लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा
१९ वैशाख २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा

नेपाली काँग्रेसले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएकाे बताएका छन्।

‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु।’

सभापति देउवाले लुम्बिनी प्रदेशमा भएको घटनाक्रमलाइ संविधानको  उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्ति भएको जनाउँदै सो घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएकोसमेत स्पष्ट पारेको छ। घटनाको पार्टी सभापति देउवाले कडा शब्दमा भत्सर्ना गरेको छ।  

‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन।’ समापति देउवाले भने।

उनले नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक रहेको उल्लेख गरे।

संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्दतिको ठाडो उल्लंघन भएको सभापति देउवाले ठहर गरेको छ।

अर्को समाचार
कांग्रेसमा सधैं वरीयता किचलो
०५ पौष २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेसमा सधैं वरीयता किचलो

पुराना दलहरूमध्येको एक नेपाली कांग्रेसमा नेताहरूको वरीयतालाई लिएर सधैं किचलो हुने गरेको छ। २००६ सालमा दुई पार्टी एकीकरण भएर नेपाली कांग्रेस बनेसँगै सुरु भएको वरीयता विवाद अहिलेसम्म कायमै छ। 

पार्टीभित्र गुटहरू हाबी हुँदै जाँदा वरीयताको विषय थप पेचिलो बन्न पुगेको छ। पार्टीका एक नेताले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा कांगछिल्ला दिनमा आयोजना गरेका प्रदेश र जिल्ला सम्मेलनहरूमा वरीयताको विषय फेरि छताछुल्ल हुन पुगेको छ। त्यसको पछिल्लो रूप मधेस प्रदेशमा बिहीबार सुरु भएको पहिलो सम्मेलनमा देखिएको छ।

पार्टी सभापति शेरबहादुर देउवापछिको वरीयता नपाउने भएपछि नेता शेखर कोइराला मधेस प्रदेशको सम्मेलनमा सहभागी नै भएनन्। उनलाई दोस्रो वरीयता दिनुपर्ने भन्दै निकट नेताहरूले प्रदेश समिति बैठकमै असहमति दर्ज गरेका छन्। पार्टी सभापति देउवापछिको स्थान नपाएपछि पूर्वउपसभापति विमलेन्द्र निधि सम्मेलनमा सहभागी त भए तर मञ्चमा बसेनन्। उनी दर्शक दीर्घामै बसेर कार्यक्रममा सहभागी भएका थिए।

पार्टी उपसभापतिसमेत रहेका कनुनमन्त्री धनराज गुरुङ नेता कोइरालालाई पदाधिकारीभन्दा अघिल्लो वरीयतामा राख्न तयार छन्। तर उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका अर्का उपसभापति पूर्णबहादुर खड्का पदाधिकारीभन्दा अघि कोइरालालाई राख्न तयार छैनन्। सोही कारण नुवाकोट जिल्ला समितिको सम्मेलनमा खड्का सहभागी भएनन्। नुवाकोट जिल्ला समितिले देउवालाई प्रमुख अतिथि बनाउनुका साथै कोइरालालाई दोस्रो वरीयतासहित निमन्त्रण गरेको थियो। सोही जानकारी पाएपछि खड्का कार्यक्रममा सहभागी नभएको नुवाकोट कांग्रेसका एक नेताले दाबी गरे।

यसअघि देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा पनि सहभागी भएनन्। खड्का १४औं महाधिवेशनमा दुईमध्ये पहिलो मत ल्याएर उपसभापति निर्वाचित भएका हुन् भने कोइराला देउवासँग सभापतिमा पराजित नेता हुन्। उनीहरू दुवै एकअर्कालाई नेता मान्न तयार छैनन्। कोइराला आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिसहित सक्रिय छन् भने खड्का पनि देउवाको उत्तराधिकारी बन्न लागिपरेका छन्। पार्टी केन्द्रीय समितिको वेबसाइटमा कोइरालाको नाम पूर्वसहमहामन्त्री सुनिल थापापछि २५औं नम्बरमा छ।

पूर्वउपसभापति निधिसहितका नेताहरू वर्तमान उपसभापति तथा पदाधिकारीहरूभन्दा आफू नै वरिष्ठ भएको दाबी गर्छन्। तर पदाधिकारी त्यसलाई मान्न तयार छैनन्। पदाधिकारीपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम छ भने त्यसपछि क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाको नाम छ।

पूर्वउपसभापति श्रेष्ठले आफू तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसकेको र आफू नै सबैभन्दा वरिष्ठ भएको भन्दै देउवापछि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन्। पार्टीले आफूलाई अपमान गरेको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै गुनासो गर्ने गरेका छन्।नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पनि श्रेष्ठले उक्त वरीयता आफूले पाउनुपर्ने जिकिर गरेका थिए।

पार्टीको १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि वरीयताको विषयलाई लिएर कांग्रेसमा विवाद सिर्जना भएको थियो। पौडेलको नाम दोस्रोमा नराखेसम्म बैठकमा नै सहभागी नहुने देउवा इतर पक्षले अडान लिएको थियो।त्यसपछि पौडेललाई दोस्रो वरीयता दिइएको थियो भने १२औं महाधिवेशनमा पनि त्यस्तै विवाद भएको थियो। १२औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए। उनीसँग देउवा पराजित भए।

महाधिवेशनअघि २०६४ असोजमा दुई पार्टी एकीकरण हुँदा देउवा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालापछिको वरीयतामा थिए। कार्यवाहक सभापतिको जिम्मेवारी सुशीललाई दिइएको थियो। उनी तेस्रो वरीयतामा थिए। उनै सुशीलले सभापतिमा निर्वाचित भएपछि आफूपछिको स्थान पौडेललाई दिन चाहेका थिए तर देउवा पक्षले विरोध गर्‍यो। त्यसपछि सुशीलले दोस्रो वरीयतामा देउवालाई राखेका थिए।

देउवाको वरीयता विवाद त समाधान भयो तर नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतको वरिष्ठ भन्ने विवाद लामो समय चल्यो। दुवैले एकअर्कालाई स्वीकार गर्ने अवस्था नहुँदा केन्द्रीय समितिको बैठकमा सहभागी भएर पनि रिजालले लामो समय निर्णय पुस्तिकामा हस्ताक्षर गरेनन्। उनीहरू दुईबीच मात्र होइन, नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणसहितका नेताहरूका बीचमा पनि वरीयता विवाद हुँदै आएको छ। केन्द्रदेखि गाउँ तहसम्म वरीयताका विषयलाई लिएर विवाद भएपछि कांग्रेसले त्यसलाई टुंगो लगाउन समिति नै गठन गरेको थियो।

१३औं महाधिवेशनपछि श्रेष्ठले पनि सभापतिपछि आफ्नो वरीयता हुनुपर्ने अडान राख्दै निर्णय पुस्तिकामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। त्यसपछि कांग्रेसले २०७३ सालमा ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना र फरमुल्ला मन्सुर सदस्य रहेको समिति गठन गरेको थियो। उक्त समितिले २०७४ चैत ११ गतेको केन्द्रीय समितिको बैठकमा श्रेष्ठको नाम पदाधिकारीपछिको पहिलो नम्बरमा राख्न प्रस्ताव गरेको थियो। श्रेष्ठको मात्र वरीयता टुंगो लगाउँदै समितिले उक्त प्रस्ताव राखेपछि पूर्वमहामन्त्री सिंह तथा नेता बलबहादुर केसीले आपत्ति जनाएका थिए।

नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उपसभापतिको हैसियतमा पौडेलपछिको वरीयतामा श्रेष्ठ थिए। तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकमा सिंह र निधिबीच पनि वरीयता विवाद भएको थियो। दुई नेताबीच वरीयता विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि देउवाले एउटालाई उपसभापति र अर्कोलाई महामन्त्रीको जिम्मेवारी दिएर विवाद समाधान गरेका थिए। दुईमध्ये एउटालाई उपसभापतिमा लैजाने प्रस्ताव देउवाले राखेपछि सिंहले उपसभापति रोजेका थिए। तर कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस