हरेक कामका प्राथमिकता निर्धारण गर्न नसक्दा एउटा व्यक्तिमात्र होइन सिंगै मुलुक संकटमा पर्न सक्छ भन्ने उदाहरण खोज्न नेपालबाहिर जानुपर्दैन । हाम्रा जिम्मेवार नेता, सत्ताधिकारी तथा प्रशासनले प्राथमिकता निर्धारणमा चुक्दा जनता हैरान भएका छन् भने मुलुक अनिर्णयको बन्दी बन्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार मन्त्रिपरिषद् बैठक छोट्याउँदै वीरगन्जमा रहेका भारतीय योगगुरु रामदेवको आशीर्वाद थाप्न सेनाको हेलिकप्टर चढेर त्यता हान्निए ।
आइतबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन विधेयक मस्यौदामाथि छलफल गरी अनुमोदन गर्ने र सोही दिन संसद् सचिवालयमा दर्ता गराउने प्रधानमन्त्री दाहालको घोषित कार्यक्रम थियो । तर, दुर्भाग्य उनले बैठकमा विधेयक पेस नै गरेनन् । त्यसबारे अनौपचारिक कुरा गरेर झारा टार्दै रामदेवको हात आफ्ना शिरमा छुवाउन हतारिए । उनका निम्ति मुलुकको संकटभन्दा रामदेवसँगको भेट अमूल्य भइदियो । उनलाई हेक्का रहेन– संविधान संशोधन, लोकमान सिंह कार्की प्रकरण तथा डा. गोविन्द केसीका मुद्दालाई जतिसक्यो चाँडो टुंगोमा पु¥याउने जिम्मेवारी सरकारको हो भन्ने कुराको ।
समस्याका चाङ अघिल्तिर राखेर प्रधानमन्त्री बनेका दाहालको पदीय जिम्मेवारी, पार्टीको सिद्धान्त, जनताको आवश्यकता के हो भन्ने स्मरण गराउन न त अन्य मन्त्रीहरूले नै सके न त उनका सल्लाहकारले नै आफ्नो दायित्व सम्झिए !
यतिखेर वीरगन्ज गएर आफ्नो टाउकामा स्वामी रामदेवको आशीर्वाद थाप्न तँछाडमछाड गर्नेमा राष्ट्रपतिदेखि मधेसवादी, पुरातनवादी वा लोकतन्त्रवादी (नेपाली कांग्रेस)का नेतामात्र होइनन् आफूलाई चरम भौतिकवादी बताउने वामपन्थी दलका नेताहरूको पनि लर्को लाग्ने गरको छ । यसबाट के स्पष्ट हुन्छ भने हाम्रा राजनीतिक दलका नेताहरूलाई ‘भाग्यवाद’ मा विश्वास बढ्न थालेको छ । स्पष्टै छ– भाग्यवादीहरू काम वा त्यसको नतिजामा भन्दा ‘भाग्यको खेल’मा भर पर्छन् ।
तिनलाई हरेक कुरा ‘विधिको लीला’जस्तो लाग्छ । यही कारण नेपाल र नेपाली जनताको दुःख–कष्ट र लम्बिँदो राजनीतिक संक्रमणको अन्त्य हुन सकिरहेको छैन । वीरगन्ज पुग्ने कतिपय नेताले उनै रामवेदमार्फत् भारतीय सत्ताको नजिक पर्न वा विश्वासपात्र बन्न सकिने देखेको छन् । रामदेव भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीका अघोषित प्रवक्ता बन्दै आएको सन्दर्भले भारतमा निकै चर्चा पाइरहेको छ ।
यही कारण पनि नेपालका नेता रामदेवको आँखामा पर्न चाहिरहेका देखिन्छन् । रामदेव आफ्नो व्यापार प्रवद्र्धनको उद्देश्यका साथ नेपाल आएका हुन् । उनले नेपालमा अर्बौं लगानी गर्ने र हजारौँलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । उता, नेपालमा उनको लगानीलाई लिएर वैधानिकताको प्रश्नसमेत उठ्न थालेको छ । तर, त्यसबारे कुनै दलका कुनै नेताले एक शब्द बोल्न सकेका छैनन् । निश्चय पनि नेपालमा भारतीय लगानी महŒवपूर्ण छ, तर त्यसो भन्दैमा त्यस्तो लगानीलाई जसरी पनि भित्रने छुट दिनु हुँदैन ।
सत्तामा रहेका जिम्मेवार व्यक्तिले अहिले कुनै योगीलाई भेट्न जानु वा सामान्य कार्यक्रमको उद्घाटन गर्ने, रिबन काट्ने र खादा–माला पहिरने काममा लाग्नु मुलुकको संकटलाई बेवास्ता गर्नु हो । त्यति मात्र होइन नेताहरूको लर्को वीरगन्जमा लागेपछि तिनको स्वागत र बिदाइमा प्रहरी प्रशासनको समय बित्ने गरेको छ । प्रधानमन्त्री दाहालले शपथग्रहणका समय आफूलाई कुनै कार्यक्रमको उद्घाटन गर्न, विमोचन गर्न वा सामान्य उद्देश्यका कार्यक्रममा नबोलाउन अनुरोध गर्दै त्यस्ता कार्यक्रममा नजाने उद्घोषै गरेका थिए ।
उनले मुलुकलाई संक्रमणबाट पार लगाउनु आफ्नो पहिलो जिम्मेवारी भएको बताएका थिए । तर, उनका भनाइ र गराइमा कुनै तादात्म्य रहेका महसुस जनताले गर्न पाएका छैनन् । एउटा योगीका शरणमा जाने कामभन्दा मुलुकको नयाँ संविधान कसरी कार्यान्वयनमा लान सकिन्छ भन्ने विषय कैयौँ गुणा बढी महŒवको हुन्छ । आइतबार संविधान संशोधनका अतिरिक्त डा. केसीको सवाल, अख्तियार प्रमुख कार्की प्रकरणका साथै विभिन्न दाताबाट प्राप्त अनुदान तथा ऋण सहयोगबारे छलफल गर्ने तयारी थियो । तर, हठात् प्रधानमन्त्री दाहाल सारा कुरा पन्छाएर वीरगन्ज पुगे र योगीसँग अंकमाल गरेर प्रफुल्लित भए ! संक्रमणकालीन समयमा एक दिन निकै महŒवपूर्ण हुन्छ । ‘रात रहे अग्राख पलाए’ भन्ने उखान त्यसै चलेको होइन ।
यो उखान नेपालको राजनीतिमा झनै बढी सान्दर्भिक बन्दै आएको छ । रातभरिमा सोचविचारमा धेरै परिवर्तन आउन सक्छ । अघिल्लो दिन दिएको ‘समर्थन’ भोलिपल्ट ‘विरोध’मा परिवर्तन हुन सक्छ । हाम्रो राजनीतिमा विगतले देखाएको अनुभव हो यो । यसकारण पनि प्रधानमन्त्रीलगायत अन्य जिम्मेवार नेताले प्राथमिकता निर्धारण गर्दै मुलुकलाई संक्रमणबाट निकास दिने काममा चुक्नु हुँदैन ।
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय। राज्यको परिकल्पना नै व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकार कायम गर्ने अवधारणाबाट भएको मानिन्छ। नागरिकको सुरक्षाकै लागि नागरिकद्वारा निर्माण गरिएको संयन्त्र विशेषलाई नै विशेष आधिकारयुक्त राज्य मानिँदै आएको छ। प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालनको प्रतिनिधि सरकारले जनतालाई अधिकार दिने नभई जनताका अधिकारलाई संरक्षण गर्ने भूमिका बहन गरेको हुन्छ। यही परिपाटी प्रजातान्त्रिक मुलुकका हरेक एकाइमा लागु हुने भएकाले परिवारमा नयाँ सदस्यको आगमन नै उसको अधिकार सिर्जनाको कारक तत्त्व बन्छ।
बालबालिकाको पालनपोषण, शिक्षादीक्षालगायत कुरामा अभिभावककै लगानी हुने भए पनि यी नवजातका मौलिक हकका रूपमा स्थापित भएका हुन्छन्। सामान्य सोचाइमा गोपनीयतासित सम्बन्धित कुराहरू बालिग नागरिकका मात्र विषय हुन् भन्ने सोचिन्छ तर वैयक्तिक गोपनीयताका विषय पारिवारिक सम्बन्धभन्दा पनि विशिष्ट रहने गर्छन्।
बालबालिकालाई दीर्घकालीन रूपमा प्रभाव पर्ने विषय तत्काल अभिभावकका लागि लाभदायक भए पनि सार्वजनिक गर्न मिल्दैन। मुलुकको संविधान र कानुनले बालबालिकाका यसप्रकारका नैसर्गिक एवं गोपनीयतासम्बन्धी हकलाई सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धसमेत गरेको हुन्छ।
पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगै अभिभावक आफ्ना बालबालिका नितान्त वैयक्तिक एवं वयस्क बन्दा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई मनोरञ्जनका साधनकै रूपमा सञ्जालमा सार्वजनिक गर्ने गरेको देखिन्छ। केही बालबालिका आफ्ना अभिभावकले आफ्ना शिशु अथवा बाल्यअवस्थामै सार्वजनिक गरेका तस्बिर एवं भिडियोका कारण किशोरावस्थामा विभिन्न किसिमका मानसिक समस्याका सिकार बनेका घटना सार्वजनिक गर्न थालेका छन्। सामाजिक सञ्जालको प्रयोग र वैयक्तिक गोपनीयताको विषयमा विद्यार्थी र शिक्षकलाई मात्र नभएर आमअभिभावकलाई शिक्षा दिनु अति आवश्यक हुँदै गएको छ।
नेपालको संविधान २०७२ को धारा २८ मा मौलिक हकअन्तर्गत गोपनीयताको हकसम्बन्धी व्यवस्था रहेको छ। कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक र पत्राचारसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था गरेको छ।
संविधानअन्तर्गत बनेका अन्य कानुनहरूमा पनि व्यक्तिका गोपनीयतासम्बन्धी कुरालाई सम्बन्धित व्यक्तिकै अधिकारका रूपमा व्याख्या गरिएको छ। बालबालिकाका सन्दर्भमा उनीहरूका प्रथम र सबैभन्दा नजिकका संरक्षक अभिभावक नै हुन्। बालबालिकासँग सम्बन्धित कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्ने सन्दर्भमा होस् वा उनीहरूलाई दीर्घकालीन रूपमा प्रभाव पर्ने कुनै पनि विषयमा निर्णय गर्ने सन्दर्भमा अभिभावकको मञ्जुरी आवश्यक पर्ने कुरा कानुनमा उल्लेख छ। यसको आशय पनि अपरिपक्व अवस्थाका बालबालिकाका अधिकारको संरक्षण उसका अभिभावक र राज्यले गर्नुपर्छ भन्ने मान्यतासँग सम्बन्धित छ।
बालबालिकासम्बन्धी ऐन २०७५ मा पनि बालबालिकालाई के कस्ता काममा लगाउने र उनीहरूसित सम्बन्धित निर्णय प्रक्रिया कस्तो हुने भन्नेबारे व्यवस्था छ। यसमा अभिभावक नै बालबालिकाको पहिलो संरक्षणकर्ताका रूपमा रहने र असमर्थ अभिभावकका सन्दर्भमा राज्यले नै सो भूमिका बहन गर्नुपर्ने व्यवस्था गरिएको छ।
पश्चिमी समाजमा निर्वाध र निःसर्त अभिभावकलाई बालबालिकाको संरक्षक र सर्वोपरि हित सुरक्षित गर्ने व्यक्तिका रूपमा नलिए पनि हाम्रो समाजमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवती अर्थात् सन्तान खराब भए पनि उसका अभिभावक खराब हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरी प्रथम र अन्तिम संरक्षणकर्ता अभिभावकलाई निःसर्त रूपमा मानिएको छ।
अभिभावकले आफ्नो इज्जत र औकातअनुसार बालबालिकाको स्वास्थ्य, शिक्षा र आवश्यकता पूरा गर्ने सन्दर्भमा भूमिका बहन गर्नुपर्छ। कथाकथंचित सो व्यवस्था हुन नसकेमा स्थानीय तहले अधिकार क्षेत्र ग्रहण गरी बालबालिकाको सर्वांगीण हितका लागि उपयुक्त कदम चाल्नुपर्ने कानुनी व्यवस्था छ।
समाजमा भित्रँदै गएको पाश्चात्य संस्कार, संस्कृति र आधुनिक जीवन पद्धतिका कारण पारिवारिक संरचनामा आएको विचलनले पछिल्लो समय बालबालिका बिचल्लीमा पर्ने घटना पनि बढ्दै गएका छन्। खास गरी अभिभावकको पारिवारिक सम्बन्धमा आएको विचलनका कारण सम्बन्धविच्छेद र नयाँ सम्बन्ध स्थापनाका घटनाले बालबालिका उपेक्षामा पर्ने, दुव्र्यवहारको सिकार हुने एवं अन्य मनोसामाजिक समस्याबाट पीडित हुने घटना पनि बढ्दै गएका छन्। परिस्थितिजन्य कारणबाट सिर्जना भएका असामान्य अवस्थाले बालबालिका समस्यामा पर्ने कुरा एकातिर छ भने अर्कातिर अभिभावकको असावधानीका कारण पनि धेरै बालबालिका मनोसामाजिक समस्याबाट ग्रसित हुने गरेका छन्।
गत हप्ता केही सञ्चारका माध्यममा १२ वर्षकी बालिका शिक्षण संस्थामा प्रताडित भएको भनी समाचार सार्वजनिक भयो। उक्त समाचारको आशय बालिकालाई न्याय दिलाउने भनिए पनि बालिकाको तस्बिर, उनमा बढ्दै गएको मानसिक समस्या र सोसँग सम्बन्धित सम्पूर्ण चिकित्सकीय रिपोर्टहरूसमेत सार्वजनिक गरिए। घटनालाई सनसनीपूर्ण बनाउने नाममा बालिकाको वैयक्तिक गोपनीयताको हकका बारेमा न अभिभावक सचेत हुन सके न त संसार माध्यम नै।
बालिकाका बारेमा छरपस्ट पारिएका नितान्त वैयक्तिक विषय उनको मानसिक स्वास्थ्य समस्याबारे प्रमाणका रूपमा चिकित्सकीय रिपोर्टसमेत पहिचानसहित प्रकाशन गरियो। यसले आगामी दिनमा बालिकाको स्वस्थ विकासका लागि अवरोध नै पु¥याउने प्रस्ट छ।
समाचारमा बालिकाको मौलिक हकअन्तर्गत गोप्य रहनुपर्ने वैयक्तिक विवरणको प्रकाशनले उनलाई सामाजिक रूपमा लाञ्छनाको सिकार बनाउने सम्भावना बढायो। अभिभावक आफ्नै सन्तानबारे प्रस्तुत गरेका विवरणले पु¥याउने सामाजिक क्षति आँकलन गर्न नसकेकै देखिन्छ। अर्कातिर सम्बन्धित विषयकै बारेमा विद्यालयले जारी गरेको विज्ञप्तिमा बालिकाको नाम, वतन र पहिचानका कुनै पनि विषयवस्तु उल्लेख भएका थिएनन्। संस्थामाथि लगाइएका आरोपका खण्डनमा विद्यालयको संवेदनशीलता र बालमैत्री व्यवहार उक्त विज्ञप्तिबाटै स्पष्ट छर्लंगिन्छ। बालिका अहिले अभिभावकले भनेअनुसार असामान्य अवस्थामा रहेकी र नाबालक नै भएकाले अभिभावकविरुद्ध कानुनी वा अन्य उपचारमा जान सक्ने अवस्था देखिँदैन तर उनी वयस्क हुनासाथ अभिभावक विरुद्ध नै कानुनी उपचारको खोजी गरिन् भने अनौठो मान्नुपर्दैन।
केही विद्यालयले पौडी वा खेलकुदका अन्य यस्तै क्रियाकलापका फोटो र भिडियो सार्वजनिक गरी आफ्ना विद्यालयमा हुने गरेका अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसार पनि गर्ने गरेका छन्। यसप्रकारका चित्र र भिडियो सार्वजनिक गर्ने क्रममा बालबालिकाको गोपनीयता तथा प्रसारित सामग्रीको दुरुपयोग हुन सक्ने विषयमा विचार गरिएको देखिँदैन। यसले बालबालिकामा सिर्जना गरेको भय र मानसिक तनावलाई आधार मानेर सचेत अभिभावकले बालबालिकाका वैयक्तिक विवरण सार्वजनिक गर्ने विषयमा विद्यालयहरू पनि सावधान हुनुपर्ने भनी आवाज उठाउन थालेका छन्।
अभिभावक र स्वयं बालबालिकाकै हितमा सक्रिय शैक्षिक संस्थाले समेत असावधानीवश बालबालिकालाई राम्रो देखाउन गर्ने गरेको प्रचारप्रसारको सामग्रीले उल्टै बालबालिका पीडित भएका कुरामा सतर्क हुनु आवश्यक छ। यस्तै घटनाका कारण मनोवैज्ञानिक परामर्शमा आउने किशोर किशोरीको संख्यासमेत बढ्न थालेको छ। बालबालिका सम्बन्धी ऐन २०७५ बालबालिका सम्बन्धी नियमावली २०७७ तथा स्थानीय तहहरूले बालबालिकाको संरक्षण र उनीहरूमाथि हुनसक्ने दुव्र्यवहार न्यूनीकरणका लागि कानुनहरू तर्जुमा गरेका छन्। यी कानुनमा विद्यालय र घरपरिवारलाई निःसर्त रूपमा बालबालिकाका अभिभावक ग्रहण गरिएको छ।
सामाजिक सञ्जाल तथा अन्य सूचनाका माध्यमका कारण बालबालिकाको परिधि विश्वव्यापीकरण भएको छ। यस सन्दर्भमा स्थानीय वा राष्ट्रिय संस्कार र संस्कृतिले मात्र बालबालिकाको आचरण र व्यवहार निर्धारण हुन सक्ने अवस्था देखिँदैन। विश्वव्यापीकरणको प्रभावसँगै पश्चिमा समाजमा विकसित घटनाक्रमले बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्न थालेका छन्।
विश्वव्यापीकरणसँगै बालबालिकाको सुरक्षाको दृष्टिले घरपरिवार, आफन्त र विद्यालयलाई पनि निःसर्त रूपमा संरक्षणकर्ता मान्न सकिने अवस्था बिगँ्रदै गएको छ। अभिभावकको असावधानी र भाइरल हुने मोहले वैयक्तिक गोपनीयताको हकको ठाडो उल्लंघन भएको पनि देखिन्छ।
सामान्य घटनामा पारिवारिक विषय भनेर कसैले औंला नउठाए पनि यस प्रकारको विकृतिले अन्ततः आगामी पुस्तालाई स्वस्थ रूपमा हुर्कन असहयोग गर्ने भएकाले बालबालिकाको डिजिटल गोपनीयतासम्बन्धी कानुन निर्माण हुनु आवश्यक छ। तीनै तहका सरकारले यस विषयमा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। हरेक विद्यालयले विद्यार्थी स्वयंलाई साइबर संसारमा प्रकाशित सामग्रीले भविष्यमा पार्न सक्ने प्रभावबारे सचेत बनाउनु आवश्यक छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।