संग्रह
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।
मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेको बताएका छन्।
आफैले विघटन गरेको संसदबाट कुन नैतिकताले विश्वास मतः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुने गरी संसद विघटन गर्ने प्रधानमन्त्रीले विश्वासको मत लिने नैतिकता समेत गुमाएको बताएका छन्।
मेरो कारण एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ षड्यन्त्रपूर्ण: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कारण नेकपाको एकता टुटेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा गरेका छन्।
अबको प्रधानमन्त्री शेरबहादुर देउवाः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्। देउवा प्रधानमन्त्री बन्ने गरी प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको प्रचण्डले बताएका छन्।
नेपालको नयाँ पार्टीको सनाखत हुन बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुन्छः प्रचण्ड
‘नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर,' उनले भने, 'बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ। जति छिटो उहाँको सनाखत हुन्छ। त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।’
गठबन्धन आगामी चुनावसम्मै: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन्।
प्रचण्डको चिन्ता : चन्द्रशेखर आजाद जस्तै मैले पनि सुसाइड गर्नुपर्ने हो कि!
अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भारतका क्रान्तिकारी चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरेजस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका हुन्।
प्रचण्डले ओलीलाई भने: बेइमान र झुटो बोल्न सिपालु
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन्। यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका हुन्।