्नै लाग्दा संसदको बैठक अचानक सूचना जारी गरेर विशेष कारणवश भन्दै स्थगित गरिएको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिपछि सभामुख सापकोटाले एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने र बोल्न चाहने सांसदलाई ५/५ मिनेटको समय दिने तयारी गरेका थिए।

सभामुखले बैठक बस्न तयारी गरिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर कानुनमन्त्री दिलेन्द्र बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सभामुखसमक्ष पुगेका थिए। त्यसपछि बैठक स्थगित भएको सूचना जारी गर्दै १३ शुक्रबार १ बजेका लागि बैठक बोलाइएको थियो।

सैद्धान्तिक छलफलमा भाग लिने सांसदमध्ये सत्तापक्षकै सांसदले एमसिसीको विपक्षमा उभिने भएपछि प्रधानमन्त्री देउवाले एमसिसीमा सैद्धान्तिक छलफल मन नलगाईनलगाई गराउन खोजेका थिए तर एमसिसीमा एमालेले सहयोग गर्छु भन्ने भरपर्दो आश्वासन अन्तिम समयमा दिएकै कारण प्रधानमन्त्री देउवाले संसद् स्थगित गराएर एमालेलाई साथ लिन खोजका छन्,’ स्रोतले भन्यो।

स्रोतका अनुसार अब पाँच दलीय गठबन्धन टुटाएर भए पनि कांग्रेस र एमालेले भारी मतले एमसिसीको पक्षमा मतदान गराउने तयारीमा देउवा लागेका छन्। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सक्रियताले संसद्लाई विघटन गराउन सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ।

संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले संसद् भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै कार्यकक्षमा साढे दुई घन्टा छलफल गरे।

त्यसपछि ओलीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् भने पुनः प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा छलफल भएको थियो। यता संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले पर्वतमा पुगेर एमसिसी कुनै पनि हालतमा पारित गर्न नदिने बताएका थिए। उनको यो भनाइले नै पाँचदलीय गठबन्धनभित्र खटपट सुरु भएको देखिएको थियो।

एमालेसँगको बिहीबारको छलफलमा शक्ति बाँडफाँटमा कुरा नमिलेका कारण नै तत्काल गठबन्धन टुटाइएको छैन। कुरा मिल्नासाथ गठबन्धन टुट्छ एक एमाले नेताले भने। एमालेसँग शक्ति बाँडफाँटमा कुरा नमिले संसद् विघटन हुन्छ या ३५ जनाले मात्र एमसिसी अनुमोदन गर्ने अवस्था आउँछ यसै भन्न नसकिएको स्रोतले बतायो।

लोकप्रिय
अर्को समाचार
असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने
२२ भदौ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने

सरकारले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयकको प्रस्ताव फिर्ता लिएपछि निर्वाचन आयोगको भनाइबमोजिम प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म रहने भएको छ। सरकारले प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख गर्दै नयाँ निर्वाचन भई आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ,’ भन्ने उल्लेख गर्दै प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल लम्बाउन खोजेको थियो।  

केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत संसदको कार्यकाल लम्बाउन खोजेपछि भएपछि सरकारको आलोचना सुरु भएको थियो। व्यापाक आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कानुनमन्त्री गोविन्द प्रसाद कोइरालालाई विधेयकको व्यवस्था हटाउन निर्देशन दिएका थिए।  

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएपछि प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री कोइरालाले विधेयकमा रहेको कार्यकाल बढाउने व्यवस्थालाई संशोधनमा माग भए बमोजिम हटाइएको बताएका थिए। सोमबारसम्म ११ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो। जसमा सत्तारुढ दलकै सांसदहरू रामकुमारी झाक्री, प्रकाश रसाइली, रंगमती शामी र अमृता थापाले विधेयकको दफा १३,,१४ र १५ हटाउनुपर्ने संशोधन दर्ता गरेका थिए।  

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री कोइरालाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेको बताए। उनले प्रतिनिधिसभाको कार्यकालको अन्योलता हटाउनका लागि मात्रै यस्तो विधेयक ल्याएको भन्दै सरकारको बचाउन गरेका थिए। दफा १३ मा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (२) मा रहेको आयोगले भन्ने शब्दपछि ‘सोको अभिलेख राखी’ भन्ने शब्दहरू थपिएका थिए।  

दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ। दफा १५ मा प्रदेशसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रदेशसभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ।  

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते घोषणा भइसकेको अवस्थामा संसदको कार्यकाल लम्बाउन लागेपछि आलोचना भयो। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले विधेयक फिर्ता लिन सहमति भएपछि नै सत्तारुढ दलका सांसदहरूले संशोधन हालेको कुरा कानुनमन्त्रीले कोइरालाले नै बताएका थिए। संसद्को कार्यकाल कहिलेबाट सुरु हुन्छ र कहिले सकिन्छ भन्ने विषयमा अन्योल भएपछि सरकारले पवित्र उद्देश्य बोकेर विधेयक ल्याएको, तर, संसद् नै नभएको आफूले तलब भत्ता खान ल्यायो भनेर प्रचार गरिएको पनि उनले बताए।  

प्रतिनिधिसभाको कार्यकालबारे ‘दिन गन्ती’ सुरु भएपछि अब प्रतिनिसधसभाले गर्नुपर्ने काम धेरै बाँकी रहने भएका छन्। संसद्मा रहेका दर्जनौ विधेयकहरू निस्क्रिय बन्ने भएका छन्। प्रतिनिधिसभाले अब निरन्तर छलफल गरेपनि धेरै विधेयक पारित गर्ने अवस्था नदेखिएको संसद सचिवालयले जनाएको छ। २०७४ देखि प्रतिनिधिसभामा उत्पत्ति भएका ९० वटा विधेयक प्रमाणीकरण भएका थिए। राष्ट्रियसभामा गरी १ सय ५२ विधेयक दर्ता भएका थिए। सरकारले ल्याएका ११ विधेयक फिर्ता भएका थिए।  

चालु अधिवेशनमा प्रतिनिधिसभामा २१ विधेयक पारित भए पनि १२ विधेयक प्रतिनिधिसभाले पारित गर्ने तयारी छ। सबै पारित गर्न नसकेपछि पारित गर्न बाँकी रहेका मध्ये बेपत्ता पारितएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन लाई संशोधन गर्न बनेको विधेयकलाई भने फास्टट्र्याक मै पारित गर्ने तयारी छ। अहिले यो विधेयक कानुन तथा मानवअधिकार समितिमा छलफलमा छ।

कोरम नपुगेपछि बैठक स्थगित  

केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने बेलामा सांसदहरूको गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभा को दोस्रो बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो। पहिलो बैठकमा कोरमको प्रश्न उठेपछि सांसदहरूको गणना गर्दा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। कुल ६९ जना रहनु पर्नेमा ५८ जना सांसद मात्रै बैठकमा उपस्थित रहेका थिए।  

गणपूरक संख्या पुग्न एकचौथाइ सांसद हुनुपर्ने संविधानको व्यवस्था छ। संसद्मा धेरैपटक कोरम नपुगेर बैठक स्थगित भइरहेका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस