शेरबहादुरसँग दुरी बढाउँदै शेखर
०४ असोज २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। कोइरालालाई उनीनिकट केही नेताले सभापति देउवासँग सम्बन्ध विस्तारमा लागेको आरोप लगाउँदै आएका छन्। यस्तो आरोप खेपिरहेका कोइरालाले बुधबार बिहान देउवालाई भेटेर उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी विधि र विधानअनुसार सञ्चालन हुन नसकेको र पूर्वप्रतिबद्धताअनुसार सभापति देउवाले काम नगरेको भन्दै कोइरालाले कार्यशैलीमा परिवर्तन ल्याउन आग्रह गरेका छन्। पार्टीका भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार, विभाग गठन तथा केन्द्र र प्रदेशमा सरकार विस्तारमा पनि देउवाले आफूहरूसँग छलफल नगरेको गुनासो कोइरालाको छ।

पछिल्लो दुई दशकमा पार्टीका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिलासँगका महाधिवेशन दुई पटक मात्र भएका छन्। अधिकांश भ्रातृ संगठनहरू तदर्थवादमा चलेका छन्। केही समयअघि विधानभन्दा बाहिर गएर नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय समिति विस्तार गरिएको छ। त्यसप्रति पनि कोइरालाले देउवासँग असन्तुष्टि जनाएका छन्। तर सभापति देउवानिकट नेताहरूले भने कोइरालासहितका नेताहरूकै सहमतिमा भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार गरिएको दाबी गर्दै आएका छन्। ‘उहाँहरूले अझै केही नाम दिएर भ्रातृ संगठनका केन्द्रीय समिति विस्तार गर्न भन्दै आउनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘बाहिर जेभन्दा अनुकूल हुन्छ, त्यही भनिदिएर मात्र संगठन चल्दैन।’

सभापतिसँगको भेटमा कोसी प्रदेश सरकार गठनका विषयमा पार्टीले दुई पटक गल्ती गरेको धारणा राखेका कोइरालाले विधानअनुसारका विभाग र समितिहरू तत्काल गठन गर्नुपर्नेमा जोड दिएका छन्। केही दिनअघि सभापति देउवाले १५ विभागका प्रमुख तोके पनि अन्य विभागका प्रमुख तोकिएका छैनन्। प्रमुख तोकिएका विभागले पनि पूर्णता पाउन सकेका छैनन्।

आफूनिकटका नेताहरूसँग मंगलबार छलफल गरेका कोइराला बुधबार सभापति देउवालाई भेट्न उनकै निवास पुगेका थिए। केन्द्रीय समितिको पूर्वसन्ध्यामा सभापति देउवालाई भेट्न पुगेका कोइरालाले कार्यशैलीमा परिर्वतन नल्याए अब संवादका लागि नआउने चेतावनी दिएका छन्। पार्टी विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने कुनै पनि निकायले पूर्णता नपाएको भन्दै कोइरालाले विभाग र केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन देउवालाई सुझाएका छन्।

सहमतिमा पार्टी र सरकार सञ्चालन नगरिए आफू आफ्नै ढंगले अघि बढ्ने जानकारी पनि कोइरालाले देउवालाई गराएका छन्। पुष्पकमल दाहाल नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका कोइरालाले सरकारको कामप्रति पनि असन्तुष्टि जनाएका छन्। दाहाल नेतृत्वको सरकारमा कांग्रेस मन्त्रीहरू केही गर्न सक्ने अवस्थामा नरहेको र मुलुकको अवस्था पनि निकै अप्ठेरोमा पुगेको कोइरालाले बताएका थिए।

जनतालाई देशमै केही हुन्छ भन्नेमा विश्वस्त तुल्याउन नसके दसैं÷तिहारपछि मुलुक थप अप्ठेरो अवस्थामा पुग्ने कोइरालाको बुझाइ छ। मुलुक र जनताका अजेन्डा लिएर देशभरि घुम्ने तयारीमा रहेका कोइरालाले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै आएका छन्। सुशासनको पक्षमा कांग्रेस खरोरूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष कोइरालानिकट नेताहरूको भेलाले निकालेको छ। कोइराला निकट केन्द्रीय सदस्यले बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा सुशासनको मुद्दालाई प्रमुखता साथ उठाउने तयारी गरेका छन्।

सभापति देउवामाथि थप दबाब सिर्जना गर्ने र पार्टी विधानअनुसार संगठन सञ्चालन गर्न बाध्य बनाउने कोइराला पक्षको रणनीति छ। कांग्रेस विधानअनुसार नै चार वर्षभित्र महाधिवेशन हुन्छ भन्ने सन्देश प्रवाह गरी दाहालपछिको सरकार नेतृत्व लिने कोसिसमा संस्थापन इतर पक्ष छ। तर संसदीय दल र केन्द्रीय समितिमा देउवा पक्षको उपस्थिति बलियो छ। संस्थापन इतरका प्रभावशाली नेता कोइराला र पार्टी महामन्त्री गगनकुमार थापाबीच पनि मतैक्यता छैन। एकले अर्कालाई उपयोग गर्ने रणनीतिमा रहेका कोइराला र थापाले गुटगत बैठक भने सँगै गर्दै आएका छन्। तर दुवैले आफूलाई केन्द्रमा राखेर समानान्तर अभ्यास पनि गर्दै आएका छन्।

थापा पक्षका नेताले कोइराला सभापति देउवासँग सम्बन्ध विस्तार गरेर नेतृत्वमा पुग्न लागेको आरोप लगाउँदै असन्तुष्ट पक्षको नेताकारूपमा थापालाई प्रस्तुत गर्दै आएका छन्। यसले गर्दा पनि संस्थापन इतर पक्ष कमजोेर बन्न पुगेको निकटहरूको बुझाइ छ।  कोइरालासँगको भेटमा सभापति देउवाले सहमतिबाटै पार्टी सञ्चालन गर्ने बताएका छन्। पार्टी सहमतिमै अघि बढ्ने धारणा राख्दै देउवाले कोइराला छलफलमा नआए आफू नै आउने धारणा राखेका थिए।

लोकप्रिय
अर्को समाचार
कांग्रेसमा सधैं वरीयता किचलो
०५ पौष २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेसमा सधैं वरीयता किचलो

पुराना दलहरूमध्येको एक नेपाली कांग्रेसमा नेताहरूको वरीयतालाई लिएर सधैं किचलो हुने गरेको छ। २००६ सालमा दुई पार्टी एकीकरण भएर नेपाली कांग्रेस बनेसँगै सुरु भएको वरीयता विवाद अहिलेसम्म कायमै छ। 

पार्टीभित्र गुटहरू हाबी हुँदै जाँदा वरीयताको विषय थप पेचिलो बन्न पुगेको छ। पार्टीका एक नेताले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा कांगछिल्ला दिनमा आयोजना गरेका प्रदेश र जिल्ला सम्मेलनहरूमा वरीयताको विषय फेरि छताछुल्ल हुन पुगेको छ। त्यसको पछिल्लो रूप मधेस प्रदेशमा बिहीबार सुरु भएको पहिलो सम्मेलनमा देखिएको छ।

पार्टी सभापति शेरबहादुर देउवापछिको वरीयता नपाउने भएपछि नेता शेखर कोइराला मधेस प्रदेशको सम्मेलनमा सहभागी नै भएनन्। उनलाई दोस्रो वरीयता दिनुपर्ने भन्दै निकट नेताहरूले प्रदेश समिति बैठकमै असहमति दर्ज गरेका छन्। पार्टी सभापति देउवापछिको स्थान नपाएपछि पूर्वउपसभापति विमलेन्द्र निधि सम्मेलनमा सहभागी त भए तर मञ्चमा बसेनन्। उनी दर्शक दीर्घामै बसेर कार्यक्रममा सहभागी भएका थिए।

पार्टी उपसभापतिसमेत रहेका कनुनमन्त्री धनराज गुरुङ नेता कोइरालालाई पदाधिकारीभन्दा अघिल्लो वरीयतामा राख्न तयार छन्। तर उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका अर्का उपसभापति पूर्णबहादुर खड्का पदाधिकारीभन्दा अघि कोइरालालाई राख्न तयार छैनन्। सोही कारण नुवाकोट जिल्ला समितिको सम्मेलनमा खड्का सहभागी भएनन्। नुवाकोट जिल्ला समितिले देउवालाई प्रमुख अतिथि बनाउनुका साथै कोइरालालाई दोस्रो वरीयतासहित निमन्त्रण गरेको थियो। सोही जानकारी पाएपछि खड्का कार्यक्रममा सहभागी नभएको नुवाकोट कांग्रेसका एक नेताले दाबी गरे।

यसअघि देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा पनि सहभागी भएनन्। खड्का १४औं महाधिवेशनमा दुईमध्ये पहिलो मत ल्याएर उपसभापति निर्वाचित भएका हुन् भने कोइराला देउवासँग सभापतिमा पराजित नेता हुन्। उनीहरू दुवै एकअर्कालाई नेता मान्न तयार छैनन्। कोइराला आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिसहित सक्रिय छन् भने खड्का पनि देउवाको उत्तराधिकारी बन्न लागिपरेका छन्। पार्टी केन्द्रीय समितिको वेबसाइटमा कोइरालाको नाम पूर्वसहमहामन्त्री सुनिल थापापछि २५औं नम्बरमा छ।

पूर्वउपसभापति निधिसहितका नेताहरू वर्तमान उपसभापति तथा पदाधिकारीहरूभन्दा आफू नै वरिष्ठ भएको दाबी गर्छन्। तर पदाधिकारी त्यसलाई मान्न तयार छैनन्। पदाधिकारीपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम छ भने त्यसपछि क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाको नाम छ।

पूर्वउपसभापति श्रेष्ठले आफू तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसकेको र आफू नै सबैभन्दा वरिष्ठ भएको भन्दै देउवापछि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन्। पार्टीले आफूलाई अपमान गरेको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै गुनासो गर्ने गरेका छन्।नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पनि श्रेष्ठले उक्त वरीयता आफूले पाउनुपर्ने जिकिर गरेका थिए।

पार्टीको १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि वरीयताको विषयलाई लिएर कांग्रेसमा विवाद सिर्जना भएको थियो। पौडेलको नाम दोस्रोमा नराखेसम्म बैठकमा नै सहभागी नहुने देउवा इतर पक्षले अडान लिएको थियो।त्यसपछि पौडेललाई दोस्रो वरीयता दिइएको थियो भने १२औं महाधिवेशनमा पनि त्यस्तै विवाद भएको थियो। १२औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए। उनीसँग देउवा पराजित भए।

महाधिवेशनअघि २०६४ असोजमा दुई पार्टी एकीकरण हुँदा देउवा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालापछिको वरीयतामा थिए। कार्यवाहक सभापतिको जिम्मेवारी सुशीललाई दिइएको थियो। उनी तेस्रो वरीयतामा थिए। उनै सुशीलले सभापतिमा निर्वाचित भएपछि आफूपछिको स्थान पौडेललाई दिन चाहेका थिए तर देउवा पक्षले विरोध गर्‍यो। त्यसपछि सुशीलले दोस्रो वरीयतामा देउवालाई राखेका थिए।

देउवाको वरीयता विवाद त समाधान भयो तर नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतको वरिष्ठ भन्ने विवाद लामो समय चल्यो। दुवैले एकअर्कालाई स्वीकार गर्ने अवस्था नहुँदा केन्द्रीय समितिको बैठकमा सहभागी भएर पनि रिजालले लामो समय निर्णय पुस्तिकामा हस्ताक्षर गरेनन्। उनीहरू दुईबीच मात्र होइन, नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणसहितका नेताहरूका बीचमा पनि वरीयता विवाद हुँदै आएको छ। केन्द्रदेखि गाउँ तहसम्म वरीयताका विषयलाई लिएर विवाद भएपछि कांग्रेसले त्यसलाई टुंगो लगाउन समिति नै गठन गरेको थियो।

१३औं महाधिवेशनपछि श्रेष्ठले पनि सभापतिपछि आफ्नो वरीयता हुनुपर्ने अडान राख्दै निर्णय पुस्तिकामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। त्यसपछि कांग्रेसले २०७३ सालमा ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना र फरमुल्ला मन्सुर सदस्य रहेको समिति गठन गरेको थियो। उक्त समितिले २०७४ चैत ११ गतेको केन्द्रीय समितिको बैठकमा श्रेष्ठको नाम पदाधिकारीपछिको पहिलो नम्बरमा राख्न प्रस्ताव गरेको थियो। श्रेष्ठको मात्र वरीयता टुंगो लगाउँदै समितिले उक्त प्रस्ताव राखेपछि पूर्वमहामन्त्री सिंह तथा नेता बलबहादुर केसीले आपत्ति जनाएका थिए।

नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उपसभापतिको हैसियतमा पौडेलपछिको वरीयतामा श्रेष्ठ थिए। तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकमा सिंह र निधिबीच पनि वरीयता विवाद भएको थियो। दुई नेताबीच वरीयता विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि देउवाले एउटालाई उपसभापति र अर्कोलाई महामन्त्रीको जिम्मेवारी दिएर विवाद समाधान गरेका थिए। दुईमध्ये एउटालाई उपसभापतिमा लैजाने प्रस्ताव देउवाले राखेपछि सिंहले उपसभापति रोजेका थिए। तर कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस