सक्कली प्रजातन्त्र कि नक्कली लोकतन्त्र!
०७ वैशाख २०८०
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
सक्कली प्रजातन्त्र कि नक्कली लोकतन्त्र!

राजा एक गएर हरेक दलमा राजा नयाँ जन्मिए,

नेपाली जनको कतै हित हुने बाजा कहाँ घन्किए।

नातेदार समस्त पोषण गरी के देश बन्ला भन,

व्यर्थै भो गणतन्त्र सोच्नु छ कतै यो देशबारे जन।

वर्तमान धरातलीय यथार्थबारे स्वरचित लामो कविताको एक टुक्रा प्रस्तुत गरेर प्रसङ्ग सुरु गर्छु। राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ। सत्ता ओगट्नेले अरूलाई उपेक्षा र निषेध गर्ने राजनीतिक हर्कतले अन्योल झनै कठोर हुँदै गएको परिप्रेक्ष्यमा वैशाख ११ गते ‘लोकतन्त्र दिवस’ संघारमै आएको छ।

फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको र चैत २६ गते पार्टी स्वतन्त्रता दिवसको रूपमा चिन्दै आएका जनताले वैशाख ११ गतेलाई कुन गुण र विशेषताका आधारमा लोकतन्त्र दिवस मान्नुपर्ने? यस्ता दिवस सत्ताधारी बदनाम अनुहार लुकाउने खास्टोको रूप लाग्दै आएको अवस्थामा चित्तबुझ्दो उत्तर पाउनु जनताको नैसर्गिक अधिकार हो।

वर्तमान धरातलीय यथार्थबारे स्वरचित लामो कविताको एक टुक्रा प्रस्तुत गरेर प्रसङ्ग सुरु गर्छु। राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ।

कथित ‘लोकतन्त्र दिवस’ कै सन्दर्भमा, कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले २०४६ को जनआन्दोलन घोषणा गर्ने, आफ्नै निवासको प्रांगणमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दा भनेको सम्झना हुन्छ, “प्रजातन्त्र नमान्ने राजतन्त्र आन्दोलनबाट स्वाहा हुन्छ। जुन तत्वले राजतन्त्र स्वाहा गर्छ, त्यही तत्वले प्रजातन्त्रवादीहरूलाई पनि सिध्याउने छ। त्यसैले राजाले बुझून्, कांग्रेसले यही कुरा बुझाएर तिम्रा हजुरबालाई दिल्लीबाट काँधमा बोकेर सिंहासनमा विराजमान गराएका हौँ। कांग्रेस अहिले पनि प्रजातन्त्रको बाटो हेर्दै वैधानिक राजतन्त्रको पक्षमा बसिरहेको छ। भोलि के होला, म पनि भन्न सक्दिनँ...।”

नेपालको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी भनिएको कांग्रेसले आफ्ना आधारभूत सिद्धान्त ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को कसीमा देशको वस्तुस्थितिको सर्वस्वीकार्य विश्लेषण र निष्कर्ष मुलुकलाई दिनुपर्दछ। जुन पार्टीमा उसैको इतिहासमा खारिएका विचारधारा, नीति र सिद्धान्तकै हत्या हुन्छ, त्यस पार्टीको भविष्य कसरी सुरक्षित रहला ! कांग्रेसका लागि जनतामा पुग्ने वैचारिक राजमार्ग बनाउनुका साथै पार्टीका जरा समाजमा गहिरोसम्म पुर्‍याउने काम बिपी कोइरालाले गर्नुभएको थियो।

कांग्रेस अहिले पनि प्रजातन्त्रको बाटो हेर्दै वैधानिक राजतन्त्रको पक्षमा बसिरहेको छ। भोलि के होला, म पनि भन्न सक्दिनँ...।”

सुवर्णशमशेरले परिवर्तनलाई सार्थक बनाउन तन, मन, धनले निस्वार्थी भावका साथ काम गर्नुभयो। सूर्यप्रसाद उपाध्यायले पार्टीमा कालजयी विचार प्रतिपादन गर्नुभयो। उहाँहरूको हाराहारीमा आउन सक्ने अर्को नेता कांग्रेसमा त के नेपालका कुनै पार्टीमा जन्मेनन्। तर विडम्बना! बिपीका विचारधाराको तेजोवध गर्ने काम कांग्रेसभित्र, उहाँकै परिवारजन र ‘उत्तराधिकारी’ को दाबी गर्नेहरूबाट भइरहेको छ।

गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्मले रटिरहेको एउटा नारा सुनिन्थ्यो, “आफ्ना सिद्धान्तको मूल्यमा कांग्रेसले कसैसँग पनि सम्झौता गर्दैन...।”

राजतन्त्र बिदा गरेपछि राष्ट्रिय परिस्थितिमा कांग्रेस दिनानुदिन खिइँदै गइरहेको छ। उसलाई एकल बहुमतको हैसियतमा फर्काउन गतिलो नेतृत्व र ठूलो मेहनत चाहिने भएको छ।

कांग्रेसको नियति प्रजा परिषद्कै जस्तो होला भन्ने डरको चिसो यसका चेतनशील कार्यकर्तालाई परिरहेको छ। कांग्रेसले हरेक पटक स्वार्थ अनुरूप दर्शन, सिद्धान्त र लक्ष्य केही नमिल्ने पार्टीसँग समेत सत्ता, राजनीतिक स्वार्थ र क्षणिक लाभ हेरेर सिद्धान्त र नैतिकताको मूल्यमा सत्ताका लागि जथाभावी सम्झौता गरिरहेकाले आजको प्रतिरक्षात्मक अवस्थामा पुगेको हो।

२०४८ सालपछि प्रजातान्त्रिक समाजवादलाई पूरै लत्याएर धनाढ्य मुलुकहरूले पनि त्यागेको ‘आक्रामक पुँजीवाद’ अवलम्बन गरेपछि कांग्रेसको वैचारिक शिथिलता सुरु भएको हो। समाजवादलाई समाप्त गरेपछि पार्टीको आन्तरिक लोकतन्त्र र यसका आधारभूत मूल्य, मान्यता, परम्परा र मौलिक कांग्रेसी संस्कृतिलाई सिध्याउने काम भयो।

जननायक बिपी कोइरालाले २०३३ सालमा समकालीन नेपालको परिस्थितिलाई एक वाक्यमा भन्नुभएको थियो, ‘राजा र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ।’

कांग्रेसको नियति प्रजा परिषद्कै जस्तो होला भन्ने डरको चिसो यसका चेतनशील कार्यकर्तालाई परिरहेको छ।

आज राजतन्त्र छैन तर कांग्रेसको घाँटी कहाँ छ, यसका नेताहरूलाई हेक्का छ? जुन राष्ट्रिय परिस्थितिमा बिपीले यसो भन्नुभएको थियो, आजको वस्तुस्थिति त्योभन्दा सुध्रिएको छैन। कांग्रेस राजतन्त्रको पार्टी नहुँदा पनि राजतन्त्रलाई मित्रशक्ति बनाउने पार्टी हुन सक्थ्यो।

आजको कांग्रेसले ‘गणतन्त्र’ का लागि कसैको जागिर खाएको रहेछ वा ठेकेदारी लिएको रहेछ, भोलिको विचारै नगरी आत्मघाती र जनघाती खेलमा फस्यो। ‘गणतन्त्र’ कार्यान्वयनमा बाठो भएर अगुवाइ गर्ने कांग्रेसले गणतन्त्रकै दिनमा पञ्चायतकालमा पनि भोग्नु नपरेको स्खलन, कमजोरी र दुर्दशा भोग्नपुग्यो।

आजको कांग्रेसले ‘गणतन्त्र’ का लागि कसैको जागिर खाएको रहेछ वा ठेकेदारी लिएको रहेछ, भोलिको विचारै नगरी आत्मघाती र जनघाती खेलमा फस्यो।

जनसमुदायको स्तर (ग्रास रुट लेभल) मा राम्रो जनाधार भएर पनि संगठनात्मक अवस्था र ‘शीर्ष नेतृत्व’ का कारणले बिग्रिरहेको छ। कांग्रेसको समस्या मास (जनसमुदाय) मा देखिन्न। ‘ग्रासरुट’ का कांग्रेसलाई ‘प्यारासुट कांग्रेस’ ले खाइरहेका छन्। चारै दिशाबाट कांग्रेस ‘सच्चिनुपर्छ’ वा ‘सुध्रिनुपर्छ’ भन्ने जनआवाज आइरहेको बीसौँ वर्ष बितिसक्यो।

कांग्रेसलाई ‘सच्चिन’ वा ‘सुध्रन’ केहीले रोकेको छैन, यसकै नेताहरूको नालायकी बाधक बनेको मात्र हो। अर्थात कांग्रेसलाई सुधार्ने भनेको नेतृत्वको नियत वा मनोवृत्ति र आचरणमा सुधार आएको कार्यरूपबाट हो।

जनताले पार्टीहरूलाई लोकतन्त्रका संवाहक र जनताका सेवकका रूपमा हेर्न चाहेका छन्। तर पार्टीहरूका क्रियाकलाप लोकतन्त्रको संवाहक होइन, उपभोक्ता भएको र जनताको सेवक होइन केवल जनमत बटुल्ने मालिक भएको देखिन्छ। नारामा देश र जनतालाई शीरमा राखिन्छ तर व्यवहारमा पैतालामुनि पुर्‍याइन्छ। जहाँ धम्कीको बोलवाला हुन्छ, त्यहाँ विचारको विजोग हुन्छ।

बिपी भन्नुहुन्थ्यो, “सत्यको मुख थुनिदियो भने मिथ्याको थुतुनो उघ्रिन्छ।”

अर्थात मिथ्याको थुतुनो उघ्रिएको ठाउँमा सत्यको हत्या हुन्छ। सत्ताका लागि सत्यको हत्या नै कांग्रेसको चालु राजनीति भएको छ।

कांग्रेसलाई ‘सच्चिन’ वा ‘सुध्रन’ केहीले रोकेको छैन, यसकै नेताहरूको नालायकी बाधक बनेको मात्र हो।

विगत दुई दशक अवधिमा कांगे्रेसभित्र अवाञ्छित प्रवृत्ति र चरित्रको विकास भयो। बच्चालाई जन्म दिने माउ (आमा) लाई बच्चाले खाइदिने ‘माकुरे कुप्रवृत्ति’ कांग्रेसमा बढेर गयो। यही अवधिमा पार्टीका दुई संस्थापक नेता, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अपमानका घुट्का पिएर र आँसुले हात धोएर आपूmले हुर्काएको पार्टी छाड्न विवश हुनुभयो। अर्कातिर माओवादीलाई आफ्नै थाप्लामा खेल्न दिने काम गरियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि एकपटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका थिए। जवाफमा उनले कांग्रेसलाई दुई चिरामा विभाजन गरिदिए। तर पार्टीमा परिवारवाद चलाउँदा, नेतृत्वका लागि योग्यलाई बाधक ठानेर अपमानपूर्वक पार्टी छाड्न विवश बनाइँदा र काखा र पाखा गर्दा कार्यकर्तामा कस्तो असर पर्छ भन्ने कुरा स्वयं भुक्तभोगी हुँदा पनि वर्तमान नेताहरूले पाठ सिकेर मार्गदर्शन बनाउन सकेनन् वा चाहेनन्।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि एकपटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका थिए।

हिजोका कांग्रेस नेताहरूले पार्टी स्थापना गरेर २००७ सालको क्रान्तिदेखि नै सम्पूर्ण आन्दोलनमा कालजयी नेतृत्व दिँदै इतिहासमा अंकित र अन्तर्राष्ट्रिय जगतमा समेत सम्मानयुक्त पार्टी जिम्मा लगाएर गए। जस्तोसुकै यातनामय अवस्थामा पनि गणतन्त्रको बाटो सोचेनन्।

आजका नेताहरूले पार्टी बनाएर होइन, अग्रज नेताले जिम्मा लगाएको पार्टी भत्काएर, यसका खम्बा र दलिन पनि बेचेर तुच्छ लाभमा हिँडिरहेका छन्, आफ्नो दुर्नाम चलाइरहेका छन्।

हिजोका नेताहरू आफूमा आएको माथिल्लो ओहोदा आवश्यकताअनुसार आफ्नो सहकर्मी नेतालाई खुसीसाथ हस्तान्तरण गर्थे। आजका नेताहरू जसरी भए पनि पदमा टाँसिइरहनमात्र खोज्छन्। हिजोका नेताहरू जहाँ हुन्थे पार्टी त्यहीँ भएको मानिन्थ्यो र विरोधी दलका नेताहरू पनि ऐतिहासिक निर्णय लिन त्यहीं आइपुग्थे। आजका नेताहरू इतिहासको त्यही ब्याज खाँदै अन्य दलका दुलादुला र खोपी चहारेर हिँडिरहेका छन्।

लोकतन्त्र दिवसको सन्दर्भमा लोकतन्त्रको सिपाही, कांग्रेसले स्वयंलाई सच्याउने कि सिध्याउने? रोजाइ उसकै नेतृत्वको हो।

हिजोका नेताहरू आफूमा आएको माथिल्लो ओहोदा आवश्यकता अनुसार आफ्नो सहकर्मी नेतालाई खुसीसाथ हस्तान्तरण गर्थे।

जननायक बिपी कोइरालाको यो भनाइउपर हेक्का राख्दै प्रवृत्ति र आचरणमा आमूल परिवर्तन ल्याउनु नितान्त जरुरी देखिन्छ, “जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्नेछ, यो निरर्थक भएर जानेछ, र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ...।”  

अर्को समाचार
कांग्रेसमा सधैं वरीयता किचलो
०५ पौष २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेसमा सधैं वरीयता किचलो

पुराना दलहरूमध्येको एक नेपाली कांग्रेसमा नेताहरूको वरीयतालाई लिएर सधैं किचलो हुने गरेको छ। २००६ सालमा दुई पार्टी एकीकरण भएर नेपाली कांग्रेस बनेसँगै सुरु भएको वरीयता विवाद अहिलेसम्म कायमै छ। 

पार्टीभित्र गुटहरू हाबी हुँदै जाँदा वरीयताको विषय थप पेचिलो बन्न पुगेको छ। पार्टीका एक नेताले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा कांगछिल्ला दिनमा आयोजना गरेका प्रदेश र जिल्ला सम्मेलनहरूमा वरीयताको विषय फेरि छताछुल्ल हुन पुगेको छ। त्यसको पछिल्लो रूप मधेस प्रदेशमा बिहीबार सुरु भएको पहिलो सम्मेलनमा देखिएको छ।

पार्टी सभापति शेरबहादुर देउवापछिको वरीयता नपाउने भएपछि नेता शेखर कोइराला मधेस प्रदेशको सम्मेलनमा सहभागी नै भएनन्। उनलाई दोस्रो वरीयता दिनुपर्ने भन्दै निकट नेताहरूले प्रदेश समिति बैठकमै असहमति दर्ज गरेका छन्। पार्टी सभापति देउवापछिको स्थान नपाएपछि पूर्वउपसभापति विमलेन्द्र निधि सम्मेलनमा सहभागी त भए तर मञ्चमा बसेनन्। उनी दर्शक दीर्घामै बसेर कार्यक्रममा सहभागी भएका थिए।

पार्टी उपसभापतिसमेत रहेका कनुनमन्त्री धनराज गुरुङ नेता कोइरालालाई पदाधिकारीभन्दा अघिल्लो वरीयतामा राख्न तयार छन्। तर उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका अर्का उपसभापति पूर्णबहादुर खड्का पदाधिकारीभन्दा अघि कोइरालालाई राख्न तयार छैनन्। सोही कारण नुवाकोट जिल्ला समितिको सम्मेलनमा खड्का सहभागी भएनन्। नुवाकोट जिल्ला समितिले देउवालाई प्रमुख अतिथि बनाउनुका साथै कोइरालालाई दोस्रो वरीयतासहित निमन्त्रण गरेको थियो। सोही जानकारी पाएपछि खड्का कार्यक्रममा सहभागी नभएको नुवाकोट कांग्रेसका एक नेताले दाबी गरे।

यसअघि देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा पनि सहभागी भएनन्। खड्का १४औं महाधिवेशनमा दुईमध्ये पहिलो मत ल्याएर उपसभापति निर्वाचित भएका हुन् भने कोइराला देउवासँग सभापतिमा पराजित नेता हुन्। उनीहरू दुवै एकअर्कालाई नेता मान्न तयार छैनन्। कोइराला आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिसहित सक्रिय छन् भने खड्का पनि देउवाको उत्तराधिकारी बन्न लागिपरेका छन्। पार्टी केन्द्रीय समितिको वेबसाइटमा कोइरालाको नाम पूर्वसहमहामन्त्री सुनिल थापापछि २५औं नम्बरमा छ।

पूर्वउपसभापति निधिसहितका नेताहरू वर्तमान उपसभापति तथा पदाधिकारीहरूभन्दा आफू नै वरिष्ठ भएको दाबी गर्छन्। तर पदाधिकारी त्यसलाई मान्न तयार छैनन्। पदाधिकारीपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम छ भने त्यसपछि क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाको नाम छ।

पूर्वउपसभापति श्रेष्ठले आफू तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसकेको र आफू नै सबैभन्दा वरिष्ठ भएको भन्दै देउवापछि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन्। पार्टीले आफूलाई अपमान गरेको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै गुनासो गर्ने गरेका छन्।नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पनि श्रेष्ठले उक्त वरीयता आफूले पाउनुपर्ने जिकिर गरेका थिए।

पार्टीको १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि वरीयताको विषयलाई लिएर कांग्रेसमा विवाद सिर्जना भएको थियो। पौडेलको नाम दोस्रोमा नराखेसम्म बैठकमा नै सहभागी नहुने देउवा इतर पक्षले अडान लिएको थियो।त्यसपछि पौडेललाई दोस्रो वरीयता दिइएको थियो भने १२औं महाधिवेशनमा पनि त्यस्तै विवाद भएको थियो। १२औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए। उनीसँग देउवा पराजित भए।

महाधिवेशनअघि २०६४ असोजमा दुई पार्टी एकीकरण हुँदा देउवा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालापछिको वरीयतामा थिए। कार्यवाहक सभापतिको जिम्मेवारी सुशीललाई दिइएको थियो। उनी तेस्रो वरीयतामा थिए। उनै सुशीलले सभापतिमा निर्वाचित भएपछि आफूपछिको स्थान पौडेललाई दिन चाहेका थिए तर देउवा पक्षले विरोध गर्‍यो। त्यसपछि सुशीलले दोस्रो वरीयतामा देउवालाई राखेका थिए।

देउवाको वरीयता विवाद त समाधान भयो तर नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतको वरिष्ठ भन्ने विवाद लामो समय चल्यो। दुवैले एकअर्कालाई स्वीकार गर्ने अवस्था नहुँदा केन्द्रीय समितिको बैठकमा सहभागी भएर पनि रिजालले लामो समय निर्णय पुस्तिकामा हस्ताक्षर गरेनन्। उनीहरू दुईबीच मात्र होइन, नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणसहितका नेताहरूका बीचमा पनि वरीयता विवाद हुँदै आएको छ। केन्द्रदेखि गाउँ तहसम्म वरीयताका विषयलाई लिएर विवाद भएपछि कांग्रेसले त्यसलाई टुंगो लगाउन समिति नै गठन गरेको थियो।

१३औं महाधिवेशनपछि श्रेष्ठले पनि सभापतिपछि आफ्नो वरीयता हुनुपर्ने अडान राख्दै निर्णय पुस्तिकामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। त्यसपछि कांग्रेसले २०७३ सालमा ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना र फरमुल्ला मन्सुर सदस्य रहेको समिति गठन गरेको थियो। उक्त समितिले २०७४ चैत ११ गतेको केन्द्रीय समितिको बैठकमा श्रेष्ठको नाम पदाधिकारीपछिको पहिलो नम्बरमा राख्न प्रस्ताव गरेको थियो। श्रेष्ठको मात्र वरीयता टुंगो लगाउँदै समितिले उक्त प्रस्ताव राखेपछि पूर्वमहामन्त्री सिंह तथा नेता बलबहादुर केसीले आपत्ति जनाएका थिए।

नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उपसभापतिको हैसियतमा पौडेलपछिको वरीयतामा श्रेष्ठ थिए। तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकमा सिंह र निधिबीच पनि वरीयता विवाद भएको थियो। दुई नेताबीच वरीयता विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि देउवाले एउटालाई उपसभापति र अर्कोलाई महामन्त्रीको जिम्मेवारी दिएर विवाद समाधान गरेका थिए। दुईमध्ये एउटालाई उपसभापतिमा लैजाने प्रस्ताव देउवाले राखेपछि सिंहले उपसभापति रोजेका थिए। तर कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस