प्रतिनिधिसभाको कार्यकाल: निर्वाचनको भोलिपल्टसम्म राख्ने गृहकार्य
०९ भदौ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रतिनिधिसभाको कार्यकाल: निर्वाचनको भोलिपल्टसम्म राख्ने गृहकार्य

प्रतिनिधिसभाको कार्यकालबारे स्पष्ट कानुनी व्यवस्थाको अभावमा विभिन्न दृष्टिकोण आइरहेका बेला सरकारले कानुनमै उल्लेख गरेर एउटै दृष्टिकोण बनाउने प्रयास गरिरहेको छ। यसका लागि सरकारले सत्तारूढ दल र विपक्षी दलसँग छलफल गरिरहेको छ। मंगलबार कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सत्तारूढ दल र प्रतिपक्षी दलका प्रमुख सचेतकसहित केही सांसद सदस्यसँग प्रतिनिधिसभाको कार्यकालबारे छलफल गरेका थिए। छलफलमा एमालेले प्रतिनिधिसभाको घोषणा हुनासाथ प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने तर्क गरेको थियो। प्रतिनिधिसभाको कार्यकाल निर्वाचनको अघिल्लो दिनसम्म राख्नेगरी कानुन बनाउनुपर्ने प्रस्ताव एमालेले राखेको छ। ‘लोगो लगाएर निर्वाचनमा जानु ठिक हुँदैन। त्यसैले हामीले निर्वाचनको अघिल्लो दिनसम्म कार्यकाल राख्ने प्रस्ताव गरेका छौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने। कांग्रेसले भने निर्वाचित सांसदले शपथ खाने दिनसम्म नै कार्यकाल लम्ब्याउनुपर्ने धारणा राखेको थियो।

उमेदवारी दिने दिनको अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल राखे हुने चर्चा दलहरूबीच भइरहे पनि २०७४ सालमा निर्वाचन सकिएको दिनलाई आधार मानेर मंसिर २२ गतेसम्म प्रतिनिधिसभाको कार्यकाल रहनेगरी कानुन बनाउन एकमत हुने सम्भावना देखिएको छ। त्यसबाट दलहरूबीच प्रतिनिधिसभाको निर्वाचन मिति आगामी मंसिर ४ गते हुने भएमा आगामी प्रतिनिधिसभाको कार्यकाल २०८४ मंसिर ५ अर्थात् निर्वाचन सम्पन्न भएको भोलिपल्टसम्म नै राख्ने गरी कानुन बनाउने विषयमा एकमत हुने सम्भावना देखिएको हो।

अहिलेको कार्यकाल मंसिर २२ लाई मान्ने र आगामी कार्यकाल मंसिर ५ लाई मानेर राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको दबाब देखिएको स्रोतको दाबी छ। कांग्रेस सचेतक चित्रलेखा यादवले भनिन्, ‘यो व्यवस्था सबैका लागि हो। लोकतन्त्रमा द्विविधा गरेर जाने होइन। एउटा स्पष्ट व्यवस्था गरौं। प्रतिनिधिसभाको कार्यकालको कुरा संविधानमा नै लेख्नुपर्ने थियो तर नलेखेपछि कानुनमा लेख्नुपर्ने अवस्था आएको सबैको धारणा रहेको छ।’  

२०७४ सालमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते भएको थियो। त्यसैले निर्वाचन सम्पन्न भएको मिति २०७४ मंसिर २२ गतेलाई मानिएको हो। प्रतिनिधिसभाको कार्यकालबारे विभिन्न कानुनविद्हरूले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्। संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने भनेको छ। पाँच वर्ष पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो, निर्वाचित भएको मितिदेखि भनेपछि मंसिर २२ लाई आधार मान्नुपर्छ भनेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गत जेठमा बताएका थिए। तर निर्वाचनको मिति सरकारले घोषणा गरेपछि पनि निर्वाचन आयोगले यसबारे केही बताएको छैन।

संविधानविद्ले निर्वाचन मितिको घोषणासँगै प्रतिनिधिसभाको कार्यकाल सकिएको मान्नुपर्ने बताउँछन्। निर्वाचन घोषणा हुनासाथ प्रधानमन्त्री कामचलाउ हुने गर्छ। कामचलाउ सरकारले महŒवपूर्ण काम गर्न नसक्ने भएकाले पनि निर्वाचन घोषणा गरेपछि प्रतिनिधिसभाको कार्यकाल राखिराख्नु उपयुक्त नहुने उनीहरूको तर्क छ। यता संसद् सचिवालयले भने उम्मेदवारी दाखिला हुने दिनको अघिल्लो दिनसम्मका लागि प्रतिनिधिसभाको कार्यकाल रहनेगरी आवश्यक तयारी गरेको छ। संविधान जारी गरेपछि २०७२ असोज व्यवस्थापिका संसद्मा रूपान्तरण भएको अवस्थामा २०७४ मंसिर ४ गते घोषणा भएको संघीय निर्वाचनमा मनोनयन दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने गरी तत्कालीन व्यवस्थापिका संसद्को कार्यकाल रहेको थियो। त्यसैलाई आधार मानेर अघि बढ्ने तयारी गरिएको छ।

२०७४ कात्तिक ५ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन र २०७४ असोज २८ गते समानुपातिक निर्वाचनबमोजिम हुने निर्वाचनका लागि उमेदवारको मनोनयनको समय दिएकाले व्यवस्थापिका संसद्को कार्यकाल असोज २८ सम्मलाई मानिएको थियो। यता संविधानको धारा २९६ मा रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख गरिएको छ। त्यसको प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘त्यस्तो कार्यकाल पूरा हुनुअगावै यस संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भए त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहनेछ।’

संविधानको संक्रमणकाली व्यवस्थामा यस्तो व्यवस्था गरिए पनि संविधानमा अन्य कार्यकालको विषयमा उल्लेख नभएकाले यसलाई पनि आधार मान्नुपर्ने संसद् सचिवालयको तर्क छ। नेपालको संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल तथा धारा १७७ ले प्रदेशसभाको कार्यकालअगावै विघटन भएबाहेक पाँच वर्षको हुने उल्लेख छ ।

लोकप्रिय
अर्को समाचार
असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने
२२ भदौ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने

सरकारले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयकको प्रस्ताव फिर्ता लिएपछि निर्वाचन आयोगको भनाइबमोजिम प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म रहने भएको छ। सरकारले प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख गर्दै नयाँ निर्वाचन भई आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ,’ भन्ने उल्लेख गर्दै प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल लम्बाउन खोजेको थियो।  

केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत संसदको कार्यकाल लम्बाउन खोजेपछि भएपछि सरकारको आलोचना सुरु भएको थियो। व्यापाक आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कानुनमन्त्री गोविन्द प्रसाद कोइरालालाई विधेयकको व्यवस्था हटाउन निर्देशन दिएका थिए।  

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएपछि प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री कोइरालाले विधेयकमा रहेको कार्यकाल बढाउने व्यवस्थालाई संशोधनमा माग भए बमोजिम हटाइएको बताएका थिए। सोमबारसम्म ११ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो। जसमा सत्तारुढ दलकै सांसदहरू रामकुमारी झाक्री, प्रकाश रसाइली, रंगमती शामी र अमृता थापाले विधेयकको दफा १३,,१४ र १५ हटाउनुपर्ने संशोधन दर्ता गरेका थिए।  

प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री कोइरालाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेको बताए। उनले प्रतिनिधिसभाको कार्यकालको अन्योलता हटाउनका लागि मात्रै यस्तो विधेयक ल्याएको भन्दै सरकारको बचाउन गरेका थिए। दफा १३ मा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (२) मा रहेको आयोगले भन्ने शब्दपछि ‘सोको अभिलेख राखी’ भन्ने शब्दहरू थपिएका थिए।  

दफा १४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गरी प्रतिनिधिसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ। दफा १५ मा प्रदेशसभाको कार्यकाल पहिलो बैठक बसेको दिनबाट गणना हुने र नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रदेशसभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ।  

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते घोषणा भइसकेको अवस्थामा संसदको कार्यकाल लम्बाउन लागेपछि आलोचना भयो। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले विधेयक फिर्ता लिन सहमति भएपछि नै सत्तारुढ दलका सांसदहरूले संशोधन हालेको कुरा कानुनमन्त्रीले कोइरालाले नै बताएका थिए। संसद्को कार्यकाल कहिलेबाट सुरु हुन्छ र कहिले सकिन्छ भन्ने विषयमा अन्योल भएपछि सरकारले पवित्र उद्देश्य बोकेर विधेयक ल्याएको, तर, संसद् नै नभएको आफूले तलब भत्ता खान ल्यायो भनेर प्रचार गरिएको पनि उनले बताए।  

प्रतिनिधिसभाको कार्यकालबारे ‘दिन गन्ती’ सुरु भएपछि अब प्रतिनिसधसभाले गर्नुपर्ने काम धेरै बाँकी रहने भएका छन्। संसद्मा रहेका दर्जनौ विधेयकहरू निस्क्रिय बन्ने भएका छन्। प्रतिनिधिसभाले अब निरन्तर छलफल गरेपनि धेरै विधेयक पारित गर्ने अवस्था नदेखिएको संसद सचिवालयले जनाएको छ। २०७४ देखि प्रतिनिधिसभामा उत्पत्ति भएका ९० वटा विधेयक प्रमाणीकरण भएका थिए। राष्ट्रियसभामा गरी १ सय ५२ विधेयक दर्ता भएका थिए। सरकारले ल्याएका ११ विधेयक फिर्ता भएका थिए।  

चालु अधिवेशनमा प्रतिनिधिसभामा २१ विधेयक पारित भए पनि १२ विधेयक प्रतिनिधिसभाले पारित गर्ने तयारी छ। सबै पारित गर्न नसकेपछि पारित गर्न बाँकी रहेका मध्ये बेपत्ता पारितएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन लाई संशोधन गर्न बनेको विधेयकलाई भने फास्टट्र्याक मै पारित गर्ने तयारी छ। अहिले यो विधेयक कानुन तथा मानवअधिकार समितिमा छलफलमा छ।

कोरम नपुगेपछि बैठक स्थगित  

केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने बेलामा सांसदहरूको गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभा को दोस्रो बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो। पहिलो बैठकमा कोरमको प्रश्न उठेपछि सांसदहरूको गणना गर्दा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। कुल ६९ जना रहनु पर्नेमा ५८ जना सांसद मात्रै बैठकमा उपस्थित रहेका थिए।  

गणपूरक संख्या पुग्न एकचौथाइ सांसद हुनुपर्ने संविधानको व्यवस्था छ। संसद्मा धेरैपटक कोरम नपुगेर बैठक स्थगित भइरहेका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस