नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न बालकोट पुगेका थिए। उक्त भेटमा ७ दलको बैठक बसेको थियो। त्यस बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको हो।
२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंह, प्रभु साह र किरण साहसहित १६९ सांसदले समर्थन गरेका छन्।
सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।
स्रोतका अनुसार राष्ट्रपति एमालेले लिनेछ। प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ। यो सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ। जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख पनि फेरिनेछ। माओवादीले सभामुख पाउने छ। साथै प्रदेशमा पनि मिलिजुलि सरकार बन्ने सहमति भएको बुझिएको छ।
प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन्।
गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।
जसअनुसार प्रचण्डले आफूलाई समर्थन गर्ने दलका नेताहरुसहित शितल निवास गएर सरकार बनाउन दावी पेश गरेका हुन् ।
हेर्नुहोस् तस्बिरहरू : बालकोट / क. प्रचण्ड 








काठमाडौं–व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई कसैले फोन गरेर बधाइ दिएको छ। राप्रपा नेता सुनिल थापाको मोवाइलमा आएको फोन थापाले दाहाललाई दिएका थिए।
प्रधानमन्त्री चयनको मतदान चलिरहेका बेला दाहाल बधाइ लिँदै थिए। दाहालसँगै रहेका राप्रपा नेता थापाले आफ्नो मोबाइलमा आएको फोन दाहाललाई दिएका थिए। थापाको मोबाइलमा आएको फोनमा दाहालले केहीसमय प्रशन्न मुद्रामा कुराकानी गरेका थिए। फोन सम्बाद सकिएपछि दाहाल र थापाले केही समय भलाकुसारीसमेत गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।