नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले पनि चन्द्रशेखर आजाद जस्तै सुसाइड गर्नुपर्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन्।
अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भारतका क्रान्तिकारी चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरेजस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका हुन्।
'हिजो जनयुद्धमा घेरा हाल्ने र सखाप पार्ने रणनीति थियो। घेरा तोड्ने र प्रतिरोध गरेर परास्त गर्ने गर्यौँ। अहिले फेरि त्यही प्रवृत्ति दोहोरियो', उनले भने, 'अहिले फेरि लडाइँ गर्ने कि छाडिदिने? यति रहेछ भनेर रोकिने?'
प्रचण्डले आफूले आत्मसमर्पण गर्न नसक्ने भन्दै कि लड्नुपर्ने कि सुसाइड गर्नुको विकल्प नभएको उल्लेख गरे। 'भगत सिंहको फिल्ममा चन्द्रशेखरले लड्दै गर्दा चारैतिर घेरा हालिएको हुन्छ। प्रतिक्रियावादीले मार्ने नै भए भनेर चन्द्रशेखरले माटो समातेर मैले यति नै सकेँ आमा भनेर आत्महत्या गरे। झण्डैझण्डै मेरो अगाडि त्यही अवस्था छ', उनले भने, 'मैले आत्मसमर्पण गर्न सक्दिनँ। यत्रो शहीद, बेपत्ता परिवारको ऋण मेरो टाउकोमाथि छ। या त सक्दिनँ भनेर सुसाइड गर्नुपर्यो। सबै सुसाइड नकारात्मक हुँदैनन् है! मार्क्सका छोरी-ज्वाइँले पनि सुसाइड गरेका थिए।'
प्रचण्डले या सुसाइड रोज्नुपर्ने वा फेरि लड्नुपर्ने विकल्प बाँकी रहेको बताए। 'या त फेरि लड्नुपर्छ। जोखिम उठाएर लड्ने, जेल जानुपर्छ वा मर्नुपर्छ भने पनि मर्ने। तर, कुनै हालतमा प्रतिक्रियावादी शक्तिका अगाडि नझुक्ने भनेर हामीले संघर्ष गर्नुपर्छ', उनले भने, 'क्रान्ति गरेको नेता अवसरवादी भएर मर्नुपर्यो भने पीडा हुन्छ।'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए।
चालु अधिवेशनमा महत्त्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिंदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेकाे माओवादी केन्द्रका सचेतक रूपा जाेशी चौधरीले बताइन्।
बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण, साेह्राैं आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।