नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए।
उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहीतको कुरालाई लिएर आफूले संविधान संशोधनको प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको उल्लेख गरे। अध्यक्ष दाहालले नेकपा एमाले जनजाती, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी रहेको आरोप समेत लगाए।
अध्यक्ष दाहालले भने, ‘मधेशमा अलि ठूलो भ्रम थियो, के भ्रम दिने कोशिस गरियो भने माओवादीले संघीयता छोड्यो। जुन माओवादीले संघीयताको निम्ति हजारौँको बलिदान गर्यो, त्यही माओवादीलाई त्यस्तो झुटो आरोप लगाएर तथाकथित मधेशवादी पार्टी बनाएर अनि यिनीहरु हुन् मधेशको मुक्ति गर्ने भनेको जस्तो गरी जो बास्तवमा मधेशी जनताको विरोधी, त्यहाँका मजदुर, किसान विरोधी, त्यहाँका, दलित, मुस्लिम विरोधी, जो शक्ति हो, तिनीहरुलाई मधेशको मशिहा जस्तो गरेर प्रस्तुत गर्ने कोशिस भयो।'
उनले अगाडि भने, मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रश्ताव पारित नभएको हो। तपाईहरुलाई थाहा छ, एमालेको केपी गुट जनजातीको विरोधी छ, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ, उसैको कारणले संविधान संशोधन नै भएन तर अहिले कतिपय जसले तपाईहरुलाई भ्रम दिए ओर्जिनल त अग्र्यानिक एमाले केपी गुटकै मान्छे थिए। बीचमा म सचिन्छु, म माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखेपनि बाँगाको बाँगै भनेजस्तो फेरि एमालेको केपी गुटमा नै गए।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए।
चालु अधिवेशनमा महत्त्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिंदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेकाे माओवादी केन्द्रका सचेतक रूपा जाेशी चौधरीले बताइन्।
बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण, साेह्राैं आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।