नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले थाल्ने तीन महिने अभियान पछि जनतामा आशाको झिल्को पलाउने पार्टीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताएका छन।
आज पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसंगको भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले माओवादी केन्द्रको भर्खरै सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार भदौ १६ गते देखि देशका वडा तहसम्म पार्टी अध्यक्ष्य ,पदाधिकारी सहित केन्द्रीय नेताहरु जनताको भावना र सरोकारवारका विषयमा गहन रुपमा लाग्ने भएकाले अव केही आशाको झिल्को पलाउने कुरा बताएका हुन।
माओवादीले तीन महिनेअभियानको उद्घाटन भदौ १६ गते ६ हजार ७४३ वडाबाट एक साथ गर्नेछ।३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको पनि उनले बताए।
माओवादीले तीन महिने अभियानपछि विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष अधिवेशन गर्ने पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आजको भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले भर्खरै सम्पन्न केन्द्रीय समितिमा भएका निर्णयका बारेमा पनि जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा उनले अव माओवादी देशभक्ती र सदाचारको बाटोमा सबैसित मिलेर अगाडी बढ्ने पनि बताए । असाधारण चुनौतीलाई पार गर्न कृषि ,उद्योग धन्दा , राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधिलाई सही रुपमा अगाडी बढाउनु पर्नेमा पनि जोड दिए।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले अहिले सुन तस्करी प्रकरण र ललिता निवास जग्गा प्रकरणका विषयमा पार्टीले विशेष चासोका साथ हेरेको हुनाले यो प्रकरण गहन रुपमा अगाडि बढ्नेमा ढुक्क हुन समेत आग्रह गरे । यस प्रकरणमा दोषी जो कोही भए पनि कारवाहीको दायरामा ल्याउन पार्टीले सरकारलाई आग्रह गरेको पनि धारणा व्यक्त गरे । उनले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गरे। उनले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पारे।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश स्तरीय परामर्श बैठकको समापन कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले माओवादीको प्राथमिकता नभए पनि सरकारले नै माओवादी खोज्दै आउने परिस्थिति बन्न सक्ने बताएका हुन्।
केहिदिन अघि मात्र २०८४ सालअघि सरकारमा नजाने घोषणा गरेका उनी पछिल्लो क्रममा यूटर्न हुँदै सरकारमा जान सकिने बताउँदै आएका छन्। सोमबार पनि त्यही बोलीलाई निरन्तरता दिने क्रममा उनले भने, ‘हामी सरकारको जोड घटाउमा लाग्दैनौँ। अहिले हाम्रो प्राथमिकता सरकार होइन। तर सरकारले हामीलाई खोज्दै आउने परिस्थिति बन्न सक्छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले परिवर्तनको रक्षा गर्न नसक्ने बताए। वर्तमान गठबन्धन परिवर्तनबाट प्राप्त उपलब्धि उल्टाउन र भ्रष्टाचार छोप्न बनेको आरोप लगाउँदै उनले भने,‘हाम्रो सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ र कारबाही गर्न थालेपछि उनीहरु आत्तिएर नयाँ गठबन्धन बनाउन पुगेका हुन्।
यिनीहरूबाट जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता र समावेशी, समानुपातिक प्रणालीलगायतका उपलब्धिको रक्षा हुन सक्दैन। उनले कुनैपनि बेला उपलब्धि उल्टाउने प्रयास हुने भन्दै सचेत रहन आग्रह गरे। ‘आवश्यक परे सङ्घर्षमा उत्रिएर पनि उपलब्धि जोगाउनुपर्छ,’ उनले भने। उनले अहिले पनि माओवादी देशको महत्त्वपूर्ण शक्ति रहेको र माओवादीलाई बाइपास गरेर जान सक्ने स्थिति नरहेको दाबीसमेत गरे।
अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको वस्तुगत आधार तयार भएको बताए। समाजवादी क्रान्तिका लागि तयारीमा जुट्न आग्रह गर्दै उनले भने, ‘तपाईँहरू समाजवादी क्रान्तिको तयारीमा जुट्नुस्। यसका लागि वस्तुगत आधार तयार भएको छ। तर यो कार्यभार पूरा गर्नका लागि पार्टी भित्र एकता आवश्यक छ।’ उनले जनतामा गएर माओवादी नेतृत्वको सरकारले गरेका सुशासन र विकासका लागि गरेको कामको प्रचार गर्दै संगठन निर्माण गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारीले जानकारी दिए।
परामर्श बैठकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका पदाधिकारीले बोलेका थिए। सो क्रममा उनीहरुले समाजवादी क्रान्तिका लागि प्रचण्डको विकल्प नभएकोमा जोड दिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजीप्रसाद बरालले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।