माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल
११ कार्तिक २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।

उनले भने, 'ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु।'

फरक प्रसङ्गमा उनले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताए। उनले सुकुम्वासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताए। माडीको बाँदरझुला सुकुम्वासी बस्ती हो।

दाहालले भने,'मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस्।'

लोकप्रिय
अर्को समाचार
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
१० भदौ २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश स्तरीय परामर्श बैठकको समापन कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले माओवादीको प्राथमिकता नभए पनि सरकारले नै माओवादी खोज्दै आउने परिस्थिति बन्न सक्ने बताएका हुन्।  

केहिदिन अघि मात्र २०८४ सालअघि सरकारमा नजाने घोषणा गरेका उनी पछिल्लो क्रममा यूटर्न हुँदै सरकारमा जान सकिने बताउँदै आएका छन्। सोमबार पनि त्यही बोलीलाई निरन्तरता दिने क्रममा उनले भने, ‘हामी सरकारको जोड घटाउमा लाग्दैनौँ। अहिले हाम्रो प्राथमिकता सरकार होइन। तर सरकारले हामीलाई खोज्दै आउने परिस्थिति बन्न सक्छ।’  

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले परिवर्तनको रक्षा गर्न नसक्ने बताए। वर्तमान गठबन्धन परिवर्तनबाट प्राप्त उपलब्धि उल्टाउन र भ्रष्टाचार छोप्न बनेको आरोप लगाउँदै उनले भने,‘हाम्रो सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ र कारबाही गर्न थालेपछि उनीहरु आत्तिएर नयाँ गठबन्धन बनाउन पुगेका हुन्।  

यिनीहरूबाट जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता र समावेशी, समानुपातिक प्रणालीलगायतका उपलब्धिको रक्षा हुन सक्दैन। उनले कुनैपनि बेला उपलब्धि उल्टाउने प्रयास हुने भन्दै सचेत रहन आग्रह गरे। ‘आवश्यक परे सङ्घर्षमा उत्रिएर पनि उपलब्धि जोगाउनुपर्छ,’ उनले भने। उनले अहिले पनि माओवादी देशको महत्त्वपूर्ण शक्ति रहेको र माओवादीलाई बाइपास गरेर जान सक्ने स्थिति नरहेको दाबीसमेत गरे।  

अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको वस्तुगत आधार तयार भएको बताए। समाजवादी क्रान्तिका लागि तयारीमा जुट्न आग्रह गर्दै उनले भने, ‘तपाईँहरू समाजवादी क्रान्तिको तयारीमा जुट्नुस्। यसका लागि वस्तुगत आधार तयार भएको छ। तर यो कार्यभार पूरा गर्नका लागि पार्टी भित्र एकता आवश्यक छ।’ उनले जनतामा गएर माओवादी नेतृत्वको सरकारले गरेका सुशासन र विकासका लागि गरेको कामको प्रचार गर्दै संगठन निर्माण गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारीले जानकारी दिए।

परामर्श बैठकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका पदाधिकारीले बोलेका थिए। सो क्रममा उनीहरुले समाजवादी क्रान्तिका लागि प्रचण्डको विकल्प नभएकोमा जोड दिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजीप्रसाद बरालले जानकारी दिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस