नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूबीच बिहीबार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे।
‘नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर,' उनले भने, 'बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ। जति छिटो उहाँको सनाखत हुन्छ। त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।’
नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शनिवार(भोलि)देखि शुरु गर्ने भएको छ।
माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरूपको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।
त्यसैगरी शनिवार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने बताए। अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ। अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए। जस अनुसार अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानेछन्।
उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए।
महासचिव देवप्रसाद गुरुङले सुन्दर बजार नगरपालिका ८ भोटे ओडार लमजुङको जिम्मेवारी लिएका छन भने उपमहासचिवहरू गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका ४ काठमाडौं, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतको जिम्मेवारी लिएका छन।
त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका १२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका २० कास्की, लिलामणि पोखरेललाई बर्दिबास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका १० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका ६ रुकुमपूर्ण, हितराज पाण्डेलाई पालुङटार नगरपालिका ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्ध शान्ति गाउँपालिका ४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरि नगरपालिका २ काठमाडौँको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा त्यस्तै नवीकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको जनाइएको छ। अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।